भर्खरै :

अमेरिकी कर्तुतको २१० वर्ष

संयुक्त राज्य अमेरिकाले आफूलाई मानवाधिकारवादी, प्रजातन्त्रवादीको रूपमा प्रस्तुत गर्ने गरेको छ । तर, व्यवहारमा त्यसले विश्वका सबै महादेशका थुप्रै देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ, युद्ध लादेको छ, आक्रमण गरेको छ । सारमा अन्य देशका जनताको मानवाधिकार र प्रजातन्त्रविरुद्ध कार्य गरेको छ । विगत २१० वर्ष संरा अमेरिकाको कर्तुतहरूको एउटा टिपोट
सन् १७००
१७८५–१७९५ मा अल्जेरियाविरुद्ध युद्ध
१७९८–१८०० मा फ्रान्सविरुद्ध समुद्री युद्ध
सन् १८००
१८०१–१८०५ मा त्रिपोलीविरुद्ध युद्ध
१८०१–१८०३ मा मोरोक्कोविरुद्ध युद्ध
१८०३–१८०६ मा स्पेनविरुद्ध सेबाइन नदीमा फौजी कारबाही (Operation)
१८१२–१८२५ मा क्यानाडा र फ्लोरिडा कब्जा (Seize) गर्ने घोषणाका साथ बेलायतविरुद्ध युद्ध
१८१२–१८१४ मा स्पेनको पश्चिमी फ्लोरिडा कब्जा
१८१३ मा माक्र्वेसस टापुका नुकु हिभा टापुमा फौज तैनाथ (Landings) र फौजी कारबाही
१८१६–१८१८ अल्जेरियाविरुद्ध युद्ध
१८१९–१८२९ मा र १८१९–१८२५ मा येलोस्टोनमाथि धावा (Expedition) तथा क्युवा,प्युर्टोरिको, सान्टो डोमिन्डो र मेक्सिकोको हमला  (Invasion)
१८२६ मा नौसेनाद्वारा हवाई द्वीपमाथि हस्तक्षेप
१८२७ मा मिकोनोस र एन्ड्रोस नामक ग्रीक टापुहरूमाथि सशस्त्र धावा
१८३१–१८३२ मा फोकल्यान्ड टापुमाथि सशस्त्र धावा
१८३२ मा सुमात्राको क्वाला बमटेरमाथि सशस्त्र धावा
१८३३ मा ब्युनस आयर्समा फौज तैनाथ
१८३५ मा समोआविरुद्ध सशस्त्र धावा
१८४८ मा सुमात्राविरुद्ध सशस्त्र धावा
१८४० मा फीजी टापुविरुद्ध सशस्त्र धावा
१८४१ मा गिल्बर्ट आर्किपेलागोमा ड्रम्मन्ड टापुमा फौजी धावा
१८४३ मा लाइबेरियाविरुद्ध धावा
१८४७–१८४८ मा मेकोविरुद्ध युद्ध, यस युद्धमा मेक्सिकोले राम्रो जग्गाको विशाल क्षेत्र गुमायो
१८४७ मा हाइटीको सामाना खाडी दख्खल (occupation)
१८४२–१८५३ मा व्युनर्स आयर्समा फौज तैनाथ
१८५३–१८५४ मा निकारागुआमा फौज तैनाथ र बदलाको कारबाही
१८५४–१८५६ मा चीनको सांघाई, क्यान्टन र अन्य बन्दरगाहहरूमा फौजी धावा
१८५५ मा फिजी टापुमा फौजी धावा
१८५५–१८५८ मा उरुग्वेको मोन्टे भिडियोमा फौज तैनाथ
१८५६ पनामा (न्यू गे्रनाडा) मा फौज तैनाथ
१८५७ मा निकारागुआमा फौज तैनाथ र दख्खल
१८५८ मा उइहा टापुमा फौजी धावा
१८५८–१८५९ मा पारागुएमा नौ सेना (naval) को धावा
१८५९ मा शांघाईमा फौज तैनाथ
१८५९ मा जुआन डे फुका स्ट्रेट (जल संयोजक) को सान जुआन टापुमाथि हमला
१८५९ मा मेक्सिकोमाथि हमला
१८६० मा पोर्तुगाली पश्चिम अफ्रिकाको किसेम्बोमा फौज तैनाथ
१८६० मा कोलम्बियाको पनामामा फौज तैनाथ
१८६३–१८६४ मा जापानको शिमोनोसेकिका निवासीहरूविरुद्ध फौजी कारबाही
१८६५ मा कोलम्बियाको पनामामा फौज तैनाथ
१८६६ मा चीनको निउचुआङ्ग र अन्य सहरहरूमा फौज तैनाथ र फौजी कारबाही
१८६६ मा मेक्सिकोमाथि हमला
१८६७ मा फर्मोसा (ताइवान) माथि विश्वंसात्मक
(devastating) धावा
१८६७–१८७२ मा कोरियामा फौजी धावा, तैनाथ र कारबाही
१८६८ मा उरुग्वको मोन्टेभिडियोमा फौज तैनाथ
१८६८ मा जापानको थुप्रै बन्दरगाहहरूमा फौज तैनाथ र कारबाही
१८६८ मा कोलम्बियामाथि हमला
१८७०–१८७३ मा मेक्सिकोमा फौज तैनाथ
१८७० मा कोलम्बियाको पनामामा फौज तैनाथ
१८७४ मा मेक्सिकोमा फौज तैनाथ
१८८२ मा मिश्रमा फौज तैनाथ
१८८५ मा पनामामाथि हमला
१८८८ मा कोरियाको सियोलमा फौज
१८९० मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा फौज तैनाथ
१८९१ मा चिलीमा सशस्त्र हस्तक्षेप
१८९३ मा होनोलुलुमा फौज तैनाथ र हवाई टापु अस्थायीरूपमा गाभेको
१८९४ मा ब्राजिलको फौजलाई रियो दे जनेरोमा हरायो
१८९४ मा निकारागुआमा फौज तैनाथ
१८९४–१९८६ मा कोरिया र चीनमा फौज तैनाथ
१८९५ मा कोलम्बियामा फौज तैनाथ
१८९६ मा निकारागुआमा नयाँ फौज तैनाथ
१८९८ मा हवाई टापुको अन्तिम दख्खल
१८९८–१८९९ मा स्पेनसँग युद्ध र क्युवा, फिलिपिन्स, गुआम र प्युर्टोरिको दख्खल
१८९९ मा निकारागुआमा फौज तैनाथ
१८९९ मा फिजी टापुमा फौजी धावा
१८९९ मा समोआमा विध्वंसात्मक फौजी कारबाही र तुतुइला द्वीपको अन्तिम दख्खल
१८९९–१९०२ मा फिलिपिन्सविरुद्ध
१९००–१९०१ मा चीनको बक्सर विद्रोह दमन गर्न सशस्त्र धावा
१९००–१९०२ मा पनामा र कोलम्बियामा फौज तैनाथ
१९०२–१९१२ मा फिलिपिन्सको समर र लेयट द्वीपका मुस्लिमहरूविरुद्ध फौजी कारबाही
१९०३ मा पनामा नहरको स्थायी दख्खल
१९०३–१९०४ मा सान्टो डोमिन्गोमा फौज तैनाथ र सैन्य कारबाही
१९०४ मा पनामा फौज तैनाथ
१९०४ मा कोरियाको सियोलमा फौज तैनाथ
१९०६–१९०९ मा क्युवा कब्जा
१९०७ मा निकारागुआमा सैन्य हस्तक्षेप
१९०७ मा होन्डुरसमा फौज तैनाथ
१९०८ मा पनामामा सैन्य हस्तक्षेप
१९१० मा निकारागुआमा फौज तैनाथ
१९१० मा होन्डुरसमा सैन्य हस्तक्षेप
१९११ मा होन्डुरसमा नयाँ सैन्य हस्तक्षेप
१९११–१९१२ चीनमा फौज तैनाथ र पेचिङ्गविरुद्ध नौ सैनिक धावा
१९१२ मा पनामामा सैन्य हस्तक्षेप
१९१२ मा क्युवामा फौज तैनाथ
१९१२ मा तुर्कीमा फौज तैनाथ
१९१२–१९२५ मा निकारागुआमा सैन्य हस्तक्षेपमा तिव्रता
१९१३ मा मेक्सिकोमा फौज तैनाथ
१९१४ मा हाइटीमा फौज तैनाथ
१९१४ मा मेक्सिकोमा फौजी धावा र भेरा क्रुज कब्जा
१९१४ मा सान्टो डोमिन्गोमा सैन्य हस्तक्षेप
१९१५–१९३४ मा हाइटीमा दख्खल
१९१५–१९१६ मा मेक्सिको विरुद्ध बदलाको कारबाही
१९१६–१९२५ मा सान्टो डोमिन्गोको सैन्य दख्खल
१९१७–१९३२ मा क्युवाको सैन्य कब्जा
१९१७–१९१८ मा प्रथम विश्वयुद्धमा संलग्नता
१९१८–१९२० मा रुसविरुद्ध युद्ध
१९१९ मा होन्डुरसमा फौज तैनाथ
१९२० मा ग्वाटेमालामा सैन्य हस्तक्षेप
१९२१ मा पनामा र कोस्टारिकामा सैन्य हस्तक्षेप
१९२२–१९४१ मा चीनमा फौज तैनाथ र दख्खल गर्ने हिसाबले सैन्य कारबाही
१९२४–१९२५ मा होन्डुरसमा फौज तैनाथ र बमबारी
१९२५ मा पनामामा फौज तैनाथ
१९२६–१९३३ मा निकारागुआमाको सैन्य दख्खल
१९३१ मा होन्डुरसमा फौज तैनाथ
१९३३ मा क्युवामा फौज तैनाथ नगरी समुद्री तटको गस्ती
१९३७ मा चीनको याङजी नदीमा पानय सैन्य कारबाही
१९३८ मा चीनको क्यान्टन र प्रशान्त महासागरको एडेनबरी टापस दख्खल
१९४१ मा ग्रीनलायन्डको बन्दरगाह दख्खल
१९४१ मा आइसलायन्ड दख्खल
१९५०–१९५३ मा कोरियाली जनताविरुद्ध युद्ध
१९५३ मा इरानका मोसादेग सरकारलाई सी.आई.ए.को सहयोगमा सत्ताच्युत
१९५४ मा ग्वाटेमालामा सी.आई.ए.का भाडाका सिपाहीद्वारा सशस्त्र हस्तक्षेप
१९५८ मा मध्यपूर्व सङ्कट उस्काउनु
१९५८ मा क्युमोय् र मा–त्सुछीप नजिक सैन्य शक्ति प्रदर्शन
१९६० मा सोभियत सीमाभित्र ‘यू–२’ नामक जासुसी विमान उडान
१९६० मा कंगोमा सं.रा. सङ्घीय कारबाही उक्साउनु र लुमुम्बाको हत्या
१९६१ मा क्युवा (-Bay of pigs_) माथि हमला
१९६१ मा बर्लिन सङ्कट उक्साउनु
१९६४ मा टन्किन खाडीमा सशस्त्र उत्तेजना
१९६४–१९७२ मा भियतनाममा युद्ध
१९६५ डोमिनिकन गणतन्त्रमा हस्तक्षेप
१९६६ मा घानाको राष्ट्रपति क्वामे एन्क्रुमाविरुद्ध सी.आइ.ए. षड्यन्त्र र सरकार अपदस्थ
१९७० मा लाओस र कम्बोडियामा सैन्य हस्तक्षेप
१९७३ मा चिलीमा सत्ता पल्टाउने षड्यन्त्र निम्ति सेना–फासिस्टको गठबन्धन र राष्ट्रपति साल्भाडोर एलेन्डेको हत्या
१९७४–१९७५ मा पोर्तुगलमा ध्वंसात्मक गतिविधि
१९७५ मा केन्याका प्रगतिशील नेता मवांगी कारिउकिको हत्या
१९७५ मा सी.आई.ए. को षड्यन्त्रद्वारा अस्टे«लियाको ह्विटलमद्वलेबोर सरकार अपदस्थ
१९७७ मा जन गणतन्त्र कङ्गोका राष्ट्रपति मारि ङागौबिको हत्या
१९७९–१९८१ मा इरानविरुद्ध ध्वंसात्मक गतिविधि
१९८०–१९८४ मा पोलायन्डविरुद्ध ध्वंसात्मक गतिविधि
१९८०–१९८४ मा अफगानिस्तानमा विद्रोहीलाई तालिम र सहयोग
१९८१–१९६० देखि क्युवाको राष्ट्रपति फिडेल क्यास्त्रोको पटक पटक हत्या प्रयास
१९८१ मा लिबिया क्रान्तिका नेता महम्मद अल गद्दाफिको हत्या प्रयास
१९८१ मा पनामा सरकारमा प्रमुख ओमर टोरिजोको हत्या
१९८१ मा भारतका प्रम इन्दिरा गान्धीविरुद्ध षड्यन्त्र
१९८१ मा जाम्बियाका राष्ट्रपति केनेथ काउन्डाको हत्या प्रयास
१९८१–१९८३ मा एल साल्भाडोरको आन्तरिक मामिलामा सैन्य हस्तक्षेप
१९८१–१९८३ मा निकारागुआविरुद्ध उत्तेजनात्मक कारबाही
१९८२ मा सिद्रा खाडीमा लिबियाविरुद्ध उत्तेजनात्मक कारबाही
१९८३ मा ग्रेनाडामा सशस्त्र हस्तक्षेप र प्रधानमन्त्री विशपको हत्या ।
यसबाहेक अफ्रिकामा सहारा,हर्न चाड, नामिवियामा सशस्त्र सङ्घर्षलाई उक्साउनु, ल्याटिन ओरिकामा पेरु र चिलीबीच शत्रुता बढाउन र बेलायत अर्जेन्टिना (फकलायन्ड) युद्ध उक्साउनु (दुबै पक्षलाई), तेश्रो देशमार्फत हतियार बेच्नु, एसियामा सैन्य अखडा खडा गर्नु तथा भारत–पाकिस्तानबीचको तनाब शिथिल हुन नदिनु, मध्यपूर्वमा यहुदीवादी इजरायलको आक्रमणलाई समर्थन गर्नु र अरब देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु, लेबनान कब्जा गर्ने प्रयास गर्नु, साइप्रस समस्यालाई चकाई पूर्वी भू–मध्य सागरमा तनाब बढाउनु, इराकमाथि हमला प्रजग कोरियाविरुद्ध सैनिक अभ्यास र धम्की, पनामाका राष्ट्रपतिलाई पक्रनु, हाइटी, सोमालियामा सैनिक हस्तक्षेप,……. आदि पनि यसै सूचीभित्र पर्दछ ।
श्रोतः (On the Edge of and Abyss, By Alexander Yakovlev)
लर्काे बुलेटिन ४, कार्तिक २०५८

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *