नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जी–२० समूहमा चर्चा पेइचिङ, ३१ अक्टोबर (सीआरआइ) । सय वर्षमा देखानपरेको ठूलो परिवर्तन तथा महामारीको सामना गर्दा अन्तर्राष्ट्रिय आर्थिक सहयोग मञ्च जी–२० समूहले लिनुपर्ने जिम्मेवारीलाई व्यवहारमा उतार्नुपर्छ । अक्टोबर ३० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जी–२० समूहका नेतागणबीचको १६ औँ शिखर सम्मेलनको पहिलो चरणको बैठकमा मानव जातिसामु देखापरेका कठिनाइ तथा चुनौतीको सामना गर्न पाँच बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो ।
एकताबद्ध भएर महामारीको प्रतिरोध गर्ने, समन्वयको प्रवद्र्धन गर्दै आर्थिक पुनरूत्थानलाई अघि बढाउने, सबैको लागि फाइदाजनक र समावेशी धारणा लिएर संयुक्त विकास गर्ने, नविनताको भरमा निहित शक्ति निकाल्ने, मेलमिलापयुक्त सह–अस्तित्व गर्दै हरित तथा दिगो विकास गर्ने भन्ने विषय राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएका प्रस्ताव हुन् । यसमा मानव जातिले चुनौतीको सामना गर्दै संयुक्त विकास गर्ने योजनाको लागि मार्गनिर्देश गरिएको छ ।
यसका अतिरिक्त, जी–२० समूहले विश्वव्यापी आर्थिक सञ्चालनमा देखापरेका समस्याको कसरी सामना गर्ने भन्नेबारेमा राष्ट्राध्यक्ष सीले दुई तहबाट सुझाव प्रस्तुत गर्नुभएको छ ।
एकातिर जी–२० समूह सदस्य मुलुकहरूले समष्टिगत आर्थिक नीतिको समन्वयलाई सबल पार्दै नीतिको निरन्तरता, स्थिरता तथा स्थायित्वलाई कायम राख्नुपर्छ भन्ने कुरा चीनले जोड दिएको छ भने अर्कातिर विश्व व्यापार सङ्गठनकेन्द्रित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्दै विकासोन्मुख मुलुकको हक–अधिकार तथा विकासलाई प्रत्याभूति दिएर विश्व व्यापार सङ्गठनको मतभेद समाधान अवस्थालाई चाँडै नै सामान्य पार्नुपर्छ भन्ने धारणा पनि चीनले राखेको छ । ती प्रस्तावहरूबाट विश्व आर्थिक परिपाटी अझ न्यायोचित, निष्पक्ष तथा उचित दिशातिर विकसित पार्दै जाने विश्वास गरिएको छ ।
जी–२० समूहको महत्वपूर्ण सदस्य तथा विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीनले खुलापनलाई विस्तार गर्दै आफ्नो विकासबाट विभिन्न मुलुकको लागि अझ नयाँ र धेरै मौका ल्याउँदै जानेछ र विश्वको अर्थतन्त्रमा नयाँ जीवन्त शक्ति थप्दै जी–२० समूहले लिनुपर्ने जिम्मेवारीलाई व्यवहारमा उतार्ने ताकेता पनि गर्दै जानेछ ।
Leave a Reply