‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
नेपाल चेम्बर कमर्शको एक प्रतिनिधिमण्डलले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर सरकारले दुवै छिमेकी देशहरुमध्ये कुनै एकको पक्ष नलिई दुवै देशलाई समदुरीमा राख्नपर्नेमा ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारत र चीन दुवै देशलाई नेपालका ठूल्ठूला आयोजनामा लगानीको वातावरण बनाउन सरकारसमक्ष आग्रह गरेको छ ।
कमर्श प्रतिनिधिमण्डलले साफ्टा, बिमस्टेक र बीबीआईएन जस्ता अन्तर्राष्ट्रिय मञ्चलाई नेपालको आर्थिक हितमा प्रयोग गर्नुपर्ने विचार राख्यो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री महराले दुवै छिमेकी मुलुकलाई समदुरीमा राखेर दुवै देशबाट फाइदा लिने पक्षमा नेपाल रहेको बताउनु भयो । यसका लागि आफूले चीनको भ्रमण गरिसकेको र भारत भ्रमणका अवसरमा साफ्टा विम्स्टेक तथा बीबीआईएनलाई गतिशिल बनाउन पहल गर्ने बताउनु भयो । साथै मुलुकको आर्थिक विकासका लागि विदेशस्थित नेपाली नियोगका भूमिकालाई प्रभावकारी रुपमा परिचालन गर्ने रणनीति रहेको बताउनु भयो ।
प्रतिनिधि मण्डलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोक मान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल लगायतका पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a Reply