भर्खरै :

नेताहरूलाई मन्त्री बनाएर पत्रु बनाइँदै, हुर्मत लुटिँदै !

एकजना साहित्यकारले कतै लेख्नुभएको पढेको थिएँ – ‘आज रमिता छ ।’ त्यही सापटी या पैँचो लिँदै म भन्छु – ‘आज प्रदेशसभामा रमिता छ !’
दसैँ सुरु हुँदै छ । तिहार र नेपाल संवत् ११४२ सुरु हुँदै छ । सम्पूर्णमा म हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो प्रदेशसभाको नाम केही समय अगाडिसम्म प्रदेश नं. ३ थियो । अब यो संयोग हुन सक्छ, सुनिएअनुसार अब हामी तेस्रो मुख्यमन्त्री पाउँदै छौँ । यही मञ्चबाट ठूल्ठूलो स्वरमा स्थिरताको नारा दिइएको थियो । स्थायित्वको नारा पनि दिइएको थियो । अब ३० वर्षसम्म हल्लाउन सकिन्न भनेर पनि यही ठाउँमा हामीले बारम्बार सुनेका थियौँ । यो तेस्रो–चौथो वर्षभित्रमा तेस्रो वा चौथो सरकार र ५ वर्षमा पाँचौँ सरकार पो आउने हो कि, शङ्का लाग्छ ! साथसाथै, नेपालीमा एउटा भन्ने चलन छ– ‘के गर्नु मङ्गले आफ्नै ढङ्गले !’ अब त्यो मङ्गले यही प्रदेशसभाभित्र खोज्ने हो कि ! जनता र प्रदेशवासीहरू त्यसै भनिरहेका छन् ।
स्थिरता र स्थायित्वको नारा दिनेहरू आज फेरबदल, गुटबदल, दलबदलको नाटक देखाइरहेका छन् । खासमा प्रदेशवासीले खोजेको यो किसिमको अवस्था होइन । हामीले जुन नारा सुन्यौँ त्यो अनुसारको काम पटक्कै भएन । कहीँकतै सङ्गति मिलेन !
प्रजातन्त्रको यहाँ खूब बखान गरियो । २०४६ साल, ०६२–०६३ साल, ०७२ साल आदि इत्यादि विभिन्न कुराहरू यहाँ गरियो । प्रजातन्त्रको नाउँमा जुन किसिमले खेलहरू खेलिँदै छ, ती प्रजातन्त्रको मर्मविपरीत छन् । कतै यो बन्दोवस्त पदतन्त्रतिर त गइरहेको छैन ? पराईतन्त्रतिर त गइरहेको छैन ? पदतन्त्र र पराईतन्त्रले कतातिर लान्छ ? अत्यन्त गम्भीर प्रश्न छ । यतातिर हामीले गम्भीरता देखाउन आवश्यक छ ।
अहिले देशमा नयाँ खालको षड्यन्त्र भइरहेको छ । हरेक नेता, हरेक कार्यकर्तालाई मन्त्री बनाइदिने, मुख्यमन्त्री बनाइदिने ! गद्दीमा लगेर एकखाले पत्रु बनाइदिने ¤ त्यसकारण, जुन किसिमले राजनीतिक नेता कार्यकर्ताहरूको हुर्मत लुट्ने खालको प्रवृत्ति, षड्यन्त्र देशमा भइरहेको छ, देशको राजनीतिक आन्दोलन र कार्यकर्ताहरूको क्षेत्रमा यो बडो गम्भीर सवाल छ । यो पनि एक खालको हमला हो । यतातर्फ पनि हामी बेलैमा सचेत हुन सकेनौँ भने हाम्रो देशको राजनीतिले जुन गति लिनुपर्ने हो त्यो लिन सक्ने छैन । बरु, देश दुर्घटनातर्पm उन्मुख हुनेछ ।
प्रदेशसभाको यसरी अकस्मात् अधिवेशनको आह्वान हुँदा हामीले के मनमा राखेका थियौँ भने देशमा ठूलो एउटा सङ्कट छ जुन विषयमा यहाँ चर्चा कहिल्यै भएन । त्यो आफैमा पनि एक खालको षड्यन्त्र हो, छलछाम हो । देशको यतिखेरको ठूलो सवाल वा जनताको सवाल भनेको एमसीसी हो – मिलेनियम च्यालेन्ज कर्पोरेसन, मिलेनियम च्यालेन्ज कम्प्याक्ट । यो बैठक त्यसको बारेमा छलफल गर्न बोलाइएको हुनुपर्छ भन्ने हाम्रो अनुमान हो । तर, त्यो अनुमानले फेल खाँदै छ ।
भदौको २१ गते काठमाडौँमा नेपाल मजदुर किसान पार्टीले एमसीसी खारेजीको माग गर्दै जुलुस प्रदर्शनी ग¥यो । हामी पनि त्यहाँ थियौँ । त्यही जुलुसमाथि लाठी प्रहार भयो, सरकारको निर्देशनमा या गृहमन्त्रीको निर्देशनमा । कसरी भयो ? किन भयो ? त्यो नेपाली जनताको आन्दोलनमाथि विदेशीको इशारामा जुन दमन भयो त्यो विषयमा यो सदनबाट पनि हामी भत्र्सना गर्दछौँ । अहिले वास्तवमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट नाउँमा जुन किसिमले यो देशलाई नव–उपनिवेशमा परिणत गर्न खोजिँदै छ, त्यो हो देशको सङ्कट । सारा देशभक्तहरू अहिले आन्दोलनमा छन् । नेपाल मजदुर किसान पार्टी ३३ दिनदेखि लगातार सडकमा छ । एमसीसी खारेजी नै प्रमुख माग हो । त्यो आन्दोलन अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको गठबन्धनको विरुद्धमा हो । देशभित्र अर्कै गठबन्धन होला तर विदेशीहरू फेरि अर्कै गठबन्धन निर्माण गर्दै आइरहेका छन् । हामीले सुनेका छौँ† अस्टे«लिया, बेलायत र अमेरिका मिलेर ‘अउकस निर्माण’ गरे । चीनविरुद्ध एक भएर जाने तिनीहरूले घोषणा गरेका छन् । यो खालको षड्यन्त्र भइरहेको छ । एमसीसी पनि त्यस्तै साम्राज्यवादी चालबाजी हो । त्यसकारण, यसको विषयमा प्रदेशसभाले पनि बोल्नुपर्छ । हरेक मन्त्री र मन्त्री बन्न चाहने, मुख्यमन्त्री बन्न चाहने र मुख्यमन्त्री भइरहेकाले पनि यस विषयमा बोल्नुपर्दछ । होइन भने, ती नबोल्नेहरू देशभक्त हुन सक्दैनन् । प्रदेशवासी तथा देशवासीहरू यतिखेर यही भनिरहेका छन् ।
साथसाथै, जुन किसिमले सङ्घीयताको नारा दिइयो, जुन क्रियाकलाप भइरहेको छ, के यो सङ्घीयताको भावनाबमोजिम, २०६२।६३ सालको जनआन्दोलनको म्यान्डेटबमोजिम हामी चलिरहेका छौँ ? सरकार चल्न सकेको छ ? के प्रमुख प्रतिपक्ष वा सरकारमा जान तयारी गर्दै गरेको दल चल्न सकेको छ ? यो गम्भीर सवाल सबै शासक दलहरूसमक्ष खडा छ । यो प्रश्नको जवाफ उचित समयमै दिऊन् !
(बागमती प्रदेशसभाको गत असोज २४ गते बसेको नवौँ अधिवेशनको पहिलो बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार सम्पादनसहित–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *