भर्खरै :

‘स्मार्टसिटीको नाममा मेक्सिको सिटी बनाउने चाल’

भक्तपुर नगरपालिकाद्वारा २०५६ सालमा स्थापित ख्वप माविमा उच्च शिक्षा अध्ययनको लागि भर्ना भएका १९ औं व्याच (समूह) का विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार विद्यालय प्रांगणमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षाशास्त्र, विज्ञान, व्यवस्थापन र मानविकी सड्ढायको महत्वबारे मार्ग निर्देशनका साथै विद्यार्थीहरुको स्वागतमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय गीत तथा लोकगीतमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले जुनसुकै विषय अध्ययन गरे पनि देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने प्रमुख लक्ष्य लिन विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।

 ‘विदेशीको निर्देशनमा स्मार्ट सिटीको अवधारणा ल्याइएको हो, स्मार्ट सिटीको नाममा हरियाली सबै नष्ट गरेर काठमाडांैलाई अन्ततः मेक्सिको सिटी बनाउने दुष्प्रयास गर्दैछ । मेक्सिको सिटी सबभन्दा बढ्ता हत्या, हिंसा र लागूपदार्थ कारोवार गर्ने सहर हो ।’

देशमा राजनीतिशास्त्र विषय अध्ययन गरेका राजनीतिज्ञहरुको अभाव रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘राजनीति भनेको फाइदा बेफाइदा एवं छिटो कमाउने उद्देश्यले गर्ने होइन । हरेक बेथितिको नियन्त्रण राजनीतिले गर्दछ ।’
सरकारमा गएका मन्त्रीहरुमा मन्त्रालय सञ्चालन गर्ने ‘भिजन’ को अभाव रहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले भिजन नभएका व्यक्तिहरुलाई मन्त्री बनाउनुमा राजनीतिक पार्टीहरु दोषी रहेको बताउनुभयो ।
विद्यार्थीहरुको विचारमा प्रखरता र स्तरमा वृद्धि ल्याउन शिक्षकहरुले मेहनत गर्नुपर्ने आवश्यकता औंल्याउदै उहाँले भन्नुभयो, ‘देश जनतालाई अप्ठ्यारो पर्दा उपयुक्त माध्यमद्वारा विरोध गर्ने संस्कार विद्यार्थीलाई सिकाउनुपर्छ, हाम्रो प्रस्तुतिले खराब शिक्षा होइन विद्यार्थीले सदाचार सिक्नुपछ ।’
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘विदेशीको निर्देशनमा स्मार्ट सिटीको अवधारणा ल्याइएको हो, स्मार्ट सिटीको नाममा हरियाली सबै नष्ट गरेर काठमाडांैलाई अन्ततः मेक्सिको सिटी बनाउने दुष्प्रयास गर्दैछ । मेक्सिको सिटी सबभन्दा बढ्ता हत्या, हिंसा र लागूपदार्थ कारोवार गर्ने सहर हो ।’

सरकारको अकर्मण्यताको कारण ७० लाख नेपाली युवाहरु विदेशी पूँजीको लागि आफ्नो रगत–पसिना बगाउन बाध्य रहेको बताउँदै उहाँले समाजवादी व्यवस्थाले मात्र कामगरी खाने जनताको जीवनस्तर उकास्न सकिनेछ भन्नुभयो ।
कार्यक्रमका सभापति, विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जनतालाई कम शुल्क गुणस्तरीय उच्च शिक्षा दिने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुरका जनताले तिरेको करबाट सञ्चालित शैक्षिक संस्थाहरुले देशरभरका विद्यार्थीले अध्ययन गर्ने अवसर पाएको छ । शैक्षिक प्रगतिको निम्ति स्थापनाकालदेखि जनप्रतिनिधि र शिक्षासेवीहरुले निःस्वार्थपूर्वक सेवा गरिरहेको छ ।’
विद्यार्थीहरुले अनुशासित भई अध्ययन गर्नुपर्छ । विद्यालयको शैक्षिक वातावरणविपरीत अनुशासनहीन काम गरेमा जनप्रतिनिधिलाई अवहेलना गरेको ठहर्नेछ, मेयर प्रजापतिले भन्नुभयो ।
विदेशीको दबाबमा शिक्षालाई निजीकरण गर्ने दुष्प्रयास गरिरहेको चर्चा गर्दै उहा“ले भन्नुभयो, ‘सरकार शिक्षा केही व्यक्तिको हातमा सुम्पने अपराध गर्दैछ । हरेक काममा विदेशीको निर्भर रहने गलत प्रवृत्ति हावी गराउ“दैछ । अतः शिक्षकहरुले विद्यार्थीहरुलाई स्वाभीमानी हुन सिकाउनुपर्छ ।’
भक्तपुरलाई सफा–स्वस्थ, पर्यकटकीय गन्तव्यस्थ र ज्ञान विज्ञानको केन्द्र बनाउने कार्यमा हार्मी प्रतिबद्ध भई लागिरहेका छौं, प्रमुख प्रजापतिले भन्नुभयो ।
भनपाका उपमेयर एवं विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष आर्किटेक्ट रजनी जोशीले २१ औं शताब्दीका समस्याहरु समाधान गर्न सक्ने दक्ष जनशक्ति तयार गर्न भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरु सक्षम हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा शैक्षिक संस्थानहरुबाट उत्तीर्ण विद्यार्थीहरु जनताको जीवन स्तर उकास्नमा सहयोग गर्नेछ ।’
शिक्षाशास्त्र सड्ढायका पूर्व डिन प्राध्यापक पृथुचरण वैद्यले शिक्षाशास्त्र विषय पेशागत शिक्षा भएको बताउ“दै देश विकासको लागि दक्ष शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले भनपाले सस्तो सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन जनस्वास्य सेवा सञ्चालन गरिरहेको चर्चा गर्दै ख्वप अस्पताल सञ्चालन गर्ने लक्ष्य सहित ख्वप बहुप्राविधिक सेवा अध्ययन संस्थान अगाडि बढिरहेको बताउनुभयो ।

ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरुको मेहनत र शिक्षकहरुको लगनले ख्वप उच्च अहिलको स्थितिमा आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुले पढाइको निम्ति अन्य मोहहरु त्याग्नुपर्छ । आफूलाई चिनाउने भनेको नै बौद्धिक क्षमता हो । ख्वप उच्च माविले अनुशासित शैक्षिक वातावरण कायम राख्न विशेष ध्यान दिनेछ । विद्यालयले ‘संस्थागत आमा’ र शिक्षकहरुले ‘पेशागत आमा’को जिम्मेवारी निर्वाह गर्नेछ ।’
ख्वप कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थापन विषय र ख्वप इञ्जिनियरिड्ड कलेजका प्राचार्य इ. सुजन माकले इञ्जिनियरिङ विषयको महत्वबारे बोल्नुभएको कार्यक्रममा शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *