भर्खरै :

उत्तरी सीमामा काङ्ग्रेसको राजनीतिक पूर्वाग्रह

‘उत्तरी सीमामा चीनसँग सीमा समस्या भएको’ भन्दै सरकारले अध्ययनको निम्ति कार्यदल बनाएको छ । समाचारअनुसार सो कार्यदलका सदस्यहरू अध्ययनको निम्ति हुम्ला जिल्लाको सीमकोट पुगेका छन् । तर, सरकारको यो कदम यथार्थमा भन्दा राजनीतिक पूर्वाग्रहका आधारित देखिन्छ । ‘हुम्लाको उत्तरी नेपाली भूमिमा चीनले भौतिक संरचना बनाएको’ भन्दै यसअघि नेकाँ नेता जीवनबहादुर शाहीले काङ्ग्रेस केन्द्रीय समितिमा प्रतिवेदन पेश गरेका थिए । साथै सरकारको अनुमतिमा अनधिकृतरूपमा कर्णाली प्रदेश सभाका काङ्ग्रेसका सांसदहरू पनि कथित विवादास्पद भूमिमा भ्रमण गरेका थिए । सो विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारीले दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रालयले त्यतिबेला स्पष्टिकरण समेत लिएको थियो । केही समयअघि केही आफूलाई मूलधार दाबी गर्ने सञ्चारमाध्यमले समेत अप्रमाणित र फर्जी प्रमाणको आधारमा चीनले नेपालको विभिन्न क्षेत्रमा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित गरेका थिए । तर, पछि समाचारको स्रोत नै नक्कली प्रमाणित भएपछि उनीहरूको मुन्टो निहुरिएको थियो । यसअघि एमालेकी नेतृ साहना प्रधानले पनि मन्त्री हुँदै चीनले सीमा मिचेको भनी गैरजिम्मेवार र अपुष्ट आरोप लगाएकी थिइन् ।

दार्चुला जिल्लामा भारतीय सीमा सुरक्षा बलले तुइनमा तार खुस्काइदिँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएपछि अझै उनको न श्वासको ठेगान छ न लासको । भारतलाई पठाइएको कूटनीतिक नोटलाई उसले बेवास्ता गरेको छ । नेपाली जनतामाथि भारतको यस्तो ज्यादतीको विषयान्तर गर्न अहिले देउवा सरकारले समस्या नभएको भनी बारम्बार पुष्टि भएको हुम्लाको सीमामा अध्ययन समिति खटाएको छ । यसले धामी प्रकरण ओझेलमा परेको छ ।

नेपाली पक्षबाट लगाइने यस्ता आरोपको जवाफमा चीनको दूतावासले ‘चीनले नेपालको सीमा मिचेको छैन, कहीँ समस्या भए संवाद गर्न तयार छौँ’ भनी प्रस्ट जवाफ दिँदै आएको छ । यसबाट चीन स्वयम् पनि नेपालसँग कहीँ कतै सीमा समस्या नै भएको भए पनि समाधान गर्न आतुर भएको देखिन्छ । सन् १९६० को दसकमा नेपाल र चीनबीच सीमा सन्धि भएयता सिमाना नियमनको विषयमा पटक पटक बैठकमार्फत् समस्या समाधान पनि गर्दै आएको देखिन्छ । तर, चीनले आजसम्म नेपालको सीमा मिचेको कहीँ पनि पुष्टि हुनसकेको छैन । रोचक कुरा के हो भने भारतले जब जब नेपालको सीमा अतिक्रमण गर्छ वा नेपाली जनतामाथि सीमा क्षेत्रमा ज्यादती गर्छ, नेपालका केही मानिसहरूले नियोजित रूपमै चीनतिर धुलो छ्याप्ने काम गर्दै आएका छन् । भारतसँगको सीमा समस्या समाधान गर्नुको सट्टा उत्तरतिर धुलो छ्यापेर विषयान्तर गर्ने उनीहरूको मनसाय प्रस्ट छ । दक्षिण छिमेकीले मात्र होइन, उत्तरले पनि यसरी अतिक्रमण गरिरहेको छ भनी विषयान्तर गरेर भारतले गरेको सीमा अतिक्रमण वा सीमामा ज्यादतीलाई जायज बनाउने षड्यन्त्र हुने गरेको छ ।
दार्चुला जिल्लामा भारतीय सीमा सुरक्षा बलले तुइनमा तार खुस्काइदिँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएपछि अझै उनको न श्वासको ठेगान छ न लासको । भारतलाई पठाइएको कूटनीतिक नोटलाई उसले बेवास्ता गरेको छ । नेपाली जनतामाथि भारतको यस्तो ज्यादतीको विषयान्तर गर्न अहिले देउवा सरकारले समस्या नभएको भनी बारम्बार पुष्टि भएको हुम्लाको सीमामा अध्ययन समिति खटाएको छ । यसले धामी प्रकरण ओझेलमा परेको छ ।
हुम्लामा सीमा मिचिएको भनी कृत्रिम ढङ्गले जोडतोडका साथ लाग्ने जीवनबहादुर शाहीहरू कहाँबाट परिचालित हुन् भन्ने कुराको अध्ययन आवश्यक छ । विगतमा पनि दलाई लामालाई भेटेर आएर नेपालमा चीनविरोधी गतिविधि गरी नेपालको परराष्ट्र नीतिलाई खल्बलाउने सांसदहरू नभएका होइनन् ।
सीमा समस्या वास्तवमै हो भने समाधानको पहल गर्नु आवश्यक हो । तर, राजनीतिक पूर्वाग्रह राखेर र मूल विषयलाई छोप्न अनेक विषय अघि बढाउने यस्ता जालसाझीको भने विरोध गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *