प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, ३० असोज । एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम असोज ३१ गते आइतबार र कार्तिक १ गते सोमबार हुँदै छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा हुने तःमुंज्याकोे उद्घाटन आइतबार दिउँसो १ः०० बजे ख्वप कलेजको प्राङ्गण देकोचामा सांस्कृतिक गुरू कृष्ण सितिखुबाट हुने कार्यक्रम छ ।
नेपालभाषा, साहित्य, कला र संस्कृतिको संवद्र्धन र विकासको लागि भइरहेको प्रयासमा टेवा दिने ध्येयले नेपाल संवत् ११०० (विसं २०३७) मा नेपालभाषा साहित्य तःमुंज्या स्थापना भएको थियो । हरेक वर्ष कौलाथ्व द्वादशी र त्रयोदशीका दिन दुईदिने कार्यक्रमका साथ तःमुंज्या (सम्मेलन) हुँदै आएको छ ।
यस वर्ष पहिलो दिनको कार्यक्रमको सभापतित्व प्राध्यापक विश्वमोहन जोशीले गर्ने र दोस्रो दिन प्राध्यापक सुशीला कर्माचार्यले गर्ने कार्यक्रम रहेको एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलः (आयोजक समिति) ले जनाएको छ ।
यसपालिको तःमुंज्या विशेषतः देशको सार्वभौमिकता खतरामा परेको, भारतद्वारा गरिएको सीमा अतिक्रमण, देशघाती एमसीसी सम्झौताको विरोध, भ्रष्टाचार र अनियमितताको विरोध, समाजमा विद्यमान असमानता, अन्याय र अत्याचारको विरोधमा केन्द्रित हुने नेपालभाषा साहित्य तःमुंज्या मू गुथि (मूल समिति) का अध्यक्ष आशाकुमार चिकंबञ्जारले बताउनुभयो ।
तःमुंज्यामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सीमा अध्येता रतन भण्डारी, प्रा.डा. सर्वज्ञभक्त मल्ल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, पूर्वसेनानी प्रेमसिंह बस्न्यात, चिकित्सा क्षेत्रका डा. विश्वबन्धु शर्मा, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सानुमाया श्रेष्ठ, डा. ऋषिकेशनारायण श्रेष्ठ, साहित्यकारहरूमा समालोचक डा. रामप्रसाद ज्ञवाली, मोहन दुवाल, कृष्णकुमार वैद्य, सूर्यप्रसाद लाकौल, सुलोचना मानन्धर, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाई, अभय श्रेष्ठ, प्रतिसरा सायमी, जनकवि चन्द्रबहादुर उलक, दामोदर सुवाललगायत अतिथिको रूपमा आउनुहुने बताइएको छ ।
तःमुंज्याको पहिलो दिन कृषि विशेषज्ञ बाबुकाजी भोमी र सांस्कृतिक गुरूहरू कृष्ण सितिखु, न्हुछेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।
तःमुंज्या प्रचारार्थ सुकुन्दा ¥याली सम्पन्न
ग्वसाखलः (आयोजक समिति) को आयोजनामा एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ शनिबार साँझ सुकुन्दा ¥याली सम्पन्न भयो । ख्वप कलेजको मूलद्वार देकोचाबाट सुरू भएको ¥याली भोलाछेँ, थालाछेँ, नागपोखरी, याताछेँ, गछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इताछेँ, खौमा, दरबार क्षेत्र, तुलाछेँ, चोछेँ, मुलाछेँ हुँदै देकोचामै पुगेर सम्पन्न भएको थियो । सुकुन्दा ¥याली सुरू हुनुअघिको कोणसभामा बोल्दै नेपालभाषा साहित्य तःमुंज्या मू गुथिका सदस्य एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशभरिका भाषा, संस्कृति र कला देशको सम्पत्ति भएको हुँदा तिनको संरक्षण र संवद्र्धन गरिनुपर्ने बताउनुभयो ।
आफ्नो भाषा र संस्कृतिप्रति माया नहुने मानिस यथार्थमा सभ्य नकहलिने बताउँदै उहाँले हाम्रो भाषा र संस्कृति बचाउन जनता सक्रिय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
ग्वसाखलः (आयोजक समिति) का सदस्य रोशनमैयाँ सुवालले नेपालभाषा साहित्य तःमुंज्या जनताको आवाज बुलन्द गर्ने जनताको दबु भएकोले जनताले नै यसलाई सहयोग र टेवा दिनुपर्ने बताउनुभयो ।
¥याली समापन कार्यक्रममा ग्वसाखलः (आयोजक समिति) का सचिव जगन्नाथ सुजखुले तःमुंज्या संसारकै शोषित पीडित जनताको आवाज राख्ने मञ्च रहेको चर्चा गर्दै सबैसित सहयोग र सहभागिताको लागि अनुरोध गर्नुभयो ।
Leave a Reply