भर्खरै :

टर्कीमा ‘चियाको कपमा आँधिबेहरी’

‘चियाको कपमा आँधीबेहरी’ – यो शब्दावलीलाई लोकप्रिय बनाउने जस प्रायशः दोस्रो एर्ल अफ गुलिफोर्ड फेडरिक नर्थलाई दिइन्छ । यो शब्दावलीको अर्थ साधारण विषयलाई असमानुपातिक रूपमा बढी चर्चा गर्नु हो ।
टर्कीका राष्ट्रपति रिसिप तायिप इर्डोगनले हालै संरा अमेरिका, जर्मनी, फ्रान्स, क्यानाडा, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क र फिनल्यान्डका राजदूतलाई देश निकाला गर्ने घोषणालाई केही मानिसहरूले ‘चियाको कपमा आँधीबेहरी’ को रूपमा व्याख्या गरेका छन्् । टर्कीमा सत्ता कब्जाको प्रयासमा संलग्न भएको र सरकारविरोधी प्रदर्शनमा सामेल भएको आरोपमा पक्राउ गरिएका ओस्मन काभलाको रिहाईको माग गर्दै ती देशहरूले टर्कीको आन्तरिक मामिलामा हस्तक्षेपको विरोधमा तायिपले यस्तो कदम चालेका हुन् ।
टर्की आज आर्थिक सङ्कट सामना गरिरहेको छ । इर्डोगनका केही आलोचकहरू राजदूतहरूलाई बिदा गर्ने यो निर्णय टर्कीले सामना गरिरहेका समस्याबाट आफ्ना मतदाताको ध्यान अन्यत्र मोड्ने प्रयासमात्र भएको बताएका छन् ।
लर्ड नर्थका नामले चर्चित फेडरिक अर्थ सन् १७७० देखि १७८२ सम्म बेलायतका प्रधानमन्त्री थिए । अमेरिकी स्वतन्त्रता आन्दोलनको अधिकांश समय उनी नै बेलायतका प्रधानमन्त्री थिए । बेलायत सरकारले अमेरिकी जनतामा थोपरेको चिया ऐनविरुद्धको प्रतिरोधलाई व्याख्या गर्न उनले ‘चियाको कपमा आँधीबेहरी’ शब्दावलीको प्रयोग गरेका थिए । इतिहासमा उनी बेलायती साम्राज्यले अमेरिकी उपनिवेशमाथि लादेको कठोर शासनको पक्षमा उभिएका थिए ।
इर्डोगनले आफ्नो सुरुको घोषणालाई केही नरम बनाउँदै ती राजदूतहरूलाई ‘अयोग्य’ (पर्सना नन ग्राटा) घोषणा गरेर टर्कीबाट बाहिरिन आग्रह गरे । तनाव कम गर्न दस देशले गरेको पहलपछि उनले आफ्नो कुरालाई नरम बनाएका थिए । तर, इर्डोगन टर्कीको सार्वभौमिकताको मात्र रक्षा गरेका छैनन् बरु संसारका सबै देशमा पश्चिमा शक्तिको हस्तक्षेपको उनले लगातार विरोध गर्दै आएका छन् ।
आफ्नो नयाँ पुस्तक ‘न्यायपूर्ण विश्व सम्भव छ’ मा उनले भनेका छन्,“हामीले न्यायपूर्ण संसारको माग गर्नुपर्छ । न्यायपूर्ण संसार बनाउन हामीले हातमा हात जोड्नुपर्छ । हामी डराउनुहुन्न ।” अङ्गोलास्थित टर्कीको संसदमा हालै गरेको एउटा भाषणमा उनले मानिसको भाग्य दोस्रो विश्वयुद्ध जितेका केही मुट्ठीभर देशहरूको कृपामा छोडिनु नहुने र नसकिने बताएका थिए ।
इर्डोगनको मूल परिचय बनेको र लामो समयदेखिको विदेश नीतिको लक्ष्य भनेको टर्कीलाई फेरि पनि बलियो देश बनाउने हो । कसै कसैले उनको यो लक्ष्यलाई ‘नव–अटोमनवाद’ भनी भन्ने गरेका छन् । यही अवधारणाअनुसार उनले पाइला पाइला गरेर पहिले अटोमन राज्य भएको क्षेत्रमा टर्कीको प्रभाव विस्तार र राजनीतिक संलग्नता बढाउने प्रयास गरिरहेका छन् । त्यसअन्तर्गत पूर्वी भूमध्य क्षेत्र, साइप्रस, ग्रीस, इराक र सिरियालगायत अफ्रिकामा पनि प्रभाव विस्तारको प्रयास भइरहेको छ ।
तथापि, संरा अमेरिका नेतृत्वको पश्चिमा मोर्चाले आफ्ना मूल्य र सामाजिक तथा राजनीतिक आयामको विस्तार गरी संसारभर आफ्नो प्रभाव कायम राख्न खोजिरहेको छ । पछिल्लो समय यस्तो प्रभाव बिस्तारको निशाना उनीहरूले चीनलाई बनाएको हो । यद्यपि, उनीहरू यसमा कम मात्र सफल छन् । चीनले बलियो राजनीतिक इच्छाशक्ति र राष्ट्रिय एकताबाट पश्चिमा देशहरूको यस्तो प्रयासलाई निस्तेज बनाइदिएको छ ।
टर्कीका ती तथाकथित मित्रहरूले आफूप्रति टर्कीको निर्भरताको दोहन गर्न चाहन्छन् । उनीहरू टर्कीको सार्वभौमिकताको बेवास्ता गर्न खोज्छन् । तर, चीनका नेटिजनहरूले भन्न सक्छन्,“इर्डोगनले क्याल्सियमको चक्की खाएका छन् ।” उनले टर्कीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने यस्ता प्रयासको विरोध गर्न आफ्नो खुट्टालाई बलियो बनाएका छन् । दस जना राजदूतहरूले काभलाको रिहाइको माग गर्दै जारी गरेको वक्तव्यविरुद्ध इर्डोगनले चालेको कदमबाट यसको पुष्टि भएको छ । “टर्कीलाई यस्ता पाठ सिकाउन त्यसो गरेका हौ ? तिमीहरू आफूलाई के ठान्छौ ?”
इर्डोगनलाई चिसो बनाउन ती दस देशहरूले तत्कालै आफ्ना उत्तेजनात्मक र अवैधानिक वक्तव्यलाई नरम बनाउन बाध्य भए । त्यसकारण, यो घटनालाई ‘चियाको कपमा आँधिबेहरी’ भन्दा केही नहुने देखिन्छ । यो घटनाबाट टर्की कुनै पनि खालको विदेश हस्तक्षेपसामु नझुक्ने कुरा पनि देखाउन खोजिएको छ । यदि यी सङ्केतहरूलाई बेवास्ता गरे पश्चिमा मोर्चाको घाम पनि अस्ताउनेछ, जसरी इतिहासमा लर्ड नर्थहरू अस्ताएका थिए ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *