प्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञाप्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञा
- कार्तिक १८, २०८३
रोम, ३० अक्टोबर (सिन्ह्वा) । इटालीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ ।
आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरू सहभागी भएका छन् ।
सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण आफूहरू सम्मेलनमा भौतिक रुपमा उपस्थित हुन नसकेको बैठकस्थलमा नजानु भएका नेताहरूले स्पष्ट पार्नुभएको छ ।
सम्मेलनमा विषेशगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भइहेको जनाइएको छ ।
सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफल केन्द्र्रित भएको थियो ।
त्यसैगरी दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रित छलफल हुने जनाइएको छ ।
सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटालीका राष्ट्रपति मारियो ड्राघीले गर्नु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले यो महामारीभन्दा अगाडिका सम्मेलनमा राष्ट्रियता, संरक्षणवाद र एकपक्षीयवादमा छलफल गर्ने गरेका थियौँ, तर अहिले सबैको साझा समस्या र चुनौतीका बारेमा छलफल गर्नुपरेको छ ।”
कुनै देश तथा क्षेत्र विषेशमा छलफल गरेर वा कुनै देश विषेशले मात्रै लड्न नसक्ने भएकोले साझा चुनौतीका बारेमा विचार गर्नुपरेको उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगको लागि भन्दै जी २० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो ।
जी–२० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली सङ्घ पर्दछन् ।
Leave a Reply