कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १६ कार्तिक । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भक्तपुर’ मासिक पत्रिकाका लेखकहरूबीच मङ्गलबार नगरपालिकाले छलफल कार्यक्रमको आयोजना ग¥यो । नेपाल संवत् ११४२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लेखकहरूले भक्तपुर मासिक पत्रिकाबारे रचनात्मक तथा गहकिला सुझावहरू राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०३९ सालबाट ‘पञ्चायत’ नामबाट प्रकाशित यस पत्रिका हाल ‘भक्तपुर मासिक’ को नाममा निरन्तर प्रकाशन भइरहेको विचारप्रधान र भक्तपुरका जनताको साझा पत्रिकाको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो ।
जनतालाई राजनीतिकरूपमा सचेत पार्न र प्रगतिशील विचार प्रवाहमा ‘भक्तपुर’ मासिकले निरन्तर भूमिका खेलिरहेको बताउँदै ‘पञ्चायत’ पत्रिकाले जनतालाई राजनीतिकरूपले सचेत पार्ने काम गरेकोे र बेलाबखत सरकारले प्रकाशनमा अवरोध पु¥याउने गरेको उहाँले स्मरण गर्नुुभयो ।
‘भक्तपुर’ मासिक पत्रिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा भक्तपुरलाई चिनाउन खेलेको भूमिकामाथि प्रकाश पार्दै नगर प्रमुख प्रजापतिले यस पत्रिकाले भक्तपुर नपाका गतिविधिहरू पारदर्शी ढङ्गले जनताको बीचमा पु¥याइरहेको र ‘भक्तपुर’ मासिकका हरेक अङ्कलाई विशेष अङ्कको रूपमा प्रकाशन गर्ने प्रयास भइरहेको बताउनुभयो ।
‘भक्तपुर’ मासिक पत्रिकालाई आगामी दिनहरूमा अझ परिस्कृत गर्दै लाने बताउँदै उहाँले नपाद्वारा प्रकाशित पत्रिका तथा पुस्तकहरूको लागि आवश्यक सुझावको अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा ‘भक्तपुर’ नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाका गतिविधि प्रचारप्रसार गर्ने महत्वपूर्ण माध्यमको रूपमा भक्तपुर मासिक पत्रिकाले भूमिका खेलेको बताउँदै छलफलबाट प्राप्त राय सुझावलाई अङ्गीकार गर्दै पत्रिकालाई परिस्कृत गर्दै लाने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा लेखक सहप्राध्यापक बलराम कायष्ठले नपाद्वारा प्रकाशित पत्रिका निकै पठनीय र सङ्ग्रहनीय भएको बताउँदै इतिहास, कला र संस्कृतिक बाहेक अन्य विषयहरूको लेखको आवश्यकता भएको बताउनुभयो ।
लेखक ओम धौभडेलले ‘भक्तपुर’ मासिक पत्रिका नगरपालिकाको महत्वपूर्ण दस्तावेजको रूपमा रहेको उल्लेख गर्दै भाषा र व्याकरण शुद्ध गर्नुपर्र्ने, ‘भक्तपुर’ मासिकका लेखहरूको विषयवस्तुबारे पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अर्का लेखक नन्दु उप्रेतीले भक्तपुरको सांस्कृतिक, पौराणिक तथा भौगोलिक अवस्था चिनाउन ‘भक्तपुर’ मासिक पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको, सर्वहारा वर्गका अग्रज र विशिष्ट व्यक्तिहरूको जीवनी समावेश गरिनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा लेखक राममणि भट्टराईले डिजिटल माध्यमबाट नयाँ पुस्तामाझ पुस्तक अध्ययनको व्यवस्था मिलाउनुपर्ने बताउँदै भक्तपुर मासिकमा अनुसन्धानमूलक तथा वैज्ञानिक लेखहरू समाविष्ट गर्नुपर्नेमा जोड दिनुभयो ।
लेखक राजेन्द्रप्रसाद कायष्ठले भक्तपुर नपाको आवरण पृष्ठको लोगो निकै आकर्षक भएको बताउँदै यस पत्रिका विचारप्रधान पत्रिका भएको बताउनुभयो ।
कार्यक्रममा भक्तलक्ष्मी भासिमा, नाति कवां, न्हुछेँरत्न बज्राचार्य, रविन्द्र मुनंकर्मी, सविन ख्याजु, दामोदर सुवाललगायतले भक्तपुर मासिक पत्रिकाले मुलुकको सामाजिक पक्ष उजागर गरेको, प्रकाशित लेखकहरूमा सन्दर्भसामग्री उल्लेख भए अझ सान्दर्भिक हुने, विद्यार्थीहरूलाई उपयोगी लेखहरू समावेश गरिनुपर्ने, नयाँ नयाँ लेखकहरूबाट लेखको खोजी गर्नुपर्ने, पाठकको प्रतिक्रिया समावेश गर्नुपर्ने र पत्रिकाबारे बेलाबखतमा अध्ययन गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गर्नुपर्नेलगायतका सुझावहरू राख्नुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका डा. रत्नसुन्दर लासिवा, ख्वप माविका प्राचार्य प्रकाश धौबजी र ख्वप कलेजका प्राचार्य रूपक जोशीले ‘भक्तपुर’ मासिकमा प्रकाशित लेखहरूबारे विभिन्न सुझावहरू दिनुभएको थियो ।
कार्यक्रममा ‘भक्तपुर’ मासिकका सम्पादक लक्ष्मणराज जोशीले भक्तपुर मासिक प्रकाशन भएको ३८ वर्ष पुगेको बताउँदै पत्रिकाबारे पाठकहरूबाट उचित मूल्याङ्कन भएको र पत्रिकालाई अझ स्तरीय र सङ्ग्रहणीय बनाउन लेखकहरूको भूमिका आवश्यक भएको बताउनुभयो ।
Leave a Reply