हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
अङ्कारा, २४ अक्टोबर । टर्कीका राष्ट्रपति रिसेप तायिप इर्डोगनले दस देशका राजदूतहरूलाई देश निकाला गर्न लागेको बताएका छन् । टर्कीको जेलमा कैद एकजना नागरिक अभियन्ताको रिहाइ माग गर्दै अपील गर्ने जर्मनी, संरा अमेरिकालगायत देशका राजदूतहरूलाई निकाला गर्न लागेको उनले शनिबार बताएका हुन् ।
मानवतावादी र अभियन्ता ओस्मन काभालाको रिहाइको माग गर्दै विभिन्न देशका प्रतिनिधिहरूले गत अक्टोबर १८ मा एउटा अनौपचारिक संयुक्त वक्तव्य जारी गरेका थिए । विश्वव्यापी मौद्रिक अपचलन र आतङ्कवादलाई प्रश्रय दिएको र कालो धनलाई वैधता दिएको कारण आर्थिक अव्यवस्था तथा उच्च मुद्रास्फीतिको सम्भावना बढेको भन्दै यो साता टर्कीमाथि पश्चिमा देशहरूले चर्को दबाब दिएका थिए । योसँगै बढेको पश्चिमा देशहरू र टर्कीबीच पछिल्लो समय तनाव बढेको हो ।
“मैले हाम्रा विदेश मन्त्रीलाई दस देशका राजदूतहरूलाई सकेसम्म चाँडो अयोग्य घोषणा गर्न निर्देशन दिइसकेको छु”, इर्डोगनले भने । देश निकाला गर्न यो पहिलो कूटनीतिक कदम हुने गर्छ ।
‘अशिष्ट’ भएको आरोप लगाउँदै उनले भने,“टर्कीलाई उनीहरूले जुन दिन मान्दैनन्, त्यही दिन उनीहरूले यहाँबाट बिदा हुुनुपर्छ ।”
तथापि, विभिन्न युरोपेली देशहरूले शनिबार ढिलासम्म पनि टर्कीबाट त्यसबारे कुनै औपचारिक जानकारी नआएको बताए ।
“हामी सम्बन्धित नौ वटा अन्य देशहरूसँग सरसल्लाह गरिरहेका छौँ”, जर्मनीको विदेशमन्त्रालयले भन्यो ।
“हाम्रा राजदूतले निकाला गर्नुपर्ने त्यस्तो केही काम गरेका छैनन्”, नर्वेको विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारमाध्यमलाई भनिन् ।
उनले मानवअधिकार र प्रजातन्त्रको विषयमा टर्कीमाथि थप दबाब दिइरहने बताइन् । डेनमार्क र नेदरल्यान्डका अधिकारीहरूले पनि त्यस्तै आशयका भनाइ राखेका थिए ।
Leave a Reply