भर्खरै :

११० वर्षअघिको क्रान्ति

परम्परागत चिनियाँ पात्रोअनुसार सन् १९११ सिनहाइ वर्ष हो । त्यही वर्षको अक्टोबर १० मा भएको सिनहाइ क्रान्तिबाट चीनमा छिङ राजवंशको पतन भएको थियो । हजारौँ वर्षसम्म चीनमा लगातार चलेको राजतन्त्रको अन्त्य पनि सोही समयमा भयो । सिनहाइ क्रान्ति भएको ११० औँ वार्षिकोत्सव स्मृति समारोहमा चिनियाँ सर्वोच्च नेता सी चिनफिङले यही वर्षको अक्टोबर ९ मा सम्बोधन गर्दै भन्नुभएको छ, “सिनहाइ क्रान्तिलाई चिनियाँ राष्ट्रको महान पुनरूत्थान यात्रामा कोसेढुङ्गा मानिँदै जानेछ ।”
सन् १९१७ देखि १९१९ सम्म चिनियाँ क्रान्तिकारी सन यात्सेनले चीनको निर्माणसम्बन्धी महान खाका तयार गर्नुभएको थियो । आज चीनको पठारभूमि छेङहाइमा रेलवे सेवा पुगेको छ । तीन घाँटी जल परियोजना सफलताका साथ सञ्चालनमा आएको छ भने बन्दरगाहहरूबाट विश्वका ५ महासागरसँग सम्पर्क जोडिएको छ । विभिन्न उद्योगधन्दाको विकास भएको छ । शनचौ अन्तरिक्षयान अन्तरिक्षमा उडिरहेको छ भने राष्ट्रिय रक्षा बलियो बन्दै गइरहेको छ ।
सिनहाइ क्रान्ति भएको ११० औँ वार्षिकोत्सव स्मृति समारोहमा सीले भन्नुभएको छ, “नेता सन यात्सेनको चिनियाँ राष्ट्रको पुनरूत्थान कल्पनालाई चिनियाँ जनताले पूरा गरेर व्यवहारमा उतारिरहेको छ ।”
सिनहाइ क्रान्ति चिनियाँहरू अघि बढ्ने दृढ शक्ति हुनुपर्छ जुन चिनियाँ कम्युनिस्ट पार्टी हो र चिनियाँ विशेषतायुक्त समाजवाद नै चिनियाँ राष्ट्रको पुनरूत्थान गर्ने एउटैमात्र सही बाटो हो । चिनियाँ राष्ट्रको पुनरूत्थानको कार्यान्वयनमा चिनियाँहरूको प्रयासमा भर पर्नुपर्छ । चिनियाँहरू तथा चिनियाँ राष्ट्र एउटै डुङ्गामा बसेर एकताबद्ध भएर अघि बढ्नुपर्छ । पुनरूत्थानका लागि सुरक्षित र एकताबद्ध स्वदेशी वातावरणको आवश्यकता पर्छ भने शान्तिपूर्ण र स्थिर अन्तर्राष्ट्रिय वातावरण पनि आवश्यक छ । राम्रो विश्वमा चीन राम्रो बन्दै जान्छ भन्ने बुझेर चीनले विश्वको शान्ति र विकासमा योगदान गरिरहेको छ ।– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *