नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नयाँ दिल्ली, ३१ अक्टोबर । भारतको हरियाणा राज्यले राजधानी नयाँ दिल्लीसँग जोडिएका चौध वटा जिल्लाहरूमा बारुद पटाका बेच्न निषेध गरेको छ ।
गत वर्षको नोभेम्बर महिनामा हावाको अवस्थामा औसतभन्दा खराब भएका सहर र नगरमा यस्तो निषेध लागु गरिएको हरियाणाको विपद् व्यवस्थापन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा यस्तो निषेधको अवधि कति हुने कुनै टुङ्गो लगाइएको छैन । २०१ देखि ३०० सम्मको वायु गुणस्तर सूचाङ्कलाई ‘खराब’ भनिन्छ । ३०१ देखि ४०० सम्मलाई ‘निकै खराब’ र ४०१ भन्दा माथिलाई ‘चरम अवस्था’ मानिन्छ ।
‘मध्यम’ वायु गुणस्तर सूचाङ्क भएका जिल्लामा बसेका जनतालाई भने बारुद पटाका पड्काउन अनुमति दिइएको छ । उनीहरूलाई दिवाली र छठ पर्वमा दुई घण्टा र नयाँ वर्षमा आधा घण्टा बारुद पटाका पड्काउन अनुमति दिइएको छ ।
सर्वोच्च अदालतले भारतका सबै राज्य र केन्द्र शासित क्षेत्रलाई प्रतिबन्धित बारुद पटाकाको उत्पादन, प्रयोग र बिक्रीमा कडाइ गर्न आदेश जारी गरेलगत्तै हरियाणा सरकारले यस्तो सूचना जारी गरेको हो । अदालतले बरियम साल्ट नामको रसायन प्रयोग भएको पटाका प्रयोगमा रोक लगाइएको प्रस्ट पारेको छ ।
बरियम प्रयोग भएको पटाकाले धेरै धुँवा फाल्ने गर्छ । सामान्यतः बरियम प्रयोग भएको पटाका उज्यालो हरियो वा सेतो रङ भएर बल्ने गर्छ ।
यसअघि दिल्ली र ओडिसा राज्यले कुनै पनि प्रकारका पटाका बिक्री, भण्डारण वा प्रयोगमा रोक लगाउने घोषणा गरेका छन् ।
Leave a Reply