भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
चितवन, १६ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चितवन जिल्ला समितिको संयुक्त आयोजनामा देशघाती एमसीसी सम्झौताको विरोध जुलुस र सभा सम्पन्न भयो ।
विरोध जुलुस राप्ती नगरपालिका– ५ स्थित शिखरपुरबाट सुरु भएर भन्डारा चोकमा पुगी सभामा परिणत भएको थियो । सो सभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले शासक दलका नेताहरूले व्यक्तिगत स्वार्थकै निम्ति राजनीतिलाई दुरूपयोग गरिरहेको बताउनुभयो । देशलाई खोक्रो बनाउने पुँजीपति शोषकहरूसँग एकदिन जनताले हिसाबकिताब गरेरै छाड्ने विचार व्यक्त गर्दै उहाँले देशघाती एमसीसी सम्झौताको सर्वत्र विरोध हुँदाहुँदै संसद्बाट पारित गराउन जोड दिनुको अर्थ शासक पार्टीहरूको सक्कली अनुहार उदाङ्गिएको उहाँले प्रस्ट पार्नुभयो ।
भन्डारा बजारको विरोध सभामा नेक्रायुवासङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङले नेपाल मजदुर किसान पार्टीले कामदार जनतालाई राजनैतिक र सैद्धान्तिकरूपमा सचेत बनाउनुका साथै देशको सार्वभौमिकता बचाउन पार्टी सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्दै आएको प्रस्ट पार्नुभयो ।
शिखरपुर चोकको सभामा नेक्रायुवासङ्घका सचिव पदम मगरले भ्रष्टाचार र कमिसनमा लिप्त शासक दलहरूले एमसीसी सम्झौतामार्फत देशलाई नै बन्धक बनाउन खोजिरहेको उल्लेख गर्दै दलालीहरूविरुद्ध जनता सङ्घर्षमा उत्रनुपर्ने बेला आएको बताउनुभयो ।
नेक्राविसङ्घ चितवनका अध्यक्ष अर्जुन चेपाङले देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म युवा विद्यार्थीको आन्दोलन जारी रहने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी कृष्ण तामाङले देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्नुभयो ।
..हो चि मिन्ह..ज्याकोब अर्वेन्ज…मोस्सादेग…नास्सेर
Leave a Reply