नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
जोरालको ‘प्रतिपक्षी कलम’ ले नेपाली राजनीतिको एउटा कालखण्डको प्रवृत्ति तथा पात्रहरूको चित्र जनतासमक्ष राखेको छ । यो पुस्तक नेपालको राजनीतिक इतिहासको एउटा अध्याय पनि मान्न सकिन्छ । नेपालमा बहुदल पुनः स्थापनापश्चात्को सुरूआती चरणको तस्बिर यसमा पाइन्छ । बिहानीले दिनको छनक दिन्छ । आजको नेपाली समाज र नेपाली राजनीतिक डबलीमा देखापरेका सारा बेथिति, खराबी, दुर्गन्ध त्यतिखेर नै थालिएको प्रमाण यस पुस्तकले प्रस्तुत गर्दछ । जोरालले सुरूआती चरणमै राजनीतिक विकृति तथा विसङ्गतिविरूद्ध तीखो कलम चलाउनुभयो । शासक दलहरूको गैर–प्रजातान्त्रिक गतिविधि तथा सोचमाथि छ्यास्न थाल्नुभयो । यस पुस्तकले जोराललाई एक राजनीतिक शल्यचिकित्सकका रूपमा चिनाउनेछ भन्दा थोरैले मात्र विमति जनाउला !
यो पुस्तकको अर्को विशेषता भनेको स्पष्ट राजनीतिक दृष्टिकोण हो । नेपाली राजनीतिक विश्लेषकहरूको सबैभन्दा ठूलो कमजोरी भनेकै स्पष्ट राजनीतिक दृष्टिकोणको अभाव हो भनी बेलामौकामा चर्चा हुने गर्दछ । ढुलमुले चरित्र, अवसरवादी चिन्तन तथा लेखन र व्यवहारमा तादात्म्यताको अभाव गम्भीर चुनौती हुन् । यी समस्याबाट अति टाढा उभिएका एकजना लेखकको नाउँ नै जोराल हो । दृढता, अडान, धैर्य, साधना, गम्भीरताको अर्को नाउँ हो जोराल ! यो प्रशंसाभन्दा पनि पुस्तक पढिसकेपछिको छाप या अनुभूति हो । रित्तो भाँडो बढ्ता आवाज निकाल्छ, तर जोराल कहिल्यै कर्कश आवाज निकाल्नुहुन्न । उहाँको यो पृथक परिचय हो । धेरैजसोको गुण र क्षमता पक्ष सा¥है कमजोर तर नाउँ भने आँखा तिर्मिराउने खालको हुन्छ । तर नाउँभन्दा गुणको तेज महसुुस गराउने लेखक जोराल हुनुहुन्छ । ‘जोराल’ नाउँ र ‘लो प्रोफाइल’ अर्थात् ‘कम प्रकाशमा आउन रूचाउने’ बीच खासै दूरी नभएको धेरैले अनुभव गरेकै हुनुपर्छ । नाउँको भोकाहरूका निम्ति जोराल एउटा गतिलो झापड हो । उहाँ पनि नाउँकै भोका हुनुभएको भए पत्रकारिता जगतमा चार दशक त के चार दिन पनि टिक्न सम्भव हुनेथिएन ।
यी लेख–रचना जनप्रिय साप्ताहिक ‘श्रमिक’ मा प्रकाशित हुन् । दुई दशकअगाडि लेखिएका यी रचनाले आजसम्म सामयिकता नगुमाउनुनै मननीय पक्ष हो । यी रचना कति शक्तिशाली छन् भन्ने बोध त्यसैले गराउँछ । तथापि, यी रचनामा कला पक्षको सशक्तता खोज्नु, भाषिक लालित्य खोज्नु या सुन्दर बगँैचामा सन्ध्याकालीन शयरको अनुभूति खोज्नु युक्तिसङ्गत हुनेछैन । सङ्घर्ष, आन्दोलन तथा जुलुसको आवाजमा वाक्चातुर्य, फूलबुट्टे भाषा, उच्च बौद्धिकता या बौद्धिक विलाशिता खोज्नु या अपेक्षा गर्नु वाञ्छनीय हुँदैन । यद्यपि, जोरालका यी लेखमा विचारमा परिपक्वता, सिद्धान्तमा गहिराइ तथा तर्कमा आधार र दम पाइन्छ । भ्रम छर्ने कुत्सित अभिष्टको क्लेशसम्म पनि पाइँदैन । खुसामदको भाषा, वर्गशत्रुप्रति मोलाहिजा या विनम्रताको अभाव नै जोरालका लेखहरूको पृथक चिनारी हो ।
नेपाली पत्रकारिता जगत या स्रस्टा डबलीमा हिजोझैँ आजको पनि समस्या भनेको सत्ताको तावेदारी हो । शक्तिको पूजा–आराधना हो । विदेशी तथा स्वदेशी राजनीतिक शक्ति–पीठ वरपर घुम्ने दास मनोवृत्ति हो । जनतालाई भ¥याङ बनाउने कमजोर मानसिकता हो । लेखनलाई व्यापार सम्झने र शुभलाभमा सीमित राख्ने दरिद्रत्तम सोच हो । तसर्थ, यसको विपरीत धारमा जोराल उभिनुभयो र जन्म दिनुभयो ‘प्रतिपक्षी कलम’ । यो जनताको कलम हो, कामदार जनताको कलम ¤ जनविरोधी सत्तासामु सवाल तेस्र्याउने, फासीवादी सत्तालाई चुनौती दिने, सत्ता स्वार्थलाई तिलाञ्जली दिने, राजकीय मोहजालमा नफस्ने दृढ सङ्कल्पको परिणति नै ‘प्रतिपक्षी कलम’ हो । ‘प्रतिपक्षी कलम’ को मसी भनेको कुनै आयातीत मसी होइन बरू कामदार जनताको पसिना हो । मेहनती जनताको रगत हो । तसर्थ, सामन्त तथा दलाल पुँजीपतिहरूका निम्ति यो सह्य नहुनु आश्चर्य होइन । पुँजीपति वर्गको नियन्त्रणभित्रको बजारमा यो ‘बेस्ट सेलर’ पनि बन्ने छैन । तर, हामीलाई किञ्चित पनि पिर छैन । पटक्कै अफसोस छैन । तर, एउटा कुरा निश्चित छ, जनविरोधीहरूको जमातमा यो पुस्तक ‘थ्रिलर’ भने बन्नेछ । शत्रुको प्रशंसामा होइन विरोधमा जनपक्षीय स्रष्टाहरू सफलताको अनुभव गर्दछन् । यस पुस्तकमा तत्कालीन समय बोल्छ । परिवेश बोल्छ । यथार्थ बोल्छ । मजदुर–किसानको मर्म बोल्छ । आमूल परिवर्तनका पक्षधर जनताको भावना बोल्छ । समाजवादको उत्कट चाहना बोल्छ । समग्रमा हरेक हरफमा नेमकिपा बोल्छ । किनकि यो देशको एकमात्र प्रखर प्रतिपक्ष नेमकिपा हो । पुँजीवादी सरकारको न्यानो आलिङ्गनमा बेरिएर विश्वासघात तथा आत्महत्याको बाटो नहिँड्ने एउटैमात्र पार्टी नेमकिपा हो । कामदार जनताको स्वर्ग निर्माणको लामो तथा कष्टसाध्य बाटो त्यागेर पुँजीपति वर्गको सञ्चालक समितिमा हिस्सा खोज्न हिँड्ने अपराध आजसम्म नगर्ने पार्टी नेमकिपा नै हो । तसर्थ, ‘प्रतिपक्षी कलम’ केवल कलम नभई ‘प्रतिपक्षी झन्डा’ हो । नेमकिपाले लिएको जनमार्गलाई उजिल्याउने ‘ल्याम्प पोस्ट’ हो । कामदार जनताविरूद्ध पुँजीपति वर्गको हमलाको क्रममा तयार भएको यो रक्षाकवच हो ।
यस पुस्तकमा सङ्ग्रहित रचनाले दुईदलीय तानाशाही व्यवस्थाको प्रारम्भिक अभ्यास र त्यसविरूद्ध चलेको सङ्घर्षको सिलसिलाको विस्तृत चर्चा छ । पञ्चायतको अवसानपछि पञ्चायती भूत बिउँतिएको प्रसङ्ग पाइन्छ । पञ्चायती भूत एमाले र काङ्ग्रेसमा सवार भएको सप्रमाण वर्णन छ । एमालेको मण्डले प्रवृत्ति तथा ताण्डव पुस्तकभित्रका लेखका शीर्षकले प्रस्ट पार्छ – १) एमाले पार्टी हो कि अपराधीको ग्याङ ? २) एमालेका ‘फन्टुस’हरू ३) एमालेले अपराध पखाल्छ ? ४) एमालेको मण्डले चाला ५) एमालेको सीआईए शैली ६) एमालेको नीति ‘छोरा न छोरी’ ७) सत्ताबाट गलहत्याइएपछि एमाले बहुलायो ८) नेकपा (देश बेचुवा) को छलछाम सावधान ¤ आदि ।
एमालेको विगत तथा असली चरित्र चिन्न र चिनाउन यो पुस्तक अध्ययन अनिवार्य भन्नु अतियुक्ति नहोला ¤ एमालेको गैरकम्युनिस्ट चरित्र तथा नीति आज एकाएक देखिएको होइन भन्ने प्रमाण यो पुस्तक हो । एमालेजन, चैते एमाले, मण्डले एमाले सबैसबैले यो पुस्तक पढे ऐना हेरिराख्न नपर्ला कि ¤ एमालेले लिएको गलत लाइनविरूद्ध नेमकिपाले गरेको सैद्धान्तिक तथा वैचारिक सङ्घर्षका प्रसङ्गले पुस्तकलाई थप पठनीय तथा प्रासङ्गिक बनाएको पाठकहरूले अनुभूत गर्नेछन् । लेखक भन्नुहुन्छ, “नेमकिपाले एमालेको असैद्धान्तिक खुट्टा तान्ने, वैचारिक मुक्का हान्ने, सैद्धान्तिक लात हान्ने, राष्ट्रघातमा थुक्ने पनि गरेको छ । दुःखको कुरा नेमकिपाको आलोचना, विरोध, सुझाव र आग्रहको प्रयास सफल भएन । एमाले पुँजीवादको दलदलमा भासिंदै गयो , डुब्दै गयो र आज कम्युनिस्ट ट्रेडमार्क एमालेको टुपीमा मात्र बाँकी छ । नेमकिपा र का. रोहितले एमालेलाई जे ग¥यो नेका र दरबारले ठीक उल्टो ग¥यो ।” (पृष्ठ ३५६)
एमाले र काङ्ग्रेसले पालैपालो र दुवै मिलेर नेमकिपामाथि व्यापक दमन गरे । नेमकिपाको सङ्गठन तोडफोड गर्ने, कार्यकर्ता चोर्ने, सांसद चोर्ने, ‘गोयबल्स’ शैलीमा भ्रम फैलाउने आदि गरे । सत्ताको मातमा ती दुवैले नेमकिपालाई निमिट्यान्न पार्न खोजे । मनोवैज्ञानिक हमलादेखि भौतिक हमला श्रृङ्खलाबद्ध ढङ्गमा गरे । सद्दे दिमागले नलगाउने लाञ्छना, आरोप नेमकिपाको नेतृत्वमाथि लगाए । का. रोहितमाथि हिलोछ्याप्ने दुष्प्रयास गरे । कार्यकर्ताहरूलाई लोभ–लालच, डर–धम्की देखाएर विचलित पार्न खोजे । आत्मसमर्पण गराउन खोजे । विसं २०४५ मा निरङ्कुश पञ्चायती व्यवस्थाले राज्यस्तरबाट रचेको षड्यन्त्र या दमनको झल्को दिने खालका षड्यन्त्रपूर्ण गतिविधि एमाले–काङ्ग्रेसले पनि गरे । त्यसको प्रतिकार नेमकिपाका धेरैधेरै कार्यकर्ताले गरे । आ–आफ्नो किसिमले आ–आफ्नो ठाउँबाट सामना गरे । एमाले–काङ्ग्रेससँगको वैचारिक सङ्घर्षमा सिङ्गो नेमकिपा लाग्यो । त्यस क्रममा जोरालले कलम बोक्नुभयो । ती पुँजीवादी दललाई उदाङ्गो पार्नुभयो । ती पुँजीवादी दलले आगोसरि फैलाएका भ्रम, अराजनीतिक गालीगलौजको खण्डन गर्नुभयो । सङ्घर्षमा जुटिरहेका नेमकिपाका कार्यकर्तालाई ऊर्जा प्रदान गर्नुभयो । यस पुस्तकमा सङ्कलित हरेक रचनाले ती सङ्घर्षको पुनः स्मरण गराउँछ । पुँजीवादी दलहरूको हमलाबाट नेमकिपा स्पाट बनेको वास्तविकता यो पुस्तकले अघि सार्छ । चुनावताका नेमकिपाविरूद्ध अपवित्र गठबन्धन बनाई राजनीतिक गाईजात्रा प्रस्तुत गरेको घटनाले आज पनि धेरैलाई रूनु न हाँस्नुको स्थितिमा नपु¥याउला भन्न सकिन्न । आज सम्झँदा पनि धेरैले लाजले शिर निहुराउलान् ¤ नेमकिपालाई फोड्न खोज्नेहरू आज आफै फोडिए । त्यसमा हाम्रो के दोष ? अपवित्र गठबन्धन गर्नेहरू आजसम्मै घृणित गठबन्धनकै सिकार बन्दै छन् । त्यो दलदलबाट उन्मुक्ति पाएका छैनन् । रोपेकै फल्यो । त्यसमा हाम्रो के दोष ?
नेमकिपा राजनीतिक संस्कार, राजनीतिक नैतिकता तथा वैचारिक–सैद्धान्तिक सङ्घर्षमा सदा अडिग रहेको घामजत्तिकै छर्लङ्ग छ । नेमकिपाको नेतृत्वको बेदाग छवि नेपाली राजनीतिक आन्दोलनमा बेजोड रहेको कसैबाट लुकेको छैन । नेमकिपाको यो स्वच्छ परिचयलाई लेखक जोराल फराकिलो मनले उजिल्याउनु हुन्छ । पुँजीवादी पार्टीहरूलाई हाँक दिनुहुन्छ । नेमकिपाका एक बफादार सिपाही भई उहाँ मैदानमा प्रस्तुत हुनुभयो । त्यसैमा उहाँले गौरवको अनुभव गर्नुभयो । धेरैधेरै लेखक, पत्रकारबीच जोराल आस्थाको पत्रकारिताका एक बेग्लै दृष्टान्त हुनुहुन्छ भन्नु उचित होला । उहाँ बलेको आगो नताप्ने कोटीमा पर्नुभयो । आजको पुँजीवादी समाजमा धेरैका निम्ति उहाँ अनौठो पात्र हुनुहोला ! उही जोराललिखित ‘प्रतिपक्षी कलम’ नेपाली साहित्यका धेरैधेरै पुस्तकबीच राजनीतिक सङ्घर्षको एउटा महत्वपूर्ण दस्तावेजको रूपमा दर्ज हुनेछ । यो पुस्तक नेपाली राजनीतिको एउटा कालखण्डको दर्पणको रूपमा अध्ययन गरिनेमा कुनै शङ्का छैन । बहुदल पुनःस्थापनापश्चात्का शासक दल र तिनका नेताको घात–अन्तर्घात, बद्नियत–बदनामीको सूची हेर्न यो पुस्तक उपयागी हुनेछ ।
अगुवा पत्रकार लक्ष्मण जोशी अर्थात जोरालज्यूले क्रमशः अन्य पुस्तक प्रकाशन गरी धमिलोमात्र होइन दुर्गन्धितसमेत बन्दै गइरहेको नेपाली राजनीतिलाई सङलो बनाउन सत्प्रयास जारी हुनेछ भन्ने विश्वास गर्ने प्रशस्त आधार छन् । ‘प्रतिपक्षी कलम’ ले कहिल्यै पूर्णविराम नपाओस् ¤ जताबाट जसरी हेरे पनि जोराल अझै युवा नै हुनुहुन्छ भन्ने अनुभव पाठकहरूले गर्न पाऊन् । प्रबुद्ध पाठकहरू तथा शुभचिन्तकहरू ‘प्रतिपक्षी कलम’ मा थोरैमात्र पनि खिया लागेको देख्न त के सपनामा समेत चिताउन सक्दैनन् ।
पहिलो प्रहरमै ‘प्रतिपक्षी कलम’ जस्तो अमूल्य कृति बोकेर झुल्केको स्रष्टा समाज प्रतिपक्षी आन्दोलनकै सारथी बनोस् । स्रष्टा समाजलाई पनि सुस्वागतम् तथा शुभकामना !
(लक्ष्मणराज जोशी ‘जोराल’ लिखित ‘प्रतिपक्षी कलम’ को बुधबार भएको सार्वजनिकीकरण कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको मन्तव्य – सं.)
Leave a Reply