भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
हरेक वर्ष दसैँतिहार आउनुभन्दा निकै दिनदेखि शुभकामना आदानप्रदान गरिन्छ । सञ्चारमाध्यमहरूले पनि यी चाडहरूको शुभकामना वाक्कै लाग्ने गरी सुनाउने र पढाउने गरेका छन् । दसैँको महत्व सबभन्दा बढी सायद नेपाल टेलिकमले बुझेको होला ! त्यही भएर उसले बर्सेनी बेलैदेखि ‘कलिङ टोन’का रूपमा मालसिरी धुन राख्ने गरेको छ । यो बेला सञ्चारमाध्यमहरूले पनि दसैँको शुभकामनास्वरूप यो धुन चौबीसै घण्टा बजाउँछन् । सामाजिक सञ्जालतिर त झन सो¥हसराद नलाग्दैदेखि ‘म पहिला’को पारामा दसैँको शुभकामना दिने गरिन्छ— अरूलाई मन पर्छ/पर्दैन भन्ने कुराको वास्तै नगरी राम्रा राम्रा पोस्टर अग्रिम शुभकामनाको ओइरोसहित । त्यसको भाषाचाहिँ पहिलाका राजा अथवा अहिलेका सरकारी उच्च निकायका प्रमुखहरूले, ‘देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई बडा दसैँ तथा तिहारको हार्दिक मङ्गलमय शुभकामना ! … …! भनेर दिनेजस्तो सामन्ती पाराको पनि देखिएको छ । कतिपय आफू उच्च पदमा पुगेको कुरो सुनाउने उद्देश्यले पनि सामाजिक सञ्जालतिर शुभकामना टाँस्न रुचाउँदा रहेछन् ।
शुभकामना कार्यक्रम विभिन्न कार्यालय, विद्यालय र संस्थाहरूले आयोजना गर्ने गरेका हुन्छन् । त्यस्ता कायक्रममा वक्ताहरूले बोल्ने क्रममा दसैँको शुभकामना दिनुपर्ने भए पनि त्यसपछि लगातार पर्ने चाडहरू दीपावली, नेपाल संवत् र छठसमेत सम्झेर तिनको समेत एकमुष्ट शुभकामना दिन छुटाउँदैनन् । हुँदाहुँदा, हालै भएको एउटा कार्यक्रममा एकजना साथी, “मैले बोल्न पाए त मंसिरे पुर्ने र माघे सङ्ग्रातिको समेत अहिल्यै शुभकामना दिने थिएँ” भनेर ठट्टा गर्दै थिए । कोहीभन्दा कोही कम नहुने ‘अग्रगामी’ तरिका पनि हो यो । कतिपय स्थानमा ‘शुभकामना आदानप्रदान कार्यक्रम’कै लागि सजाइने मञ्च र देखाइने ‘शुभकामना बोर्ड’ मा पनि अनावश्यक खर्च भएको पाइन्छ ।
भेट्ता, छुट्ता र हरेक बोलीचालीमा दसैँको शुभकामना ! फोनमा दसैँको शुभकामना ! चिनेका/नचिनेका ज–जसलाई भेटिन्छ सबै सबैलाई दसैँको शुभकामना ! जताततै शुभकामनै शुभकामनाको अपार घुइँचो देख्दा दसैँताक बर्सेनी एकपटक आउने ‘मौसमी शुभकामना’ देखि कहिलेकाहीँ त दिक्क पनि लाग्छ । यो दसैँ फुत्त आएर छिट्टै गइदिए हुन्थ्यो जस्तो पनि लाग्छ । तर यसरी एकोहोरिएर र रौसिएर सबैलाई शुभकामना दिँदै गर्दा, जसलाई शुभकामना दिइँदै छ ,उसको परिवारमा यो वर्ष कोभिडका कारण कसैको स्वर्गवास भएको छ कि भनेर सोचिँदैन । त्यो परिवारमा हालै दुर्घटना भएर वा रोग लागेर कसैको मृत्यु भएको छ कि भनेर पनि विचार गरिँदैन । ‘शुभकामना आदानप्रदान कायक्रम’मा बोलाउँदा, यो वर्ष उसको परिवारको कुनै सदस्य विदेशमा देहत्याग गर्न पुगेर उसले ‘अशुभको पीडा’ व्यहोर्नुपरेको छ कि भन्नेतर्फ पनि वास्तै गरिंदैन । कतिपय अवस्थामा, उसको परिवारमा रोगी र बिरामी छन्, उपचार गर्न खर्च नपुगेर गा¥हो भएको छ भन्ने कुरा थाहा पाएर पनि थाहा नपाएझैँ गरिन्छ । त्यस्ता व्यक्तिलाई ‘शुभकामना आदानप्रदान कायक्रम’ मा बोलाउनै नहुने हो । बोलाइएपछि करलाग्दी भए पनि गएर एउटा कुनामा बसी, एकमुष्टमा दिइएको शुभकामनाका शब्द सुन्नै परेको हुन्छ । तर उसै/उनैलाई मञ्चमा बोलाएर शुभकामना मन्तव्य दिन पनि लाउनुचाहिँ नहुने नै हो । तर यस्तो पनि कहिलेकाहीँ हुने गरेको छ । शुभकामना दिने र लिने भनेको त शुभ काम गरेका, शुभ समय भएका र शुभ काम गर्ने योजना बनाउनेहरूका लागि पो हो त ! अशुभ काम गर्ने, अशुभ समय भएका, मनमा सधैँ अशुभ नै सोचिरहनेहरूलाई केको शुभकामना !
यो वर्ष पनि बाढीपहिरोमा परेकाहरूको अवस्था दुःखलाग्दो छ । दसैँको मुखैमा कास्की र मुगुमा भएको जीप तथा बस दुर्घटनामा ४० जनाभन्दा बढीको दुःखद मृत्यु भयो । यस्तो राष्ट्रिय शोकको घडीमा सरकारमा रहेकाहरूले पनि नेपालीलाई शुभकामना दिन गा¥हो हुनुपर्ने हो ।
यद्यपि संसारै यस्तै हो । दुःख, शोक, अभावमा पर्नेहरू सधैँ हुन्छन् । तिनै कुरालाई सधैँ सम्झेर पिर मान्दै बसेर पनि साध्य हुँदैन । कसैलाई दुःख पर्दै गर्दा, सुख, आनन्द र खुसियाली मनाउनेहरू पनि सँगै हुन्छन् । दुःख, शोक र अभाव व्यहोर्नेहरूले पनि आफूलाई जस्तै वा त्योभन्दा पनि बढी अरूलाई पनि त्यस्तो परेको देखेपछि , बिस्तारै चित्त बुझाउँदै जानुपर्ने हुन्छ । जसलाई जेजे परे पनि समयको गति रोकिँदैन । विशेष सांस्कृतिक महत्व बोकेको यो चाडमा टाढाटाढा रहेका परिवारका सदस्यहरू पनि एकैठाउँमा जम्मा भएर मीठोमसिनो खाने, राम्रा कपडा लाउने, मान्यजनबाट आसिक लिने गर्छन् । मान्यजनसँग शिर झुकाउने हिसाबले पनि यस चाडको छुट्टै महत्व छ । तर यही मौकामा कुलीन वर्गले धनसम्पत्ति देखाउने र बढी खर्च गर्ने गर्छन् । त्यसको देखासिकी निम्न वर्गकाले पनि गर्ने गरेका छन् । यसै कुरालाई उजागर गर्न ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भन्ने उखान पनि चलेको छ । यही बेलामा खानपान पनि सन्चो नहुने गरी बढ्तै गरिन्छ । एउटा तथ्याङ्कअनुसार यो दसैँमा ७५ अर्बभन्दा बढीको मासु उपभोग गरिंदै छ । त्यसका लागि मरमसला र मदिरा पनि प्रशस्तै चाहियो । अब तिहारका लागि आवश्यक मात्रामा सप्तरङ्गी, फूल, भाइमसलासम्म त ठिक्कै मानौँ । अनावश्यक वस्तु तास, कौडा, मदिरा र पटका नै कतिको खरीद गरिने हो’ चाड सकिएपछि त्यसको हिसाब सुन्दैमा थकथकी र पछुतो लाग्ने गर्छ ।
हाम्रा चाडपर्वहरूलाई घाँटी हेरी हाड निल्ने र शालीन तथा स्वाभाविक पारामा मनाउने बानी हामीमा कहिले आउँला ?
Leave a Reply