पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
पेइचिङ, ११ सेप्टेम्बर । ब्रिक्स मुलुकका नेताहरूको १३ औँ बैठक सेप्टम्बर ९ मा भिडियोमार्फत आयोजना भयो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्ससँग सहकार्य गरी संयुक्त चुनौतीको सामना गर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकासोन्मुख मुलुकमा खोप वितरण गर्न कोरोना प्रतिरोध खोप कार्यान्वयन योजना (कोभ्याक्स) लाई दस करोड अमेरिकी डलर प्रदान गर्ने र यस वर्षको अन्तसम्ममा विकासोन्मुख मुलुकलाई निःशुल्करूपमा दस करोड डोज कोभिड–१९ खोप चन्दास्वरूप दिने घोषणा गर्नुभयो ।
धेरैजसो विकासोन्मुख मुलुकमा सार्वजनिक स्वास्थ्य प्रणालीको कमजोर अवस्था तथा खोपको अभावले महामारीको सामना गर्न गा¥हो भएको छ । अन्तर्राष्ट्रिय चिकित्सा विज्ञानसम्बन्धी पत्रिका ल्यान्सेटअन्तर्गत कोभिड–१९ समितिका अध्यक्ष, अमेरिकी अर्थशास्त्री जेफ्री सक्सले मलेसियाको सञ्चारमाध्यम ‘द स्टार्स’ लाई अन्तर्वार्ता दिँदै विकासोन्मुख मुलुकले कम समर्थन पाएको कारण कोभिड–१९ महामारी विश्वव्यापीरूपमा फैलिएको बताउनुभएको छ ।
चीनले महामारी प्रतिरोध तथा आर्थिक सामाजिक विकासको पुनःरूत्थान क्षेत्रमा विकासोन्मुख मुलुकलाई सहयोग तथा समर्थन दिइरहेको छ । एक महिनाअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कोरोना प्रतिरोधी खोप सहयोग अन्तर्राष्ट्रिय मञ्चमा सम्बोधन गर्दै भन्नुभएको थियो, “चालू वर्षभरिमा चीनले विश्वलाई २ अर्ब डोज खोप प्रदान गर्नुका साथै कोभ्याक्सलाई १० करोड अमेरिकी डलर बराबर अनुदान दिनेछ ।”
दक्षिण एसियाली मुलुकको नमुना लिऔँ । चीनले नेपाल, पाकिस्तान, श्रीलङ्कालगायतका मुलुकलाई चन्दास्वरूप खोप दिने तथा आपूर्ति गर्दै खोप सहयोगलाई सक्रियताका साथ अगाडि बढाइरहेको छ । गत अप्रिल महिनाको अन्तमा आयोजित कोरोना महामारीको सामनासम्बन्धी चीन–अफगानिस्तान–पाकिस्तान–नेपाल–बङ्गलादेश ६ मुलुकका विदेश मन्त्रीबीचको सहयोग भिडियो सम्मेलनमा चीनका परराष्ट्र मन्त्री वाङ यीले भन्नुभयो, “विभिन्न दक्षिण एसियाली मुलुकका जनताले अझ धेरै तरिकाले खोपको स्थिर आपूर्ति पाउनका लागि चीन–दक्षिण एसियाली मुलुक आपत्कालीन सामग्री सञ्चय भण्डारण स्थापना गर्ने प्रस्ताव चीनले गर्दछ ।” दुई महिनापछि सो सञ्चय भण्डारण छङतुमा औपचारिकरूपमा सञ्चालनमा आएको छ । यसबाट ती ५ मुलुकका राजदूतहरू ‘चिनियाँ गति’ को साक्षी बन्नुभएको छ ।
कोभिड–१९ महामारी फैलिएदेखि चीनले वचनबद्धता गरेर आवश्यक व्यवहार गरेको छ । चीनले मानव भाग्य समुदायको सिद्धान्त लिएर खोपलाई सार्वजनिक उत्पादनको रूपमा बनाउने वचनबद्धता व्यवहारिक गतिविधिद्वारा साकार तुल्याउँदै छ । त्यसमा कुनै राजनैतिक रूप छैन । खोपको सहायता तथा सहकार्यमा चीनले ठूलो देशको जिम्मेवार बहन गरेको छ । हालसम्म चीनले १०५ देश तथा ४ अन्तर्राष्ट्रिय सङ्गठनलाई खोप सहायता दिइसकेको र दिइरहेको छ । साथै चीनले ६० भन्दा बढी देशलाई कुल ९९ करोड डोज खोप निर्यात गरेको छ । जुन विश्वको पहिलो स्थानमा छ ।
नयाँ कोरोना भाइरस सर्वसाधारणको साझा शत्रु हो । महामारीका साथै विश्वका विभिन्न देशहरूले हातमा हात मिलाएर तत्कालीन कठिनाइको सामना गर्नुपर्छ । महामारीलाई छिटै जितेर अर्थतन्त्रको वृद्धि तथा सामान्य जीवनको पुनः सुरू गर्नु अन्तर्राष्ट्रिय जगतको साझा प्रतिक्षा हो । हामी एउटै परिवारका सदस्य हौँ । व्यापक विकासोन्मुख मुलुकलाई अझ बढी खोपको सहयोग तथा समर्थन दिएमात्र विश्वले खुलापनको वसन्त पाउनेछ ।
स्रोतः सीआरआई
Leave a Reply