भर्खरै :

अशोक विनायक मरूमा समयबजी अर्पण

काठमाडौँ, २६ भदौ । श्री अशोक विनायक गुठी मरू टोलको आयोजनामा हरेक वर्ष गणेश चौथीको दिन अशोक विनायक मरूमा समयबजीको थुम्को
(समयबजी द्वं) राख्ने क्रममा यसवर्ष पनि शुक्रबार चौथीको दिन सम्पन्न भयो । विभिन्न परिकारका ८४ व्यञ्जन पाँच मुरीको सम्हेबजीको थुम्को राख्न बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घन्टा लगाएर बनाएको गुठीका अध्यक्ष तीर्थमान महर्जनले जानकारी दिनुभयो ।
१६० गुठियार रहेको श्री अशोक विनायक गुठी मरू टोलको मौलिक भवन अगाडि राखेको सो थुम्को बेलुकी ८ बजे सबैलाई प्रसादको रूपमा बाँडेको थियो । अध्यक्ष महर्जनका अनुसार सम्हेबजी कार्यक्रम तय गर्नको लागि एकलाख पचास हजार खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *