आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, ३० असोज । मान्यजनबाट टीका ग्रहणको सांस्कृतिक पर्वपछि नेपाली किसानहरू धान भित्र्याउने तरखरमा छन् । काठमाडौँ उपत्यकाका किसानहरू अबको २० दिनको अर्को सांस्कृतिक पर्व म्ह पूजा र न्हुदँ ११४२ सम्म धान भित्र्याउनमा व्यस्त हुनेछन् । मौसमविद्हरूले देशको विभिन्न भागमा हावाहुरीसँगै यो हप्ता वर्षा हुने भविष्यवाणी गरेको हुँदा किसानहरू चिन्तित छन् । हिमाली क्षेत्रमा हिमपातसमेत हुने बताइन्छ । मौसमको यो परिवर्तनपछि नेपालमा चिसो बढ्ने अनुमान गरिँदै छ । धानको उत्पत्ति चीनको क्वाङ्चाउमा १४ हजार वर्ष पहिले भएको थियो । सो धानको बीउ नेपाल र भारत हुँदै दक्षिण एसिया र संसारभरि फैलिएको हो । नेपालमा धान उत्पादन रूपन्देहीमा सुरू भएको बताइन्छ ।
सांस्कृतिक पर्व टीकाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले यो पर्वले नेपालीमा सुख, शान्ति र समृद्धि कायम हुने र उत्साह–उमङ्ग थप्ने कामना गरे । उपराष्ट्रपति नन्दकिशोर पुन र प्रम शेरबहादुर देउवाले पनि यसरी नै कामना गरे ।
शासकहरू आफ्नो कमजोरीलाई ढाकछोप गर्न अन्धविश्वासमा भर पर्छन् । आफ्नो असफलताको कारण जनताको सुख, शान्ति र समृद्धि कायम हुनुलाई शासक दलहरू ‘दुर्गामाता वा पशुपतिनाथले रक्षा गरून्’ बोलेर जनतालाई थामथुम पार्छन् । केही वर्षअगाडि सिंहदरबारभित्र सरकारी गाडी थान्को लगाइएको समाचार प्रकाशित भयो । नयाँ मन्त्री र सचिव नियुक्त भएपछि पुरानो थन्क्याउने र नयाँ गाडी किन्ने परम्परा हुँदा सिंहदरबारभित्र पुरानो गाडी थन्किएको हो । केही लाख रकममा मर्मत हुने गाडी थन्काएर करोडौँ रूपैयाँको नयाँ गाडी खरिद गर्ने काम सिंहदरबारमा रातो मसीले निर्णय गरेकाहरूकै हो । यसको दोष ‘दुर्गामाता वा पशुपतिनाथ’ लाई दिने शासकहरू गलत नै हुन् । सरकारी निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिने २,४६६ जनाको लगत कट्टा गरियो । के दोहोरो भत्ता पनि ‘दुर्गामाता वा पशुपतिनाथ’ ले दिएका हुन् ?
अमेरिकी साम्राज्यवाद अफगानिस्तानबाट भागेपछि पुनःस्थापित तालिवान सरकारले जङ्गल विनास र दाउरा बिक्रीमा प्रतिबन्ध लगायो ।
नेपालमा सरकारहरूले ‘हरियो वन नेपालको धन’ मास्दै चारकोसे वनलाई तस्करको धन बनाए । अहिले पनि नेपालको साल काठ र दाउरा भारतमा तस्करी हुन्छ । नेपालका शासकहरूसँग जङ्गल बचाउने बुद्धिमा तालिवानजतिको पनि किन छैन ?
वर्षामा पनि नेपालमा भारतबाट १८१ मेघावाट प्रतिघण्टा बिजुली आयात भइरहेको छ । तर, नेपालका अधिकारीहरू वर्षामा २०० मेघावाट जलविद्युत् भारत निर्यात गर्ने झूट बोल्दै छन् । वर्षामा नेपालको जलविद्युत् बढी उत्पादन भएको भए खाना पकाउन नेपालीलाई सस्तोमा बिजुली उपलब्ध गराएर ग्यास आयात घटाउनु पर्दछ ।
अमेरिकी साम्राज्यवादले एमसीसी सम्झौतामार्फत नेपाललाई नवउपनिवेश बनाउने, चीनविरूद्ध भारतलाई युद्ध गराउने र भारतलाई हतियार बेच्ने तयारी गर्दै छ । नेपाल मजदुर किसान पार्टी र यसका जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले देशभरि ५२ भन्दा बढी ठाउँमा देशघाती एमसीसी सम्झौता खारेजीको विरोध जुलुस र सभा गरे ।
नेपाल र अमेरिकी सरकारबीचको एमसीसी सम्झौताको उद्देश्य नेपालको बिजुली भारत हुँदै सिङ्गापुर लाने हो । एमसीसी योजनाको लागि भारतको समर्थन हुनुपर्ने सम्झौताको प्रावधानले नेपाललाई भारतको प्रदेशजस्तै बनाउँछ । हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धन एमसीसी सम्झौतालाई खारेज गर्नैपर्दछ । यो नेपाली जनताको आवाज हो ।
सन् १९६२ मा चीनसँग लज्जाजनक हार खाएको भारतीय सेना भागेर नेपालको कालापानीमा लुकेका थिए । त्यसबेला केही समय बस्ने अनुमति मागेको भारतीय सेना अहिलेसम्म फर्केन । नेपालमा सरकारहरूको नालायकीको कारण भारतले लिपुलेक र लिम्पियाधुरासमेत कब्जा गरी नक्सा बनायो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोभिड–१९ महामारीमा नेपाली भूमिमा बनाइएको गुञ्जी, कालापानी, लिपु भञ्ज्याङ्गसम्मको सडक उद्घाटन गरे । नेपाल सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर विरोध जनायो र भारतीय प्रम मोदीलाई कूटनीतिक विरोध नोट पठायो । त्यतिबेला नेपाल सरकारले भारतीय राजदूत क्वात्रालाई फिर्ता पठाउनु पथ्र्यो । २०७२ सालमा ‘भारतले नाकाबन्दी गरेको होइन’ भनी फटाहा कुरा गरेका भारतीय राजदूत रञ्जित रेलाई पनि फिर्ता पठाउनु जरुरी थियो ।
नेपाल सरकारले भारतीय सीमा अतिक्रमणको विरोधको विषय संयुक्त राष्ट्र सङ्घलगायत अन्य अन्तर्राष्ट्रिय दबुमा उठाउनुपथ्र्यो र उठाउनु आवश्यक छ । नेपालले कसैको (चीनको) इसारामा भारतको नयाँ नक्साको विरोध गरिरहेको बताएका सेनाप्रमुख नरवणेलाई नेपाल सरकारले काठमाडौँमा स्वागत गरेको गलत हो । भारतका विदेश मामिलाका जानकार भनिएका मनोज जोशीले नेपालमा भारतविरोधी राजनीति नयाँ विषय नभएको भनी झूट बोलेका छन् । नेपालको विकासको अवरोधको कारण भारतीय एकाधिकार पुँजी नै भएको एकपछि अर्को घटनाबाट पुष्टि हुँदै छ । नेपालका शासकहरूले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु हुँदैन ।
Leave a Reply