हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
पेइचिङ, २६ सेप्टेम्बर । चीनको राज्य परिषद्को सूचना कार्यालयले आइतबार उत्तरपश्चिम चीनको सिन्च्याङ उइगुर स्वशासित क्षेत्रको जनसाङ्ख्यिक विकासबारे विस्तृत श्वेतपत्र जारी गरेको छ ।
‘सिन्च्याङ जनसङ्ख्या आयाम र तथ्याङ्क’ शीर्षकमा प्रकाशित श्वेत पत्रअनुसार सन् २००० देखि २०२० सम्ममा सिन्च्याङको जनसङ्ख्या वृद्धि दर १.१५ प्रतिशत छ । यो प्रतिशत चीनको मिश्रित वृद्धिदरको राष्ट्रिय औसतभन्दा बढी हो ।
सन् २०१० मा भएको छैटौँ राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार सिन्च्याङको जनसङ्ख्या २ करोड १८ लाख २० हजार छ । सन् २००० को जनसङ्ख्याको तुलनामा यो ३३ लाख ६० हजारले बढेको छ । मिश्रित वृद्धिदरको राष्ट्रिय औसतमा यो सन् २००० को तुलनामा १.६८ प्रतिशतले बढी हो ।
सन् २०२० मा भएको सातौँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार जनसङ्ख्या ४० लाख ४० हजारले बढेर २ करोड ६५ लाख ८० हजार पुगेको छ । मिश्रित वृद्धिदरको राष्ट्रिय औसतअनुसार यो १.७१ प्रतिशतले वृद्धि हो ।
सन् २०१० मा सिन्च्याङको शिशु मृत्यु दर प्रतिएक हजार शिशु २६.५८ थियो भने सन् २०१० मा यो घटेर प्रतिहजार ६.७५ मा सीमित भएको श्वेतपत्रमा उल्लेख छ । त्यस्तै पाँच वर्षमूनिका बालबालिकाको मृत्यु दर सन् २००० मा प्रतिएक हजार ३१.९५ बाट सन् २०१० मा १०.९१ मा झरेको थियो । त्यस्तै मातृ मृत्यु दर सन् २००० मा प्रतिहजार ४३.४१ बाट सन् २०१० मा १७.८९ मा झरेको थियो ।
आर्थिक वृद्धि र धार्मिक स्वतन्त्रता
एक्काइसौं शताब्दीको सुरूका दुई दशकमा उइगुर जनसङ्ख्याको मिश्रित वृद्धिदरको राष्ट्रिय औसत १.६७ प्रतिशतले बढ्यो । जसअनुसार उइगुर जनसङ्ख्या ८३ लाख ४० हजारबाट १ करोड १६ लाख २० हजारमा पुगेको श्वेतपत्रमा उल्लेख छ ।
यो वृद्धिदर चीनका अन्य अल्पसङ्ख्यक आदिवासी समुदायको जनसङ्ख्या वृद्धिदर भन्दा बढी थियो । चीनका अन्य आदिवासी समुदायको वृद्धि दर ०.८३ प्रतिशत थियो ।
सिन्च्याङका सबै आदिवासी समुदायका महिलाहरूको आर्थिक, सामाजिक र पारिवारिक अवस्थामा पनि लगातार सुधार भइरहेको दस्तावेजमा भनेको छ । सुधारिएको अवस्थाले महिलाहरूलाई माध्यमिक तथा उच्च माध्यमिक शिक्षा पाउने अवसर बढेको छ । साथै आर्थिक र सामाजिक जीवनमा उनीहरूको सक्रिय सहभागिता बढेको छ ।
यसैबीच रोजगार महिलाको सङ्ख्या र अनुपात पनि उल्लेखनीयरूपमा बढेको छ । उदाहरणको लागि सन् २०१९ मा सिन्च्याङका सहर र नगरमा उत्पादनमूलक काममा लागेका महिलाको सङ्ख्या २ लाख २८ हजार १ सयले थपिएको थियो । सहरी क्षेत्रको कुल नयाँ रोजगार जनशक्तिमा यसले ४७.४३ प्रतिशत हिस्सा ओगटेको श्वेतपत्रमा भनिएको छ ।
सिन्च्याङमा धार्मिक स्वतन्त्रता संरक्षित भएको र धार्मिक परम्परा अभ्यास गर्ने अधिकार सुनिश्चित गरिएको त्यसमा भनिएको छ ।
धार्मिक आस्था राख्ने मानिसहरूलाई कानुनी धार्मिक गतिविधिजस्तै पूजाआजा, व्रत र धार्मिक पर्व मनाउनेमा स्वतन्त्रता रहेको छ । उनीहरूले यस्ता काम धार्मिक मान्यता, सम्प्रदाय र परम्पराअनुसार धार्मिक स्थल वा घरमा अभ्यास गर्न पाउँछन् ।
धर्मावलम्बीको वैधानिक धर्मका आवश्यकता पूरा गर्न सिन्च्याङले धार्मिक थलोको अवस्था र वरपरको वातावरणलाई सक्रियतापूर्वक सुधार्ने काम गरेको श्वेतपत्रमा उल्लेख छ । जसअन्तर्गत धार्मिक स्थलको जीर्णोद्धार र पुनःनिर्माण, सेवा र सुविधाको विस्तार, नयाँ धार्मिक थलो निर्माण गरेर धर्मावलम्बीलाई आफ्नो धार्मिक आस्थाको अभ्यासमा सहज बनाउने काम भएको त्यसमा उल्लेख छ ।
पश्चिमा हल्लाको खण्डन
सिन्च्याङमा ‘जन्म दरमा रोक’ र ‘जनसाङ्ख्यिक संहार’ जस्ता आरोप शतप्रतिशत आधारहीन भएको श्वेतपत्रले प्रस्ट पारेको छ । चीनविरोधी शक्तिले सिन्च्याङमा उइगुर र अन्य आदिवासी समुदायलाई जन्म दरमाथि रोक लगाएर जन्म दरमा नियन्त्रण गरेर ‘जनसाङ्ख्यिक संहार’ गरिरहेको छ ।
श्वेतपत्रमा चीनको कानुनअनुसार नै सिन्च्याङमा परिवार नियोजनको नीति लागू भएको र जबरजस्ती जन्म नियन्त्रण र गर्भपरीक्षणलाई कडाइपूर्वक नियन्त्रण गरिएको बताइएको छ ।
गर्भनिरोधक सामग्रीको प्रयोग गर्ने–नगर्ने र कसरी गर्ने भन्ने कुरा नितान्त निजी मामिला भएको र कुनै पनि सङ्गठन वा व्यक्तिले यो स्वतन्त्रतामा हस्तक्षेप नगरेको बताइएको छ ।
जहाँसम्म ‘जबरजस्ती श्रम’ को झूट छ, श्वेतपत्रमा विभिन्न चीनविरोधी शक्तिले सिन्च्याङमा कपास, गोलभेडा र सौर्य ऊर्जामा आधारित उत्पादनजस्ता औद्योगिक विकास रोक्न चाहेको र विश्वव्यापी औद्योगिक उत्पादन सहकार्यलाई चीनको सहभागिता रोक्न खोजेको बताइएको छ ।
उनीहरूका यस्ता आरोपले सिन्च्याङका स्थानीय जनतालाई काम गर्ने अधिकार र गरिबी तथा पछौटेपनाबाट मुक्त भई विकास र अवसरको बाटोमा जान रोक लगाएको बरू सो क्षेत्रमा थप समस्या निम्त्याउने प्रयास भइरहेको श्वेतपत्रमा उल्लेख छ ।
व्यवसायिक शिक्षालय र तालिम केन्द्रबाट प्रशिक्षण प्राप्त मजदुरहरूसहित सिन्च्याङका सबै आदिवासी समूहका मजदुरहरू आफ्नो क्षमता र शिल्पअनुसार कामको छनोट गर्छन् र त्यसमा कसैले कुनै दबाब सामना गर्न नपर्ने दस्तावेजमा उल्लेख छ ।
आवासीय विद्यालयको सन्दर्भमा श्वेतपत्रमा अनिवार्य शिक्षामा सबैको पहुँच र सन्तुलित शिक्षाको प्रवद्र्धनको निम्ति त्यस्ता विद्यालयको स्थापना भएको उल्लेख छ ।
सिन्च्याङ प्रान्त १६ लाख ६४ हजार ९ सय वर्ग किलोमिटरमा फैलिएको हुनाले एउटा गाउँ र बस्ती अर्कोभन्दा निकै टाढा रहेको र कृषि क्षेत्र र चरन क्षेत्र पनि निकै छरिएका छन् । त्यसकारण केही विद्यार्थीहरूलाई दैनिक घरबाटै विद्यालय पुग्न सम्भव छैन । त्यस्ता विद्यार्थीको निम्ति आवासीय विद्यालयहरू स्थापना गरिएको श्वेतपत्रमा बताइएको छ ।
चीनको अनिवार्य शिक्षाको मानक अभ्यासअनुसार नै ती आवासीय विद्यालय स्थापना भएको र आवासीय विद्यालयमा पढ्ने वा नपढ्ने कुरा निर्णय गर्न विद्यार्थी र अभिभावक स्वतन्त्र भएको श्वेतपत्रमा भनिएको छ ।
Leave a Reply