सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
नयाँ दिल्ली, १४ सेप्टेम्बर । भारतका ३४८ जना प्रबुद्ध नागरिकले दिल्ली विश्वविद्यालयलाई पत्र लेखी तालिम दलित लेखकहरू बामा फौस्तिना सुसैराज र सुकृतरानी तथा बङ्गाली लेखक महाश्वेता देवीका कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह गरेका छन् ।
दलित बौद्धिक समूहको तर्फबाट दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई सो पत्र पठाइएको थियो ।
गएको महिना दिल्ली विश्वविद्यालयले महाश्वेता देवीको कथा ‘द्रोपदी’, सुकृतरानीको ‘मेरो शरीर’ र सुसैराजको ‘सङ्गाती’ कथा बीए (अनर्स) को अङ्ग्रेजी पाठ्यक्रमबाट निकालेको थियो । विश्वविद्यालयको सो कदमको विश्वविद्यालय प्राज्ञिक परिषद्का १५ जना सदस्यसहित धेरैले विरोध गरेका थिए ।
परिषद् सदस्यहरूले सो कदमलाई पाठ्यक्रममा ‘अधिकतम विध्वंस’ भन्दै सो निर्णयविरुद्ध असहमति व्यक्त गरेका थिए । दलित बौद्धिक समूहको पत्रमा भारत र भारतबाहिरका दलित अभियन्ता, प्राज्ञ, विद्वान्, लेखक, चलचित्र निर्माता, कलाकार र विद्यार्थीले हस्ताक्षर गरेका छन् ।
उनीहरूले दिल्ली विश्वविद्यालयलाई पाठ्यक्रमबाट ती कृतिहरू निकालेको क्षमायाचना गर्न पनि माग गरेका छन् ।
“ती साहित्यले राज्यको दमनविरुद्ध आदिबासी महिलाको प्रतिरोध, जात व्यवस्थाले रोगी बनेको भारतीय गाउँमा दलित महिलाले भोगेको विभेद र हातैले सफा गर्ने काममा अन्यायका कुरा लेखिएका छन्”, पत्रमा भनिएको छ ।
वक्तव्यमा पाठ्यक्रममा परिवर्तन पछाडिका कारणबारे पनि प्रश्न गर्दै विश्वविद्यालयको सो कदमले तीन जना लेखकका भावनामा ठेस पुगेको उल्लेख छ । “ती साहित्यले कसको भावनामा ठेस पुगेको छ ?”, पत्रमा उल्लेख छ । “उत्पीडन भोगेका जनताको भावना त तिनले पक्कै ठेस पु¥याएको छैन ! प्राज्ञिक कार्यक्रमको खाका बनाउने सम्पन्न वर्गको भावनामा चोट पुगेको हो ?”
हस्ताक्षरकर्ताहरूले तिनै जना लेखक ‘प्रतिरोध साहित्यको समृद्ध परम्परा’ र ‘सबैको लागि समावेशी र उत्तम समाजको कल्पना’ सँग सम्बन्धित भएको बताएका छन् ।
Leave a Reply