बजेटबारे वागीश्वरीमा अन्तरक्रिया
- जेष्ठ २७, २०८३
भक्तपुर, २९ असार ।
भक्तपुर नगरपालिकाको प्रथम नगर परिषद् बिहीबार नपाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको सभाकक्षमा शुरु भयो ।
परिषद्को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले पानसमा द्वीप प्रज्वल गरी गर्नुभयो । परिषद्मा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले ३६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बिजुक्छेंले सरकारले सदनमा प्रस्तुत गरेको कर्मचारी समायोजन विधेयक स्थानीय तहलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने नीति विपरीत भएको बताउनुभयो ।
‘संघीयतामा स्थानीय तहलाई अझ अधिकारसम्पन्न बनाइनुपर्नेमा सरकारले स्वायत्तताको सिद्धान्तविपरीत विधेयक ल्याएको छ । सिंहदरबार जनतासम्म पु¥याउने कुरा गर्ने तर व्यवहारमा ठीक उल्टो काम भइरहेको छ ।’, उहाँले भन्नुभयो ।

सबै नगरका आ–आफ्ना ऐतिहासिक र साँस्कृतिक पृष्ठभूमि हुने प्रसंग चर्चा गर्दै उहाँले सबै नगरलाई एकै धर्रामा राखेर व्यवहार गर्दा गलत परिणाम आउनेमा जोड दिनुभयो ।
आफूले वर्षौं–वर्षदेखि साँस्कृतिक नगरको प्रस्ताव अघि सार्दा पनि अझै कतिपय नेता र मन्त्रीलाई त्यसको खास अर्थ थाहा नभएकोमा दुःख व्यक्त गर्दै अध्यक्ष रोहितले साँस्कृतिक नगर घोषणा मात्र भएर नपुग्ने बरु त्यसका लागि आवश्यक कानुनको पनि आवश्यकता रहने बताउनुभयो ।
‘साँस्कृतिक नगरपालिका घोषणा नभएका नगरमा नगरपालिकाले तोकेबमोजिमका साँंस्कृतिक परिचय झल्किने घर निर्माण गर्न जनता बाध्यकारी नहुने भएकोले त्यससम्बन्धि कानुन बनाउन सरकार अग्रसर हुन जरुरी छ ।’, अध्यक्ष रोहितले भन्नुभयो ।
उहाँले चीनको ९ हजार ९ सय ९९ चोक भएको फोरबिडन प्यालेस उत्खनन गरेजस्तै भक्तपुर दरबार क्षेत्रको ९९ चोक उत्खनन गर्न नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
ख्वप विश्वविद्यालय शिक्षालाई उत्पादनश्रमलाई जोड्ने सिद्धान्तमा आधारित हुनुपर्ने बताउँदै मातृभाषामा शिक्षा दिने र संस्कृति तथा खेलकुदको अलग विद्यालयहरु स्थापनामा ध्यान दिन सल्लाह दिनुभयो ।
नगरपालिकामा डेरा गरी बसेका सबै बासिन्दाको तथ्याङ्क संकलनमा पनि स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
भक्तपुर नपाका पूर्वप्रमुख एवं सांसद प्रेम सुवालले नवौं पञ्चवर्षीय योजनादेखि नै भक्तपुर नपालाई साँस्कृतिक नगर बनाउने बुँदा उल्लेख भए पनि हालसम्मका सरकारले यस विषयमा गम्भीर प्रयास नगरेको बताउनुभयो ।
उहाँले जनताको पैसा ठग्ने सहकारी संस्थालाई कार्यबाही गर्न र भूकम्प पीडित जनतालाई राहत वितरणमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकामा संसदमा आफ्नो संघर्ष जारी रहेको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुरमा विगतदेखि नै स्थानीय सरकारले लगानी गर्ने उदाहरणीय काम गर्दै आएको हुनाले आगामी दिनमा पनि जनताको अपेक्षा अनुसार प्रभावकारी काम गर्न नगरपालिका सफल हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले जनताका असीमित अपेक्षा पूरा गर्न संस्थागत क्षमता विकासमा पनि जनप्रतिनिधिहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्राध्यापक पृथुचरण वैद्यले विद्यालयमा शारीरिक शिक्षाको विकासको लागि पूर्वाधार निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
मातृभाषामा शिक्षा दिन काम थालनी गर्नुपर्ने उहाँको जोड थियो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले दरबार क्षेत्रको लालबैठकलाई पुरानो वास्तुअनुसार पुनर्निर्माण गर्न छलफल गर्नुपर्ने र विद्यालय तहका विद्यार्थीहरुलाई संस्कृति र सम्पदाबारे जानकारी दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ, वास्तुकलाशास्त्री राजेन्द्र हाडालगायतले पनि बोल्नुभएको थियो ।

के के छन् नीति तथा कार्यक्रममा ?
–भक्तपुर नपाले सञ्चालन अनुमति पाइसकेको ख्वप अस्पताल सञ्चालनमा ल्याउने । च्याम्हासिंहमा अस्पताल भवन निर्माण शुरु गर्ने ।
–आगामी आर्थिक वर्षबाट प्रत्येक वडामा नर्स सेवा शुरु गर्ने ।
–नपाले सञ्चालन गरिरहेका शिक्षालयहरुमा थप विषयहरु सहित अझ प्रभावकारी रुपमा अघि बढाउने ।
–ख्वप विश्वविद्यालयको प्रक्रिया अघि बढाउन शिक्षाविद्हरुको एउटा समिति बनाउने ।
–खानेपानी समस्या समाधानको लागि भक्तपुर नपा र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडबीच समन्वय गर्ने ।
–भूकम्प पीडित नगरबासीले क्षतिग्रस्त घर पुनःनिर्माणको क्रममा घर भत्केकै स्थानमा घर नबनाई भक्तपुर नगर क्षेत्रभित्र अन्यत्र घर बनाउन नक्सा दर्खास्तसँगै भूकम्प पीडितको परिचय पत्र प्रस्तुत गरेको अवस्थामा त्यस्ता नगरबासीलाई साविककै ठाउँमा घर बनाउने नागरिकलाई दिइने सरह नक्सापास दस्तुरमा छुटको व्यवस्था मिलाइने ।
–नगरभित्र परम्परतागत शैलीका घर बनाउन घरधनीलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने । काठमा आर्थिक सहयोग गर्ने ।
–हनुमन्ते र कासाङखुसी सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउने प्रयास गर्ने ।
–हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने ।
–जनप्रतिनिधिहरु आफै घरघरमा गई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने ।
–थप शिशुस्याहार केन्द्रहरु सञ्चालनमा ल्याउने । शिक्षिका र आयाहरुलाई समयसुहाउँदो तालिम दिने ।
–देको–मिवा–इतापाको आवास योजनालाई समयमै सम्पन्न गर्ने ।
–नयाँ विउविजन प्रयोगसँगै उत्पादकत्व वृद्धि गर्न किसानहरुलाई तालिम दिने ।
–यही वर्ष एउटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्ने । महेश्वरी खेल मैदान र शहिद स्मृति खेलमैदानलाई व्यवस्थित गर्ने ।
–पर्ती जग्गा संरक्षण गर्ने ।
–आधुनिक सुविधासम्पन्न अरनिको सभाभवन निर्माण गर्ने ।
–अनलाइन नक्सा पास प्रक्रिया अघि बढाउने ।
–ठाउँ–ठाउँमा पर्यटक शौचालय स्थापना गर्ने ।
–जनज्योति पुस्तकालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने ।
–भक्तपुर नगरबारे शोध गर्ने विद्यार्थीलाई सहयोग गर्ने ।
–भार्वाचोदेखि च्यामासिंहसम्म ढुंगा छाप्ने कार्यलाई निरन्तरता दिने ।
Leave a Reply