भर्खरै :

सांसद सुवाल, प्रजिअ र एसपी मालपोत र नापी कार्यालयमा

भक्तपुर १७, असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालसमेतको टोलीले मालपोत कार्यालय भक्तपुर र नापी कार्यालय भक्तपुरको स्थलगत अध्ययन ग¥यो ।
सांसद सुवालले पुख्र्योली वा स्ववासी घरजग्गा बिक्री गर्दा, संयुक्त दर्तावालाबीच एकआपसमा दर्ता फारी घरजग्गा छुट्याउँदा, जध र मोहीबीच जग्गा बाँडफाँड गरी मोहीको नाममा दर्ता हक कायम हुन आएको जग्गा बिक्री गर्दा, मोहियानी हक छोडपत्र गर्दा र अड्डा अदालतको फैसला वा मिलापत्रबमोजिम पुख्र्योली घरजग्गा दा.खा. गर्दा पुँजीगत लाभकर लिन नहुने जनताको गुनासोबारे मालपोत कार्यालय र नापी कार्यालयका अधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो ।
निजी प्लटिङ्गको नाउँमा भूमाफियाहरूले सार्वजनिक जग्गा, पोखरी, वन, पर्तीजग्गा, खोला किनाराको जग्गा अतिक्रमण गरेको तर्फ अधिकारीहरूलाई सचेत गराउँर्दै सांसद सुवालले स्थानीय तहले आवश्यकतानुसार आवास योजना विकास गर्नु सबैको हितमा हुने सुझाव दिनुभयो । मालपोत कार्यालयमा सेवाग्राहीहरूको भिडभाडलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले कार्यालयले जग्गा बहालमा लिएर सवारी पार्किङ्गको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संशोधित ऐनअनुसार मोही नामसारी गर्न जग्गाधनीको मन्जुरी आवश्यक नहुने भए पनि अधिकारीहरूले आवश्यक छ भनी दुःख दिइरहेको जनगुनासोतर्फ अधिकारीहरूलाई सचेत गराउँर्दै सांसद सुवालले नापी नक्साअनुसार जग्गाको क्षेत्रफल बढाउने नबढाउनेमा पनि भ्रष्टाचार भइरहेको जनगुनासो उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले मालपोत र नापीको सेवा प्रवाह व्यवस्थित गर्न आगामी दिनमा थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ट्राफिक कार्यालयमार्फत सवारी पार्किङ्ग व्यवस्थित गर्न सहयोग हुने बताउनुभयो ।
नापी कार्यालय भक्तपुरका मग्नु दत्तले स्थानीय तहले निजी प्लटिङ्गलाई सिफारिस दिने र प्राधिकरणले सार्वजनिक जग्गा पर्ती, खोला, खोल्सासमेत सार्ने अनुमति दिँदा जनताको विरोध भएको जानकारी गराउनुभयो ।
मालपोत कार्यालयका प्रवक्ता महेश अधिकारीले बजेट अभाव हुँदा कार्यालयबाट उपलब्ध मोबाइलसमेत मर्मत गर्न नपाएको जानकारी गराउनुभयो ।
मालपोत प्रमुख देवीबहादुर भण्डारीको शुक्रबार नै सरुवा भएको हुँदा उहाँले केही बोल्नुभएन भने सुनसरी धरानका मालपोत प्रमुख भक्तपुरमा सरुवा भई आउने जानकारी दिनुभयो ।
उक्त स्थलगत अध्ययनमा नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोजू र नेक्रायुसङ्घका मिनबहादुर बाटाको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *