भर्खरै :

“अमेरिकाजस्तो साथी भएसम्म कसलाई शत्रुको खाँचो पर्छ र ?”

“इतिहासले देखाएको छ– अमेरिका अविश्वसनीय ढङ्गले हानिकारक र विश्वसनीय ढङ्गले अवसरवादी साझेदार हो जसको न कोही स्थायी मित्र छ न कोही शत्रु नै । उसको स्वार्थ मात्र छन् ।” उक्त विचार इरान, गाजा, भन्सार र उत्तर कोरिया आदि विषयमा संरा अमेरिकाको ‘कपटी मान्यता’ विरुद्ध सङ्केत गर्दै सन् २०१८ को मे महिनामा युरोपेली परिषद्का सभापति डोनाल्ड टस्कले व्यक्त गरे । उनले भने, “अमेरिकाजस्तो साथी भएसम्म कसलाई शत्रुको खाँचो पर्छ र ?”
संरा अमेरिकाले आफ्ना शत्रुलाई भन्दा बढी आफ्ना साझेदारहरूलाई पेल्ने गरेको छ । कुनै बेला नाटोका सदस्यबाहेकका संरा अमेरिकाका प्रमुख साझेदार देशहरूमध्येमा पर्ने पाकिस्तानले ४८० वटा संरा अमेरिकी ड्रोन हमलाको तीतो सम्झना अझै मेटाउन सकेको छैन । पाकिस्तानमाथि आफ्नो साझेदार देश संरा अमेरिकाले गरेको हमलामा परी ७० हजारभन्दा बढी मानिस मारिनुका साथै १५ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको थियो । आजको परिस्थितिमा यो उदाहरण अस्टे«लियाको निम्ति सावधानीको घण्टी हुनसक्छ । तथाकथित ‘अउकस’ गठबन्धनले अस्टे«लियाको रक्षा र क्षेत्रीय सुरक्षा बलियो बनाएको भनिए पनि खासमा त्यसले उसको केही सार्वभौमिकता संरा अमेरिका र बेलायतको पाउमा बुझाएको छ ।
आफ्ना साझेदारहरूप्रति अमेरिकाको बहुलठ्ठीपूर्ण ‘मित्र–शत्रु नीति’ ले फेरि एकपल्ट फ्रान्सलाई संरा अमेरिका र उसका दुई गठबन्धन देश (बेलायत र अस्टे«लिया) बाट टाढा पठाएको छ । सन् २०१६ मा अस्टे«लिया र फ्रान्सबीच पुरानो प्रविधिका पण्डुबी खरिदसम्बन्धी रक्षा सम्झौता भएको थियो । ४० अर्ब अमेरिकी डलर बराबरको त्यो रक्षा सम्झौता तोडेर फ्रान्समाथि ‘बदमासी, अपमान र धोखा’ दिनुका साथै ‘पछाडिबाट छुरा प्रहार’ पनि गरियो ।
सन् २०१५ मा युरोपेली आयोगका सभापति जिन क्लाउड जङ्करले युरोपेली सेना गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए । तथापि, बेलायत सरकार र त्यहाँका राजनीतिक नेताहरूले उनको सो प्रस्ताव अस्वीकार गरे । ‘त्यस्तो संरचना बनाउने कुनै योजना नभएको’ र त्यसले बेलायत, नाटो र संरा अमेरिकाको स्वार्थमा धक्का पु¥याउने भन्दै उनीहरूले उक्त प्रस्ताव नकारेका थिए । यद्यपि, फ्रान्स र जर्मनीले सन् २०१८ मा फेरि पनि ‘सही अर्थमा युरोपेली सेना’ स्थापनाको प्रस्ताव अघि सारेका थिए । आफ्नो रक्षाको निम्ति संरा अमेरिकाको भरपर्ने नसकिने र कसैको भरमा बस्ने समय अब सकिएको भन्दै उनीहरूले सो प्रस्ताव अघि सारेका थिए ।
अफगानिस्तानबाट अमेरिकाको भयानक फिर्तीले फेरि एकपल्ट युरोपेली सङ्घलाई आफ्नै स्थायी सेना हुनुपर्ने महत्वबोध गराएको छ । काबुल विमानस्थलबाट युरोपेलीहरूको सुरक्षित उद्धारको निम्ति अफगानिस्तानबाट फिर्ता हुने प्रक्रिया केही समयपछि सार्न युरोपेली सङ्घको आह्वानप्रति वाशिङ्टनले कानमा तेल हालेर सुने–नसुनेझैँ ग¥यो । नाटोको मुख्य हर्ताकर्ता संरा अमेरिकाको प्रतिबद्धता फितलो बन्दै गएसँगै त्यसको ‘दिमागी मृत्यु’ (ब्रेन डेथ) भएको फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँको धारणालाई अहिले पछिल्लो घटनाक्रमले अझ सही पुष्टि गर्दै छ ।
स्वायत्त रक्षा व्यवस्थाप्रति युरोपेली सङ्घको चाहनाको मूल कारणमध्ये एउटा कारण रक्षा खर्च आपसमा बाँडचुँड गर्नुपर्ने विषयमा संरा अमेरिकाले युरोपेली देशलाई गर्ने हप्कीदप्की पनि हो । वाशिङ्टनको यस्तो व्यवहार भने आजको मात्र होइन । सन् १९५३ मा संरा अमेरिकाका तत्कालीन विदेश सचिव जोन फोस्टर डल्सले संरा अमेरिकी शीतयुद्ध नीतिमा योगदान नगरे नाटोका अन्य सदस्यहरूले ‘पीडादायी परिणाम’ भोग्नुपर्ने धम्की दिएका थिए ।
संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नाटो देशहरूप्रति आक्रामक र सङ्कीर्ण विरोध अन्तरएटलान्टिक मोर्चामा विस्फोटन ल्याउनुका धेरै कारणमध्ये एउटा हो । ट्रम्पले जर्मनीलाई ‘रुसको कब्जामा’ भएको आरोप लगाएका थिए । त्यस्तै ट्रम्पले फ्रान्स र अन्य युरोपेली देशहरूमाथि रक्षा खर्च अथवा व्यापार सम्झौताको विषयमा दबाब दिने गरेका थिए ।
खासमा वाशिङ्टनले युरोपको रणनीतिक हितलाई शीतयुद्धको समाप्तिलगत्तै अर्थात् तीस वर्षअघि नै न्यूनाङ्कन गर्न थालेको थियो । सबैले रक्षा खर्च व्यहोर्नुपर्ने बहानामा उसले सम्बन्ध खुकुलो बनाउन थालेको थियो । संरा अमेरिकाले त्यसपछिका दिनमा पनि अमेरिकी बजार र प्रविधिमा युरोपको पहुँचलाई नियन्त्रण गर्दै लग्यो । तेस्रो देशको बजारमा युरोपेली प्रतिस्पर्धामा अवरोध सिर्जना गर्न अमेरिकाले अन्तर्राष्ट्रिय हतियार ओसारपसार कानुन प्रयोग ग¥यो । युरोपेली सङ्घले आफ्नै मौलिक रक्षा व्यवस्था औद्योगिक तथा प्राविधिक आधारमा बनाउन खोज्दा अमेरिका नै त्यसको तगारो बनिदियो ।
तीन दशक लगातारको यो अवस्थाले संरा अमेरिकालाई अन्तर्राष्ट्रिय हतियार बजारमा आफ्नो एकछत्र राज गर्न मद्दत ग¥यो । तर, त्यो काम युरोपेली सङ्घको मूल्यमा गरियो । अमेरिकी सरकारको सधैँको हस्तक्षेपकारी स्वभावको कारणले रक्षा क्षेत्रमा आर्थिक हिस्सेदारी बढाउन पश्चिमा मोर्चाको क्षमतालाई सीमित बन्यो । त्यसैलाई ट्रम्पले आपसी सम्बन्धमा खाडल अझ फराकिलो बनाउन मसला बनायो । अनि म्याद नाघिसकेको नाटोमा अमेरिकी स्वार्थबारे पीडादायी सत्य उजागर गर्न संरा अमेरिकी राष्ट्रपति जो बाइडेन हौसिए ।
संरा अमेरिकाले पछिल्लो पटक युरोपेली सङ्घको एउटा प्रमुख सदस्य फ्रान्सलाई धोखा दिएर ठीक भयो । यो विमस्यकारी क्षणले युरोपेली सङ्घप्रति वाशिङ्टनको भित्री भावना उजागर भएको छ । संरा अमेरिकाको युरोपेली नीतिको मूल चालकलाई युरोपेली सङ्घको माथिल्लो नेतृत्वले ठाडो झापड पस्किएको छ । जसले बाइडेनको ‘अमेरिकी पुनरागमन’ प्रति सन्देह जन्माएको छ । साथै संरा अमेरिकी ‘इमान्दारी र पारदर्शिता’ प्रति प्रश्न उठेको छ । अब त्यसले व्याख्याको माग गरेको छ ।
बाइडेनले युरोपका नाटो सदस्यलाई खाल्डोमा धकेल्यो । युरोपेली सङ्घले चीनसँग साझेदारी गरेको वा चीनप्रति फ्रान्स ‘निकै नरम’ भएको बुझाइको कारण मात्र त्यसो भइरहेको छैन । संरा अमेरिकाको तिक्तता लामो समयअघि देखिएको हो । पेरिसले चाल्र्स डी गाउलीवादी पूर्ण स्वतन्त्रताको सिद्धान्त लागु गर्न खोजिरहेको थियो । युरोपेली सङ्घको रणनीतिक स्वायत्तता र विश्वमा बढ्दो भूमिकाको पछिल्लो चाहनालाई पेरिसले अझ जोड दिइरहेको छ । फ्रान्स हिन्द–प्रशान्त क्षेत्रमा द्वन्द्व निम्त्याउने पक्षमा छैन । बरु यसले चीनसँग सहकार्य र साझेदार बन्न चाहेको छ ।
चीनविरुद्ध ‘अङ्ग्रेजी बोल्ने देशहरू’ को ‘ज्यादै अभद्र’ त्रिपक्षीय मोर्चा संरा अमेरिकी एकपक्षीय स्वार्थ अघि बढाउन र हिन्द–प्रशान्तको शान्ति र अर्थतन्त्रलाई कमजोर बनाउन बुनिएको योजना हो । वाशिङ्टनको ‘सबै वा केही पनि होइन’ अवधारणा सम्पूर्णतः युरोपेली सङ्घको अवधारणाभन्दा फरक छ । युरोपेली सङ्घ चीनलाई आर्थिक र रणनीतिक साझेदारको रूपमा सहकार्य गर्ने पक्षमा छ । संरा अमेरिकाको सधैँको कचमचबाट आजित युरोपेली सङ्घ व्यापार र लगानीमा आधारित सम्बन्धको नक्सा कोरिरहेको छ । उसले संसारको दोस्रो ठूलो अर्थतन्त्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्न चाहेको छ ।

अझर अजाम


स्रोत : सीजीटीएन
नेपाली अनुवाद :सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *