नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
झन्डै झन्डै सिङ्गो मन्त्रिमण्डल बन्दैन कि भन्नेजस्तो भइसकेको थियो तर बन्यो । समयावधि ८८ दिन लम्ब्याएर भए पनि । त्यो मन्त्रिमण्डलमा नियुक्त भएका गैरसांसद गजेन्द्रबहादुर हमालले उद्योग, वाणिज्य र आपूर्तिमन्त्री पदको गत शुक्रबार साँझपख शपथ ग्रहण गरे । कार्यालय गए, पद बहाल गरे, सचिवलगायत कर्मचारीलाई निर्देशन दिए । तर, हमालको नियुक्तिविरूद्ध स्वयं नेपाली काङ्ग्रेसभित्र पनि ठूलो आवाज घन्कियो । यसको पृष्ठभूमि अरू चाखलाग्दो छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिमण्डलमा आफ्नो तर्फबाट पनि दुई जना मन्त्री चाहिने अड्डी लिए रे । गजेन्द्रबहादुर हमाल नातामा चोलेन्द्रका जेठान हुन् । स्वयं नेपाली काङ्ग्रेसभित्र नै पनि यो नियुक्तिको विरूद्ध चर्को विरोध भयो । आफ्नो मान्छे हमालको चरम विरोध भएपछि चोलेन्द्र उनको पक्षमा यसरी सार्वजनिक भए निज हमाल नेपाली काङ्ग्रेस पार्टीमा शेरबहादुर देउवासरहका नेता हुन् भन्न लाज मानेनन् । हुन त हमाल नेपाली काङ्ग्रेस नै रहेछन् तर कसको पक्षमा र कसको विपक्षमा भन्नेमात्र अन्तर रहेछ । तर, स्वाभिमानी भने रहेछन् । शेरबहादुरले विरोध थाम्न नसकिने भएपछि हमालसँग राजीनामा मागे मन्त्री पदबाट । हमालले पनि आइतबार नै मन्त्री पदबाट राजीनामा दिए, स्वीकृत पनि भयो । नेपालको राजनीतिक इतिहास यति थोरै ४० घण्टा मन्त्री हुने राजनेतामा सायद गजेन्द्रबहादुर हमाल नै पहिलो होलान् । अब प्रधानमन्त्री देउवालाई एकजना थप मन्त्री बनाउने बाटो खुल्यो । यो पङ्क्ति लेखुञ्जेल कुनै व्यक्तिको मन्त्री पदमा नियुक्ति भएको छैन ।
गम्भीर विमति नहोला
नातावाद र कृपावादको अन्ततोगत्वा परिणाम यही हुने हो । हमालको मन्त्री पदमा नियुक्तिको माओवादी एकीकृतका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतले प्रतिरक्षा गरेका थिए तर जनता भनेको जनता नै हो जनताको तीव्र विरोध थेग्ने शक्ति स्वयं पार्टी सभापति र प्रधानमन्त्री देउवामा रहेनन् । परिणामतः हमाल मन्त्री पदबाट बाहिरिए । नेताहरूको अभ्यासको एउटा सम्झना आयो । नेपालमा एउटा सरकारी संस्था छ अख्तियार दुरूपयोग अनुसन्धान आयोग नामको । त्यसको कमजोरी केलाउनेहरू भन्छन् यो संस्था शक्ति दुरूपयोग गर्नेहरूलाई तर्साउने एउटा संस्था हो । अघिल्लो एउटा कार्यकालमा सो संस्थाको प्रमुखमा लोकमानसिंह कार्की भन्ने एउटा व्यक्तिको नियुक्ति भयो । त्यो व्यक्तित्व विलक्षण स्वभावको थियो कथाको भष्मासुर जस्तो । ज–जसले उसलाई शक्तिशाली बनाए उनीहरूकै विरूद्ध उभियो । तब त्यो व्यक्तिलाई पन्छाउन कम्ताको हम्मेहम्मे परेन त्यति बेलाका राजनीतिक महारथीहरूलाई । यो नियुक्तिमा ठूलठूला भूमिका भएका व्यक्तिहरूउपर जब जाइलाग्न लाग्यो भन्ने परिपक्का भएपछि ऊ सत्ताको, शक्तिको कब्जामा प¥यो । त्यो व्यक्तित्व थियो लोकमानसिंह कार्की । पछि मुद्दा लाग्यो । यहाँ मैले उठाउन लागेको विषय बहुमुखी छ । एकपल्ट शक्तिमा आउँछ अनेक कर्म कुकर्म गरी । त्यसको भोगाधिकार समाप्त भएपछि उसको शक्तिमा खिया लाग्दोरहेछ । शक्तिमा खिया लागेपछि कसैको केही लाग्दोरहेनछ दृष्टान्त लोकमानसिंह कार्की ।
कतै बढी गिजोलियो कि ?
शुद्ध सेवामा केन्द्रित हुनुपर्ने राजनीति शुद्ध स्वार्थमा केन्द्रित भएपछि आउने उत्तर नै यही आजको अवस्था हो । तर, यो टालटुलले कति दिन लाज ढाक्छ त्यो भन्न सकिँदैन । केपी शर्मा ओलीको नेकपा एमालेले कति दिन नारा लगाउँछ सदनमा कोही व्यक्ति पनि भन्न सक्ने स्थितिमा छैन । राजनीतिक कच्याककुचुक एसियाको यो कोणमा मात्र छैन धेरैतिर छ । तर, राजनीतिक संस्कार एवं सामान्य शिष्टता भएको मुलुकमा यस्तो गञ्जागोल हुँदैन र यति सारो गिजोलिँदैन पनि । तर, हामीकहाँ हदभन्दा बढी गिजोलियो राजनीति । परिणाम मोही पा¥यो तर नौनी नलाग्ने भो । राजनीतिलाई जसले बढी गिजोल्यो उही नाफामा देखापर्न लाग्यो । राजनीतिमा नयाँ आउने पात्र पनि यही राजनीति गिजोलेको अभ्यास भएकाहरूमात्र आउने परम्परा बस्ने सम्भावना देखापर्दै छ । तसर्थ राजनीतिलाई नगिजोल्ने फाँटबाट, नयाँ पात्र आउनुप¥यो ता कि अबको केही वर्षपछि भए पनि हनुमन्ते खोलामा सङ्लो पानी बग्ने सपना देखौँ । अहिले त सपना पनि राम्रो देखिँदैन । मुलुक सप्रन राजनीति नै सप्रनुपर्छ । तर, हाम्रो नेपालमा राजनीति सप्रने कुनै सूक्ष्म सङ्केत देखापरेको छैन । यो सर्वाधिक दुःखको विषय हो । के के गर्ने भनी विद्यार्थीकालदेखि नै राजनीतिक सङ्घर्षमा उत्रेका कैयौँ पूर्व युवा आज कता हराए कता ? बाटो बिराएका कति क्रान्तिकारी आज विलखबन्दमा छन् । कसले गर्ने उद्धार ? के उद्धार पनि कति समय काम लाग्छ ? त्यो अर्को पक्ष भो ।
हुँदा र नहुँदा कस्ता सपना ?
देख्दामात्र सानो तर धेरैतिर जरा फैलिएको यो हमाल काण्ड एउटा बेथितिको ज्वलन्त दृष्टान्त हो । सर्वोच्च हुन नसकेको एउटा ज्यूँदो घटना भएको छ । स्वयं प्रधानन्यायाधीश भनेको एउटा अति सामान्य पद हो । तर, आफ्ना जेठान गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाउने चस्का कहाँबाट आयो, किन आयो त्यो ? त्यो अर्को विषय हो । हमाल नियुक्ति देउवा सरकारमा एउटा खग्रास सूर्यग्रहणको रूपमा आयो । ठूलो मान्छे हुन सानो छात्तीले हुँदैन तर हामीकहाँ सानो छात्ती भएका मान्छे ठूलो छात्ती हुनुपर्ने ठाउँमा परे । यसैको कुरूप प्रमाण हो हमाल काण्ड । तर, हमाललाई बहिनी ज्वाइँ चोलेन्द्रले बहालवाला नभए पनि भूतपूर्व मन्त्री बनाएरै छोडे । भूतपूर्वको पनि हाम्रो नेपाली समाजमा ठाउँ छ । हमालजीलाई बधाई र धन्यवाद भूतपूर्व ४० घण्टे मन्त्री हुनुभएकोमा । चोलेन्द्रशमशेरलाई पनि बधाई जेठानलाई भूतपूर्व मन्त्री गराएकोमा । हुन त यो के केको तातो भन्छन् नि नेपाली समाजमा । यही भो, तर यो त ? यद्यपि यही कारणले कति जनाको उचाइ घट्यो । यस्ता उचाइ घटबढ भइरहन्छ हाम्रो सार्वजनिक जीवनमा । अब को आउँछ हमालको राजीनामा दिएको रिक्त पदमा । त्यो एकजना काङ्ग्रेसका नेता मन्त्री हुने भए कसको जेठान पर्छन् वा कसको सालो पर्छन मालुम छैन । साँच्चै मन्त्री भएर सुतेका हमालले दुई रातकै के–कस्ता सपना देख्ने होलान् ? राजीनामा दिएपछि कस्तो ? यद्यपि, यो मुद्दा नितान्त निजी हो तैपनि कुरा उठाएको ?
Leave a Reply