सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
बुढापेस्ट, २४ अक्टोबर । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले हङ्गेरीको आसन्न चुनावमा युरोपेली सङ्घ र संरा अमेरिकाले हस्तक्षेप थालेको बताएका छन् । हङ्गेरीमा आगामी वर्ष सन् २०२२ मा निर्वाचन हुँदै छ । प्रधानमन्त्री ओर्बानले आफ्ना समर्थकलाई दसक लामो आफ्नो राष्ट्रवादी सरकारका उपलब्धिको रक्षा गर्न आह्वान गरेका छन् ।
उनी सन् २०१० मा पहिलोपटक सत्तामा आएका थिए । त्यसयता आगामी संसदीय निर्वाचनमा उनको दलले समाजवादी, उदारपन्थी र पूर्व कट्टर दक्षिणपन्थी–अहिलेको मध्य दक्षिणपन्थीहरूको संयुक्त मोर्चाको सामना गर्दैछन् ।
४९ वर्षका पिटर मार्की नेतृत्वको छ दलीय मोर्चा ओर्बानको निम्ति सबभन्दा ठुलो चुनौती बनेको छ । मार्की क्याथोलिक अनुदारपन्थी हुन् । उनी एउटा सानो नगरका प्रमुख हुन् ।
प्रधानमन्त्री ओर्बानले दसौँ हजार आफ्ना समर्थकहरूबीच राजधानी बुढापेस्टमा वाशिङ्टन र अर्बपति जर्ज सोरोसले पैसा, सञ्चारमाध्यम र सञ्जाल प्रयोग गरी आगामी चुनावमा आफूलाई पराजित गर्न खोजेको बताए ।
“मुख्य कुरा ब्रसेल्स (युरोपेली सङ्घको मुख्यालय) र वाशिङ्टनबाट उनीहरूले सञ्चारमाध्यमबाट के प्रचार ग¥यो महत्वपूर्ण कुरा होइन । हाम्रो भाग्यको निधो हङ्गेरीका जनताले गर्ने हो”, उनले शनिबार जारी एक वक्तव्यमा भने ।
Leave a Reply