सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
भक्तपुर, २५ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको दोस्रो अधिवेशन २०७८ को उद्घाटन एक समारोहबीच शनिबार गर्नुभयो ।
प्रमुख प्रजापतिले नियमित कामबाट निवृत्त भएपछिको समयलाई शिक्षक तथा कर्मचारीहरूले निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवा निवृत्त अवधिलाई कसरी सफल र सार्थक बनाउने भन्ने विषयमा विचारविमर्श गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो ज्ञान, सीप, अनुभव र योग्यताको सही सदुपयोग गरी शैक्षिक क्षेत्रमा अझ योगदान गर्न सेवा निवृत्त शिक्षकहरू क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
सेवा निवृत्त शिक्षक समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा अध्ययन गोष्ठी, अन्तरक्रियाहरू गरी आफ्नो सक्रियता अझ बढाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले समाजले इतिहास र शिक्षामूलक पुस्तक प्रकाशनमा जोड दिँदै लानुपर्ने बताउनुभयो ।
कुनै पनि व्यक्ति राजनीतिबाट अलग्ग हुन नसक्ने बताउँदै उहाँले देश विदेशको राजनीतिक घटनाक्रमबारे अवगत हुनुपर्ने र आफ्नो पठन संस्कृतिलाई विकास गर्दै लानुपर्ने आवश्यकताबोध गराउनुभयो ।
एमसीसी परियोजना नेपालको हितविपरीत हुँदाहुँदै संसद्बाट अनुमोदन गर्न शासक दलहरू सक्रिय रहनु आपत्तिजनक भएको धारणा राख्दै उहाँले देशघाती एमसीसी सम्झौताको विरोधमा नेमकिपाले देशैभरि विरोध जुलुस तथा सभाहरू गर्दै आइरहेको बताउनुभयो ।
समाजका सचिव रामगोपाल कर्माचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समाजको उद्देश्यमाथि प्रस्ट पार्नुभयो । उहाँले बौद्धिक शक्तिको क्रियाशीलताले समाजलाई परिस्कृत ढङ्गले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नाति कवांको सभापतित्वमा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष विश्वराम कवां, बालमुकुन्द बासुकला, शेरबहादुर ङाकुसी, लक्ष्मीनारायण दुवाल, वागीश्वरी उमाविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, विश्वनाथ प्रजापतिलगायतले बोल्नुभएको थियो ।
प्रमुख प्रजापतिले हाल सेवा निवृत्त हुनुभएका ६ जना शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा अतिथि प्रजापतिले सेवा निवृत्त शिक्षक विश्वराम कवांले लेख्नुभएको ‘मेरो जीवन यात्रा’ नामक पुस्तक विमोचन गर्नुभयो ।
Leave a Reply