भर्खरै :

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ कदीर खानको निधन

इस्लामाबाद, १० अक्टोबर (एएफपी) । पाकिस्तानको ‘परमाणु बमका पिता’ को रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ । उहाँ ८५ वर्षको हुनुहुन्थ्यो ।
उहाँलाई कोभिड–१९ सङ्क्रमणपछि उपचारको लागि इस्लामावादस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।
पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो । यद्यपि पश्चिमा मुलुकहरूले उहाँलाई फरक आँखाले हेर्ने गरेको पाइन्छ ।
फोक्सोको समस्याले गर्दा इस्लामाबादको केआरएल अस्पतालमा सारिएपछि उहाँको मृत्यु भएको पाकिस्तानको राज्यद्वारा सञ्चालित राष्ट्रिय प्रसारक पीटीभीले पुष्टि गरेको छ ।
खानलाई अगस्तमा कोभिड–१९ सँगै त्यही अस्पतालमा भर्ना गरिएको थियो तर केही हप्ताअघि उहाँ घर फर्किन सक्ने बताएपछि घर लगिएको थियो । उहाँको स्वास्थ्यमा पुनः स्वासप्रस्वासम्बन्धी समस्या देखिएपछि सोही अस्पतालमा लगिएको थियो ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले एक ट्वीटमा भन्नुभएको छ, “डा. अब्दुल कादिर खानको निधनको खबरले आफू निकै दुःखी भएको बताउनुभएको छ । सन् १९८२ देखि नजिकबाट चिनेदेखि नै मैले उहाँप्रति व्यक्तिगतरूपमा तथा पाकिस्तानी राष्ट्रपतिको हैसियतले उच्च सम्मान गर्दै आएको थिएँ । उहाँले हामीलाई राष्ट्रको प्रतिरक्षा प्रणाली मजबुत पार्न आणविक प्रणालीको विकास गर्न मद्दत गर्नुभएको थियो । राष्ट्रले उहाँको सेवा कहिल्यै बिर्सनेछैन ।”
खानले परमाणु क्षेत्रमा राष्ट्रलाई आर्क–राइभल भारतसँग मिलाएर आफ्नो सुरक्षालाई ‘अजेय’ बनाएकोमा प्रशंसा गरिएको थियो । इरान, लिबिया र उत्तर कोरियासँग अवैधरूपमा आणविक प्रविधि बाँडेको आरोप लागेको कारण उहाँको योगदान र उचाइ छायाँमा परेको बताउने गरिएको छ ।
खानलाई सन् २००४ मा राजधानी इस्लामाबादमा तीन देशहरूमा प्रसार सञ्जाल चलाएको स्वीकार गरेपछि घरमा नै कडा नजरबन्दमा राखिएको थियो ।
सन् २००६ मा खानलाई प्रोस्टेट क्यान्सर भएको थियो । तर, शल्यक्रियापछि उहाँलाई उक्त समस्या निको भएको थियो ।
पाकिस्तानी अदालतले उहालाई नजरबन्दबाट रिहा गर्न आदेश दिएपछि फेब्रुअरी २००९ मा उहाँले खुला हिँड्डुलका लागि अनुमति पाउनुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *