नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
पल केनेडीले आफ्नो प्रख्यात पुस्तक ‘महाशक्तिको उदय र पतन’ को अन्तिम पृष्ठमा जर्मन साम्राज्यका प्रथम चान्सलर अट्टो भोन बिस्मार्कको भनाइ उद्धृत गर्दै लेखेका छन्, “यी सबै शक्तिहरू समयको नदीमा तैरिरहेका छन् । समयको यो नदी न उनीहरूले बनाउन सक्छन् न त आफ्नो इच्छाअनुसार चलाउन नै सक्छन् । तर, उनीहरू कहाँसम्म पुग्छन् भन्ने कुरा उनीहरूको निपुणता र अनुभवमा निर्भर रहन्छ ।” महाशक्तिहरूको सम्बन्धबारे केनेडीको यस्तो भविष्यवाणी एक्काइसौँ शताब्दीको तेस्रो दशक प्रवेश गर्दा नगर्दै उजागर भएको छ । आज संसारका प्रमुख शक्तिहरूले एक शताब्दीमा नभोगेका परिवर्तनको सामना गरिरहेका छन् ।
शक्ति संरचनाको कोणबाट पुरानो उत्तर एटलान्टिक क्षेत्रमा आधारित शक्ति संरचना अहिले उत्तर–पश्चिम युगमा प्रवेश गरेको छ । संरा अमेरिकी प्रभुत्ववाद ओरालो लागेको कुरा निर्विवाद छ । युरोपेली देशहरूको विस्तृत शक्ति पनि क्रमशः क्षीण बन्दै गएको छ । बितेका पन्ध्र सय वर्षमा यस्तो अवस्था कहिल्यै आएको थिएन । विश्व मञ्चमा न्यून प्रभाव भएका चीन, भारत र दक्षिणपूर्वी देशहरू अहिले प्रमुख स्थानमा उक्लिएका छन् ।
आगामी दशकमा पूर्व र पश्चिमका ठूला शक्तिहरूबीच शक्तिको तानातान अझ सघन बन्दै जाने कुरा सहजै बुझ्न सकिन्छ । संरा अमेरिका र चीनबीच प्रतिस्पर्धा बढेसँगै यस्तो तानातान सघन बन्छ । तथापि, चीनले असल छिमेकी, समान सरसल्लाह, आपसी हित र सबैलाई लाभ हुने परिणाममा आधारित शक्ति सम्बन्धलाई जोड दिंदै आएको छ । त्यसकारण उत्तर–पश्चिमा युगमा ठूला शक्तिहरूको चुस्त विकासको आधार आर्थिक एकतामा निर्भर रहनेछ । विशेषतः पश्चिम प्रशान्तीय तटका देशहरूबीचको आर्थिक एकतामा त्यो निर्भर रहनेछ । त्यसको निम्ति बहुपक्षीय सहकार्यको नयाँ संरचनाको खाँचो छ ।
प्रतिस्पर्धाको ढाँचाको कोणबाट शान्ति वा युद्धमा आधारित पुराना प्रमुख शक्ति सम्बन्ध अब उत्तर–सैनिक युगमा प्रवेश गरेको छ । हतियारको दौड, शक्तिबाट दमन वा मोर्चामार्फत घेराबन्दीको सट्टा नयाँ युगमा ठूला शक्तिहरूबीचको प्रतिस्पर्धाले न्यून राजनीतिक मुद्दा, सघनता र क्षतिलाई जोड दिनेछ । उनीहरूबीच जनमत, प्राविधिक अनुसन्धान, जलवायु परिवर्तन, विद्युत्तीय अर्थतन्त्रजस्ता कुरामा प्रतिस्पर्धा हुनेछ ।
वास्तवमा पछिल्लो शताब्दीको मध्यतिरबाट सबै प्रमुख शक्तिहरूबीच दीर्घकालीन युद्धरहित सम्बन्ध कायम गरेका छन् । संरा अमेरिकाले नेतृत्व गरेको पश्चिम र चीनले प्रतिनिधित्व गर्ने गैर पश्चिमबीचको द्वन्द्व नगइ लामो समयसम्म ठुला शक्तिहरूबीचको सम्बन्धको नयाँ ढाँचा बनेको छ । तर, चीन र संरा अमेरिकाबीच सैनिक द्वन्द्वलगायत अन्य ठूला शक्तिहरूबीचको चर्काचर्की युद्धको सम्भावना न्यून छ ।
अन्तरसंवादको नियमका आधारबाट राष्ट्रिय प्राधिकारसम्पन्न ठूला शक्तिको पुरानो शैली पनि अब ‘उत्तर–सरकारको युग’मा प्रवेश गरेको छ । विश्व व्यवस्था र बहुराष्ट्रिय अन्तरक्रियामा सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तर, नेतृत्वदायी भूमिकामा भने त्यस्ता देशका सरकार रहनेछैनन् । आजको विश्व राजनीतिमा अन्तर्राष्ट्रिय सङ्गठन, बहुराष्ट्रिय सहकार्य, निजी क्षेत्र र सञ्चारमाध्यमको समेत भूमिका विस्तार भएको छ । प्रमुख देशहरूबीचको सम्बन्धको वृत्त विस्तारित र विविधतापूर्ण भएको छ ।
चीन र संरा अमेरिकाबीचको तनाव भए पनि दुई देशबीच व्यापार, लगानी, जनस्तर र सुचनाको सम्बन्ध कसैले रोक्न सक्दैन । ती देशका सरकारले मात्र उनीहरूको सम्बन्ध सम्पूर्णतः निर्धारण गर्न सक्दैन । पछिल्ला दशकमा पश्चिमा शैलीको चुनावी राजनीति क्षयीकरणमात्र भएको छैन, बरु हास्यास्पद पनि भएको छ । त्यसकारण, सरकार र राज्यका पुराना संरचनामाथिको विश्वसनीयता कमजोर बन्दै गएको छ । उत्तर–सरकार युगमा ठूला शक्तिहरूबीचको बहुआयामिक सम्बन्धका अन्तरसंवादका नियमलाई सरकारले मात्र निर्देशित गर्नसक्ने अवस्था छैन । तथापि, सरकारले ठूला शक्तिहरूबीचको सम्बन्धमा स्थायित्व र निरन्तरतालाई भने सुनिश्चित गर्दछ ।
लामो समयसम्म ठूला शक्तिहरूबीचको सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धका यर्थाथवादी सिद्धान्तले गहिरो गरी प्रभाव पार्दै आएको थियो । सञ्चारमाध्यमहरूमा प्रकाशित हुने अन्तर्राष्ट्रिय समाचार पनि मुख्यतः लडाइँ र द्वन्द्वका समाचार हुने गरेका छन् । यस सन्दर्भमा ठूला शक्तिहरूबीचको सम्बन्ध अवलोकन गर्दा तीन वटा गलत बुझाइबाट हामी टाढा रहनुपर्छ ।
प्रथमतः प्रमुख शक्तिको सम्बन्धबारे विश्लेषण गर्दा हामीले ‘पश्चिम केन्द्रित जालो’ बाट जोगिन आवश्यक छ । पश्चिम अझै पनि संसारका धेरै देशभन्दा अगाडि छन् । तर, पश्चिमले नै प्रतिनिधित्व गर्ने समय भने समाप्त भइसकेको छ । प्रमुख देशहरूबीचको सम्बन्ध नियाल्न हामीले युरोप, संरा अमेरिका र जापानको प्रवाहलाई मात्र पछउन मिल्दैन । हामीले प्रमुख क्षेत्रीय शक्ति, प्रमुख पत्र र मूल थलोबारे विस्तृतरूपमा बुझ्न जरुरी छ ।
दोस्रो, हामी सैनिक द्वन्द्व हुनसक्ने चिन्ताबाट मुक्त हुन जरुरी छ । केही क्षेत्रमा साना आकारका सैनिक द्वन्द्व हुनसक्छन् । तर, प्रमुख शक्तिहरूबीच ठूलो आणविक असन्तुलन छ । प्रमुख शक्तिहरूबीचको सैनिक द्वन्द्वले निम्त्याउन सक्ने बेहिसाब सङ्कटले सैनिक द्वन्द्व हुने सम्भावनालाई न्यून बनाएको छ । अहिले चीन र संरा अमेरिकाबीच द्वन्द्व कुनै पनि अवस्थामा बितेका बीस वर्षमा रुस र संरा अमेरिकाबीच भएको द्वन्द्वजस्तो हुनसक्दैन । उनीहरू (चीन र संरा अमेरिका) शीतयुद्धको समत्न्दा फरक छन् । विश्लेषकहरूले संयमपूर्वक नियाल्नुपर्छ र हतियार तथा सैनिक मामिलामा अतिरञ्जना फैलाउन हुन्न ।
तेस्रो, ‘सरकारी अवधारणा’ का सीमितताविरुद्ध तदारुक बन्न जरुरी छ । प्रमुख देशहरूबीचको सम्बन्ध सरकार वा राजनीतिक तहमा मात्र सीमित छैन । बरु अहिले उनीहरूको सम्बन्ध व्यापार, लगानी र प्रविधिमा विस्तार भइसकेको छ । तथापि, हरेक क्षेत्रको पूर्ण तस्बिर नियाल्न सरकारी नीतिलाई जोड दिन जरुरी छ ।
(लेखक चीनको रेनमिन विश्वविद्यालयअन्तर्गत चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका प्राध्यापक र कार्यकारी डीन हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला
Leave a Reply