नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
देशघाती एमसीसी सम्झौताको विरोधमा एक र दुई नम्बर प्रदेशका विभिन्न जिल्लाहरूमा जाने अवसर मिल्यो । जनताको राजनैतिक चेतनास्तर बढेको अनुभूति भयो । देशभक्तिको भावना उच्च रहेको छ । संविधानभन्दा माथि र सार्वभौमिकताभन्दा ठूलो कोही नभएको जनताले जिकिर गरे । जनता भेडा होइनन् । जनता बिनावर्दीका रक्षक हुन् । देशलाई आवश्यक परे, नेपाली जनता हरदम बलिदान दिन तयार छन् ।
एमसीसीको कुरा गर्नेबित्तिकै मानिसहरू हुँदै हुँदैन भन्दै छन् ।
तपाईँ कतै एमसीसीको समर्थनमा त आउनुभएको होइन ? भनी प्रश्न गर्दै थिए ।
हामी देखेर रिसाइरहेका थिए । किन समर्थन गरेको ?
कसले पैसा दियो ? भारत कि अमेरिकाले ?
तपाईँ अमेरिका र भारतको दलाल हो ?
यहाँबाट चाँडो जानुस् नभए राम्रो हुने छैन ?
होटलमा पनि प्रश्न त्यस्तै थियो । तपाईँ केको लागि आउनुभएको ?
एमसीसी भन्न नपाउँदै, भन्नुहुन्थ्यो । बस्नलाई ठाउँ छैन ? अन्तै जानुस्, एमसीसीको समर्थन गर्नेलाई हामी कोठा दिन सक्दैनौँ ?
कतै सुनिन्थ्यो, एमसीसीको समर्थन गर्नेलाई लखेट्नुपर्छ । जनकारबाही गर्नुपर्छ । एमसीसीको विरुद्ध सबै जनता एकजुट हुनुपर्छ । हामी सबै उठे, कसले के गर्नसक्छ । जनताको शक्तिविरुद्ध अहिलेसम्म को टिक्न सकेको छ ? कसको आँट छ, हाम्रो विरुद्ध जाने । एमसीसीले नेपाललाई भारतको उपनिवेश प्रमाणित गर्न खोज्दै छ । एमसीसी नेपालले बनाउने योजनामा उसको समर्थन अनिवार्य गरिएको छ । कस्ता मान्छे प्रधानमन्त्री र मन्त्री बनेका छन् । भन्दै छन्, संसद्बाट पास गर्नुपर्छ । नेपालको विकास हुँदैन, फेरि सहयोग मिल्दैन, अन्तर्राष्ट्रिय छवि बिग्रिन्छ । नेपालको विकास गर्न प्रम बनेका कि विनास गर्न । आत्मनिर्भर बनाउन कि परनिर्भर बनाउन । देश बनाउन आएका कि देश लुट्न । शङ्का लाग्दै छ, यिनीहरू साँच्चै नेपाली नै, हुन् त । कि अन्य देशका नागरिक हुन् । धान खेतको सामा जस्तो छुट्टाउन गा¥हो छ । घाँसमा भएको हरियो सर्पजस्ता नेताले देश बिगार्दा पनि चिन्न सकेनौँ ।
हामी त एमसीसीको विरोधमा यहाँसम्म आएको । ए हो ! स्वागत तथा शुभकामना तपाईँहरूलाई । यस्तै देशभक्त युवाहरूको खाँचो छ, देशलाई । हामी के सहयोग गर्नसक्छौँ भन्नुहोस् । हामी तयार छौँ । उहाँहरूले भन्नुहुँदा ठूलो हौसला र जिम्मेवारीबोध भयो । होटलका दाइ भन्दै हुनुहुन्थ्यो, विरोधमा भए यति छुट तपाईँहरूलाई । नेमकिपामात्र, यो देशको पार्टी रहेछ । खै ठूला दलहरूले, चँु बोल्न सकेका होइनन् । उनीहरूको मुख केले थुनेछ । यो देशबाट, यो सहयोग भन्थे । गैरसरकारी सङ्घ संस्थामा यति दियो भन्थे । चुनावमा पैसाको खोला बगाउँथे । हामी अचम्म हुन्थ्यौँ, दङ्ग पथ्र्याैँ । पैसा विदेशी र ठूला व्यापारीले दिएको प्रमाणित हुँदै छ । अहिले नुनको सोझो गर्नु, कुनै नौलो कुरा भएन । भारतको राजदूतावास गुहार्ने नेताहरूलाई नेपाली जनताले दलाल नभनी के भन्ने ? मरिहत्ते गर्नेलाई के भन्ने ?
सर्पलाई दूध खुवाएर पाले पनि टोक्छ भन्ने भनाइ नेपालका शासक दलका नेताहरूमा लागू हुन्छ । दलाहरूलाई नेपाली जनताले भोट दिनु गल्ती हो । हामीले काँडा रोपेर तुल्सीको आस गर्नु गलत छ । अबको चुनावमा इँटको जवाफ पत्थरले दिनुपर्छ । शोषक, सामन्त, भारतीय एकाधिकार र विदेशी पुँजीको दलाललाई पराजित गर्नुपर्छ ।
एउटा गोजीमा एउटा, अर्कोमा अर्को पार्टी छ भन्ने पुँजीपति सबैलाई नेपाली जनताले पराजित गर्न आवश्यक छ ।
विजयीपछि चुनावी घोषणापत्रअनुसार नगर्ने दल खारेज गर्नुपर्छ । भ्रष्टाचारी, कालाबजारी, खराब ठेकेदारलाई कारबाही नगर्ने नेता उनीहरूकै नेता हुन् । नेपाली जनताले चिन्न जरुरी छ ।
Leave a Reply