भर्खरै :

अर्मत्य सेनको वृत्तचित्रमा रोक, असहिष्णु बन्दै भारतीय लोकतन्त्र

विश्वविख्यात भारतीय अर्थशास्त्री अमत्र्य सेनको अन्तर्वार्तामा आधारित वृत्तचित्रलाई भारतको चलचित्र बोर्डले प्रसारण अनुमति दिन अस्वीकार गरेको छ । सुमन घोषद्वारा निर्मित वृत्तचित्र ‘द आर्गुमेन्टेटिभ इण्डियन’मा सेनले ‘गाई’,‘गुजरात’,‘भारतबारे हिन्दुवादी दृष्टिकोण’ र ‘हिन्दु भारत’ जस्ता शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै ती शब्द नहटाएसम्म बोर्डले प्रसारण अनुमति नदिने निर्णय गरेको द टेलिग्राफ पत्रिकाले जनाएको छ ।

‘सेन्सर बोर्डको सोचले भारतमा बढ्दो असहिष्णुतालाई उजागर गरेको छ ।’

तर निर्देशक घोषले ती शब्दहरु हटाउन मानेका छैनन् । टेलिग्राफलाई उनले भने,‘सेन्सर बोर्डको सोचले भारतमा बढ्दो असहिष्णुतालाई उजागर गरेको छ ।’
सेन्सर बोर्डको प्रतिक्रियाप्रति आश्चर्य व्यक्त गर्दै उनले वृत्तचित्रमा आफ्नो समयका सबभन्दा महान व्यक्तिका कुनै पनि भनाई वा शब्द हटाउने, नसुनिने बनाउने वा परिवर्तन नगर्ने दृढता व्यक्त गरे ।
वृत्तचित्रमा अर्थशास्त्री कौशिक बासुले नोबेल पुरस्कार विजेता सेनसँग कुराकानी गरेका छन् ।
घोषले सन् २००२ र २०१७ मा गरी दुई भागमा ‘द आर्गुमेन्टेटिभ इण्डियन’ शीर्षकको वृत्तचित्र निर्माण गरेका हुन् । सेनले सन् २००२ मा लेखेको ‘द आर्गुमेन्टेटिभ इण्डियन’ शीर्षकको लेखबाट वृत्तचित्रको नाम जुराइएको हो । घोषले सन् २०११ बाट बनाउन शुरु गरेको ‘अर्मत्य सेनः द लाइफ रिएजामिन्ड’ नामको वृत्तचित्रको श्रृंखलाको रुपमा वृत्तचित्र निर्माण गरेका हुन् । सो वृत्तचित्र अन्तर्राष्ट्रिय बुद्धिजीवी र प्राज्ञ अर्मत्य सेनको जीवनी र कृतित्वमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *