मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
काठमाडौं,
सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । संघद्वारा असार २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लब हलमा आयोजित वार्षिकोत्सव विशेष समारोहको सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
सो संघले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदाय, वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका २७ जना सन्ततीहरुलाई जनही १२ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।
सो अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले उक्त छात्रवृत्ति तथा सहयोग रकम सम्बन्धित छात्रछात्राहरुलाई प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक महिला सशस्त्र प्रहरी कर्मचारीहरु मध्ये वर्षभरि उत्कृष्ट कार्यगर्ने सात जना विल्लादार तथा जवानहरुलाई सो संघले पुरस्कृत गर्नुकासाथै संघको कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई समेत सम्मान गरेको छ ।
वार्षिकोत्सव विशेष समारोहका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पुरस्कृत हुने महिला सशस्त्र प्रहरी कर्मचारी तथा संघको कार्यमा सहयोग पु¥याउने महानुभावहरुलाई पुरस्कार तथा प्रसंशापत्र प्रदान गर्नुभयो ।
Leave a Reply