भर्खरै :

कतार संकटमा उँट पनि संकटमा

साउदी अरबलगायत अरब देशले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरे पछि मानिसमात्र होइन, त्यहाँका उँट पनि नराम्ररी प्रभावित भएका छन् ।
कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदपश्चात साउदी सरकारले कतारका किसानहरुलाई पनि आफ्नो देशबाट निकाला गरेपछि साउदीमा सयौं उँटले अनाहक रुपमा मृत्युवरण गर्नुपरेको छ ।
द इन्डिपेन्डेन्टले मंगलबार जनाएअनुसार साउदी अरब र कतारबीच दैनिक केही सय उँटलाई मात्र कतार पठाउने बन्दोबस्त गरे पछि अरु सयौं उँट ५० डिग्रीभन्दा माथिको तापक्रममा बस्नुपर्दा सयौंले ज्यान गुमाउनुपरेको हो । १२ हजारदेखि २५ हजारसम्म उँट यस्तो मानवसृजित संकटको शिकार बनेका हुन् ।
आफ्ना मालिकले कतार लाने दिने कुरेर बस्ने क्रममा उँटहरु भोक र प्यासका कारण मर्नुपरेको हो । केहीलाई त कुर्दा कुर्दै मरेका छन् । सबै उँटलाई एकै हुल बनाएर राख्दा कतारका किसानहरुलाई आफ्नो उँट चिन्न पनि गाह«ो भएको गुनासो गरेका छन् ।
साउदी अरब र अरु चार देशहरुले कतारसँग सम्बन्ध विच्छेद गरेलगत्तै साउदीमा बस्दै आएका किसानहरु तत्कालै आफ्नो देश फर्केका थिए । आफ्ना उँट फिर्ता गर्न दुई साता पछि मात्र साउदी अरबमा फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *