भर्खरै :

राजा होस् वा जनता, सङ्गत राम्रो हुनुपर्छ

आफ्नो राजालाई बचाउन नसक्ने राजतन्त्रले देशलाई के यो भाँडभैलोबाट बचाउन सक्ला ?! राजाले देशको समस्या सुल्झाउन सकेको भए राजा र राजतन्त्रले किन आफ्नो गुन्टा कस्नु पथ्र्याे ?! फेरि केटाकेटी बेलाको लुगा पनि त आफैलाई ठीक हुन्न ।
अफगानिस्तानको राजालाई पुनः सत्तामा ल्याउन खोजिँदा राजा मानेनन् ।
बेलायती पुँजीवादी क्रान्तिमा चाल्र्स पहिलोले विदेशीसँग मिली देशलाई घात गर्न खोज्दा ज्यान सजाय पाए । क्रामवेलको मृत्युपछि तथा क्रान्तिको उज्यालो निस्तेज भएपछि सामन्त र पुँजीपति वर्ग मिली ‘दा¥हा र नङ्ग्रा नभएको बाघ’ जस्तो राजालाई पुनः स्थापना गरे । एउटा भनाइ छ – राजालाई आफ्नै मन्त्रीले गोली हानेमा राजाले कुनै गुनासो गर्ने ठाउँ रहन्न किनभने राजासँग संसद्को निर्णय मान्नुबाहेक अरू कुनै उपाय हुँदैन । त्यसैले त्यसलाई ‘समारोही वा थापनाको राजा’ भनियो ।
आफ्नी प्रेमिकासँग विवाह गर्न नपाएकोमा राजाले गद्दी छोडे । वर्तमान बेलायती महारानीको नाति दरबारको सहुलियत तथा परिवार त्यागेर अमेरिकी नागरिक हुन राजी भए ।
जापानकी राजकुमारीले साधारण युवा नागरिकसँग विवाह गर्ने निधो गरिन् । समयसँगै ‘बाँदरको पुच्छर हराउँदै गएजस्तै’ राजा र राजतन्त्रले आधुनिक राज्य र समाजको लागि योगदान पु¥याउन नसक्ने कुरा संसारका सबै देशहरूबाट राजतन्त्र हराउँदै गएबाट पनि प्रस्ट हुन्छ ।
सन् १९११ को पुँजीवादी क्रान्तिले चीनको राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना ग¥यो र सन यातसेन राष्ट्रपति भए । साम्राज्यवादीहरूले सन यातसेनलाई सैनिक विद्रोहबाट हटाएर एक युद्ध सरदारलाई सत्तामा पु¥याए । जापानी सैन्यवादीहरूले चिनियाँ राजतन्त्रका ‘अधिकारी’ पुईलाई मौकामा काम चलाउने उद्देश्यले थापनाको रूपमा राखे ।
फ्रान्सको राजा लुई १४ औँलाई राज्य क्रान्तिपछि ज्यान सजाय दिइयो । पछि, बेलायतमा सामन्त र पुँजीपति वर्ग मिलेर लुई फिलिपलाई गद्दीमा ल्याए । तर, देशको जटिल परिस्थिति देखेर उनी भागे । एक सैनिक नेता नेपोलियनलाई गद्दीमा राखियो तर उनी पनि दुई पटक लडाइँमा हारेपछि दक्षिण अमेरिकी सेन्ट हेलेन टापुमा बन्दी बनाइए । मरेको ३ महिनापछि मात्रै पेरिसले उनको मृत्युको समाचार पायो ।
सन् १९१७ को रूसको फेब्रुअरी क्रान्तिमा राजा जार मारिए । तर, अनेक उथलपुथल र गृहयुद्धहरूपछि पनि राजतन्त्रको पुनःस्थापना भएन ।
फ्रान्सेली र जापानी साम्राज्यवादसँग सङ्घर्ष गर्ने कम्बोडियाको राजतन्त्र र सिंहानोकविरुद्ध अमेरिकी साम्राज्यवादले षड्यन्त्र गरी गणतन्त्रको घोषणा ग¥यो । सिंहानोक, उनका महारानी र राजमातालाई समेत ज्यान सजायको घोषणा गरियो । तर, कम्बोडियाली राजा र जनता, भियतनामी जनता र लावसका राजकुमारहरू तथा लावसका जनता मिलेर अमेरिकी साम्राज्यवादलाई भियतनाम, कम्बोडिया र लावस (हिन्द–चीनी जनता) ले पराजित गरे । सिंहानोकले पुनः सत्ता प्राप्त गरे, भियतनाम मुक्त भयो र लावसमा राजाको ठाउँमा उनको कान्छो छोरो सुभानाभोङ राष्ट्रपति भए । इतिहासको शिक्षा हो – जनतासँगै मिलेर साम्राज्यवादी आक्रमणविरुद्ध सङ्घर्ष गर्ने राजा र राजकुमारहरू मात्रै पछिसम्म रहेका छन् ।
अमेरिकी साम्राज्यवादले आफ्नो स्वार्थको निम्ति राजा, राजकुमार र नेताहरूलाई कठपुतलीको रूपमा उपयोग गर्छ र तिनीहरूबाट काम नआएपछि दक्षिण कोरियाका राष्ट्रपति सिग्मन री र दक्षिण भियतनामका राष्ट्रपति थ्यु कीलाई अमेरिकी साम्राज्यवादी सेनाले नै हत्या गरेको थियो । एमसीसीमा हस्ताक्षर गर्ने नेपालका प्रधानमन्त्रीहरू, मन्त्री वा नेताहरू समेत साम्राज्यवादीहरूको कठपुतली बनेनन् भने सिग्मन री र थ्युकी जस्तै अमेरिकीहरूबाटै मारिनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *