यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
केन्द्रिकृत नियन्त्रण
सरकारको दृष्टिकोणमा प्रभावकारी सञ्चार रणनीतिको अर्थ आफ्नो विरोधमा उठ्ने आवाज दबाउनु मात्र होइन, सरकारले प्रभावकारीरूपमा आफूले इच्छाएको विषयमा आफ्ना नागरिकलाई अपील गर्नु पनि हो । पश्चिमा देशहरूमा सामाजिक सञ्जालमार्फत पूर्वाग्रही सञ्चारमाध्यम र गलत सूचनाको प्रयोगलाई पुरानो जमानाको पार्टी परिचालन र सङ्गठनको विकल्पको रूपमा हेरिन थालेको छ ।
हिजोआज राजनीतिक दलहरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका निजी खातासम्मै पहुँच राख्छन् र पुग्न सक्छन् भने पहिला पहिला जस्तै अहिले उनीहरू मतदाताका घरदैलोमा पुगिरहन परेन । तर, गलत सूचना प्रवाह गर्ने पश्चिमा शैली सामाजिक सञ्जालमा व्यापक पहुँच भएको क्षेत्रमा मात्र लागु हुन सक्दछ ।
भारतमा सामाजिक सञ्जालमा कम मात्र मानिसको पहुँच छ । त्यसकारण भारतमा सरकारको विरोध वा समर्थनमा सामाजिक सञ्जालमार्फत हुने प्रचारबाजी एकजना औसत नागरिकसम्म सहजै पुग्न सक्दैन । निजी प्रयोगको लागि स्मार्टफोन भएका र शिक्षित व्यक्तिको मात्र सामाजिक सञ्जालमा सहज पहुँच हुन्छ । त्यसको निम्ति व्यक्ति धनी र पुग्दोमात्रामा स्वतन्त्र हुन जरुरी हुन्छ ।
भारतको विकसित क्षेत्रका युवा जनसङ्ख्यामा त्यस्तो खालको पहुँच हुन सक्छ । तर, त्यस्तो जनसङ्ख्याको आकार निकै सानो छ । पछिल्लो एक तथ्याङ्कअनुसार भारतको कुल जनसङ्ख्यामध्ये ३२ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्छन् । अन्य धेरै विकासशील देशहरूको तुलनामा भारतमा सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरूको अनुपात निकै कम छ ।
त्यसकारण राजनीतिक दलहरूले गलत सूचनाको प्रयोग सहितको सञ्चार रणनीतिका साथै समानान्तर रूपमा बलियो पार्टी सङ्गठन पनि परिचालन गर्नुपर्ने अवस्था छ । पश्चिमभन्दा फरक भारतमा सामाजिक सञ्जालको प्रयोग पार्टी सङ्गठनको विकल्प त होइन नै, बरु परिपुरकसम्म हुन सक्छन् । उदाहरणको लागि सन् २००७ मा उत्तर प्रदेश राज्यमा भएको निर्वाचनमा बहुजन समाज पार्टीको विजयको मूल कारण नै मोबाइल फोनको बढ्दो प्रयोग भएको अध्ययनले देखाएको छ ।
सञ्चार रणनीतिका साथै भाजपाले तल्लो तहसम्म पार्टी सङ्गठन बनाउन ठुलो परिमाणमा आर्थिक लगानी ग¥यो । भाजपाले स्थानीय स्तरमा बुथ प्रतिनिधि र एकाइ प्रमुख समेत निर्वाचित गर्ने सङ्गठन प्रणालीको विकास ग¥यो । त्यसो गर्दा भाजपाका हरेक स्थानीय कार्यकर्ताका हातमा कम्तीमा ३० देखि ५० मत सुनिश्चित भयो । केन्द्रिकृत र स्तरीय राजनीतिक सन्देशका साथै तल्लो तहसम्म सङ्गठनको सघन विस्तारले मतदातासम्म पुग्ने भाजपाको क्षमतामा उल्लेखनीय वृद्धि भयो । त्यसैले म त्यसलाई सूचनाको केन्द्रिकृत नियन्त्रण भन्ने गर्छु ।
यी कुरा किन महत्वपूर्ण छन् भन्ने कुरा बुझ्न भारतीय जनता पार्टीको आधुनिक संरचना र पार्टी सञ्चारको राजनीतिक अर्थतन्त्रबारे राम्ररी बुझ्नुपर्छ । विशेषतः राष्ट्रिय तहको राजनीतिमा पार्टीहरूले माथिल्लो तहबाट भएका निर्णयप्रति तल्लो तहका कार्यकर्ताको दृढ समर्थन र कार्यान्वयनको माग गर्छन् ।
पहिला पार्टी सङ्गठनहरूले तल्लो तहका कार्यकर्ताहरूसम्म सूचना प्रवाह गर्न बीचमा अन्य तहको भर पर्नुपर्ने अवस्था थियो । त्यसो गर्दा सूचना चुहिने, सूचना ढिला हुने र सूचनाको सही सम्प्रेषण नहुने समस्या रहन्छ । त्यो प्रक्रिया आफैमा पनि लामो समय लाग्ने प्रक्रिया हो ।
सामाजिक सञ्जालले आधारभूत रूपमा यो समस्याको समाधान ग¥यो । नागरिकको ठुलो हिस्सा सामाजिक सञ्जालमा नजोडिए पनि तल्लो तहका पार्टी कार्यकर्ताहरू साझा सामाजिक सञ्जाल समूहमा सामेल छन् । त्यसले नै पार्टी गतिविधिको समन्वय गर्छ । तर, त्यस्ता सामाजिक सञ्जाल समूहले पार्टीका कुरा मात्र सम्प्रेषण गर्दैन, अरू सूचना पनि सम्पे्रषण गर्छन् ।
ती समूहले प्रायशः राजनीतिक आन्दोलनमा खुराक दिने उच्च तहका पार्टी संरचनामाथि पनि अनुगमन गर्ने गर्छन् । माथिल्लो तहले समन्वय गर्ने आन्दोलनको अपील अब स्तरीय हुनुका साथै तत्कालै सम्प्रेषण गर्न सम्भव छ । विगतमा जस्तै अब सूचना चुहिने र विलम्ब हुने समस्या रहेन । उच्च गतिशील सूचना सम्प्रेषण प्रणालीका साथै भाजपासँग अहिले बलियो पार्टी सङ्गठन पनि छ । जसले गर्दा उनीहरूको काम प्रभावकारी बन्दै गएको छ ।
भाजपाको यो शैलीले भाजपाको राष्ट्रिय नेतृत्वले उल्लेखनीय केन्द्रिकृत नियन्त्रण स्थापित गरेको छ । अनि भाजपाभित्रको अन्तरपार्टी प्रजातन्त्र कमजोर बनाएको छ । विगतमा स्थानीय तहसम्म पुग्ने माध्यम बनेका बीचका सङ्गठनहरूलाई पनि चित्त बुझाउनुपर्ने अवस्था थियो भने अहिले केन्द्रलाई त्यो बाध्यता रहेन ।
भाजपाले आफ्नो स्थानीय नेताहरूको मूल्यमा केन्द्रीय नेतृत्वलाई बलियो बनाइरहेको छ । जसले पार्टी गतिविधिको केन्द्र नै नरेन्द्र मोदीलाई बनाएको छ । हालै भाजपाले आसाम, बिहार, दिल्ली र पश्चिम बङ्गालमा महत्वपूर्ण निर्वाचनमा प्रतिस्पर्धा ग¥यो । चुनावमा भाजपाले मुख्यमन्त्री पदको निम्ति आफ्ना उम्मेदवार नै घोषणा गर्न आवश्यक ठानेन । ती प्रादेशिक चुनाव अभियानको केन्द्रमा नरेन्द्र मोदी नै थिए ।
विगतको जस्तो गुट र विरोधाभासपूर्ण सन्देशको गोलमटोलबाट मुक्त भएर अहिलेको केन्द्रिकृत नियन्त्रणले आफ्ना विरोधी र मुसलमान समुदायलाई लक्षित गरेर निकै सुझबुझका साथ राष्ट्रिय बहस छेड्न सक्छन् । त्यसको निम्ति प्रायशः गलत राजनीतिक सूचनाको पद्धति प्रयोग हुने गरेको छ ।
लोकतन्त्रको निम्ति खतरा
हामी पुराना शैलीका प्रजातान्त्रिक व्यवस्थाका समस्या जस्तै उपद्रव, राजनीतिक संरक्षण, चुनावी धाँधली आज पनि झेलिरहेका छौँ । त्यस अवस्थामा हामीले हिंसा, अपमान र दमनको प्रविधिको प्रभावकारी प्रयोगमा आइरहेको तीव्र परिवर्तनलाई बुझ्न जरुरी छ ।
भारतको प्रजातान्त्रिक स्वास्थ्यमा गलत राजनीतिक सूचनाको भूमिकाबारे बुझ्न हामीले भारतको बृहत् राजनीतिक विकासमा त्यसको प्रयोगसँग तुलना गर्नुपर्छ । विशेषतः सूचनामाथि सरकारको निर्देशन र केन्द्रित नियन्त्रणको सापेक्षमा यसलाई बुझ्नुपर्छ ।
सञ्चार प्रविधिको प्रयोग र त्यसमार्फत हुने अपमानजक गतिविधि तथा सरकारविरोधी र मुसलमान समुदायका बोली बन्द गराउने काम राज्यप्रायोजित ‘हिंसा’ का विभिन्न रूपहरूलाई विश्वसनीय ढङ्गले प्रभावकारी प्रयोग गरिएका छन् ।
समाप्त
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः सुशिला
Leave a Reply