सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
डेनमार्क, १४ सेप्टेम्बर । डेनमार्कमा बीस लाख मानिसमा गरिएको एक बृहत् अध्ययनले धेरै ध्वनिले मानिसमा तनाव, अलस्य, पातलो निद्राबाट थप तनाव हुँदै अन्ततः विस्मृतिको रोग (डिमेनसिया) हुने सम्भावना बढी भएको निष्कर्ष निकालेको छ । सवारी साधनको चर्को ध्वनि र विस्मृतिको रोगबीच सम्बन्ध भएको पनि पहिलोपटक अध्ययनले देखाएको छ ।
सन् २००४ देखि २०१७ सम्म लाखौँ डेनमार्कका जनताबीच अध्येताहरूले सङ्कलन गरेको तथ्याङ्कको आधारमा २७ प्रतिशतलाई डिमेनसियाकै एउटा प्रकार अल्जाइमर (बिर्सने रोग) र १८ प्रतिशतलाई डिमेनसिया हुने सम्भावना अत्याधिक भएको देखिएको छ । ५५ डेसिबलभन्दा चर्को सवारी साधनको ध्वनिमा लामो समयसम्म बस्ने व्यक्तिलाई यस्तो सम्भावना भएको अध्ययनले देखाएको छ ।
साउथर्न डेनमार्क विश्वविद्यालयले रोकिड्स विश्वविद्यालय, ओडेन्स विश्वविद्यालय अस्पताल र कोपेनहेगन विश्वविद्यालयको सहकार्यमा गरिएको सो अध्ययनले बीस लाख डेनमार्कका मानिसको व्यस्त सडक रेल लाइनसँगको सम्पर्कलाई आधार बनाएको थियो ।
प्राप्त तथ्याङ्कलाई डेनमार्कको डिमेनसियाका रोगीहरूको राष्ट्रिय अभिलेखबाट पुष्टि गरिएको थियो । सन् २०१७ मा सवारी साधनको चर्को ध्वनिको कारण डिमेनसिया भएकाको सङ्ख्या ८ हजार ४७५ भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्यमा ध्वनिको प्रभाव तनावका हार्मोनको उत्सर्जन र निद्रामा समस्यासँग सम्बन्धित भएको र त्यसले अन्ततः रक्तधमनीसँग सम्बन्धित रोग लाग्न सक्ने अध्ययनले देखाएको छ । त्यही कारण रोग प्रतिरोध क्षमता र सङ्क्रमणसँग लड्ने क्षमतामा भिन्नता आउने देखिएको छ । यी सबै लक्षण भने अन्ततः डिमेनसिया रोगका पूर्व लक्षण भएको विज्ञहरूले बताएका छन् ।
“हामीले पहिलोपटक सवारी साधनको ध्वनि र डिमेनसिया रोगबीच प्रष्ट सम्बन्ध देखाउन सक्यौं । यो परिणाम आफैमा चकित पार्ने खालको छ”, साउथर्न डेनमार्क विश्वविद्यालयको क्लिनिकल प्रतिष्ठानका उपप्राध्यापक मान्युला लिच कान्टौरियाले भनिन् ।
उनले आफ्नो अध्ययनले थप अध्ययनको लागि बाटो खुलेको र जनस्वास्थ्य सुधारमा सहयोगी हुने विश्वास व्यक्त गरिन् ।
“लामो समय ध्वनिमा बस्ने मानिसलाई हुनसक्ने अन्य स्वास्थ्य खतरा के हुन् भन्ने अध्ययनमा हामी ध्यान केन्द्रित गर्न चाहन्छौँ । सहरी विकासमा हाम्रो अध्ययनले केही प्रभाव पार्नेमा हामी आशावादी छौँ”, उनले भनिन् ।
उनले राजमार्गहरूमा ध्वनि प्रदूषण रोक्ने र ध्वनि न्यून बनाउने पिच सडक बनाउन पनि आफ्नो अध्ययन निचोडले मद्दत गर्ने बताइन् ।
Leave a Reply