भर्खरै :

युरिया मल नपाएर चितवनका किसान चिन्तित

चिवतन, ५ असोज । असोज महिनाले पाइला टेकिसकेको छ । धान पसाउन थालेको छ । धानले युरिया मल मागेको छ तर किसानहरूले अनुदानित युरिया मल पाएका छैनन् । त्यसैले यसपालि धान उत्पादन कम हुनेमा किसान चिन्तित भएका छन् ।
चितवन जिल्लामा मल बिक्री गर्ने संस्थाहरू कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्र«ेडिङका गोदाम रितिसकेका छन् । साल्ट ट्रेडिङ लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल भाद्र ३० गतेदेखि नै युरिया मल स्टक सकिएको बताउँँछन् ।
यस जिल्लामा युरिया मलको माग झन्डै १७ हजार मेट्रिक टन रहे पनि त्यो परिणाममा कहिल्यै मल आपूर्ति हुन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड भरतपुरका प्रमुख राजन बगाले अनुसार चितवनमा जम्मा पाँच हजार मेट्रिक टन जतिमात्र वितरण हँुदै आएको छ ।
धान पसाउने बेला पनि युरिया मल र सिँचाइ चाहिन्छ अन्यथा २५ प्रतिशतसम्म उत्पादनमा ह«ास आउने कृषि प्राविधिक बताउँछन् ।
मल नपाएर रन्ननगर नगरपालिकाका किसान राजु पौडेल स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गर्दा वीरगञ्जमा अड्केर बसेको जवाफ पाएको बताउँछन् । रत्ननगर मोहनाका सुमित्रा महत्तोले पनि युरिया मल नपाएर किसानहरू चिन्तित भएको सुनाउँछन् ।
त्यस्तै, इच्छाकामना गापाका सौरभ चेपाङले पनि युरिया मल नपाएर समस्या भएको बताउँछन् । भरतपुर २५ का किसान नरेश न्यौपाने पनि युरिया मलको हाहाकारले किसानहरू चिन्तित भएको जानकारी दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *