नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
देश र जनताप्रति समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित हुने पत्रिका हो । ‘मजदुर’ दैनिक दसैँमा मात्र होइन तिहारमा पनि निरन्तर प्रकाशित भइरहेको पत्रिका हो । कफ्र्यु र सङ्कटकालको बेलामा पनि ‘मजदुर’ दैनिक बन्द भएन । यो दसैँमा पनि ‘मजदुर’ दैनिकको प्रकाशन हुन्छ । आ–आफ्नो टोल, गाउँ–ठाउँमा भएका रचनात्मक तथा सन्देशमूलक गतिविधिका समाचारहरू पठाएर, विज्ञापन दिएर सहयोग भइरहने हाम्रो विश्वास छ । हामी विगतमा झैँ देश विदेशका खबर छापेर यहाँहरूको आशा पूरा गर्ने विश्वास दिलाउन चाहन्छौँ । वर्षैभरि प्रकाशन गर्नु यो ‘मजदुर’ दैनिकको फरक पहिचान हो ।
देशका ठूला, रङ्गीन र हरेक दिन लाखौँ विज्ञापन सङ्कलन गर्ने पत्रिकाहरू यो दसैँमा बन्द भएका छन् । ती पत्रिकाहरू दसैँ पछिमात्र प्रकाशन हुने सूचना जारी भइसकेको छ । निरन्तर ‘मजदुर’ दैनिक प्रकाशनमा साथ दिने सम्बद्ध सबै साथीहरू धन्यवादका पात्र हुन् । आ–आफ्नो चाडबाड मनाएर आनन्द र मनोरञ्जन गर्नुभन्दा पत्रिका प्रकाशन गर्नु आफ्नो जिम्मेवारी ठानेर सहयोगमा संलग्न सबै साथीहरूको योगदान स्मरणीय नै हुन्छ । अझै कति मानिसहरू दसैँमा पनि पत्रिका निस्किन्छ ? भनी आश्चर्य व्यक्त गर्छन् । दसैँमा बिदा छैन भनी अचम्मित हुन्छन् । ‘मजदुर’ दैनिक वर्षेभरि या एक दिन पनि नछुटाइकन प्रकाशन भइरहेको कुरा सुनाउँदा कतिले विश्वास गर्दैनन् त कतिले धन्य ठान्छन् । कतिले यो कुरालाई ठट्टा सम्झन्छन् । विश्वास नगरे पनि, ठट्टा सम्झे पनि ‘मजदुर’ दैनिक वर्षभरि प्रकाशन भइरहेको यथार्थ हो । यो कुरा ‘मजदुर’ दैनिकका स्रोता या पाठकहरूलाई राम्ररी थाहा छ ।
Leave a Reply