भर्खरै :

शिवबाबा टेक्सटायलले यसरी गर्दै छ राजस्व छली

(भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको शिव बाबा टेक्सटाइल प्रा.लि.ले राजस्व छली गरेको कुरा बाहिर आएको छ । आन्तरिक राजस्व कार्यालय भक्तपुरले सम्बन्धित कारखानामा राजस्व कर बुझाउन पटक–पटक पत्राचार गरेको पनि जानकारीमा आएको छ । कम्पनी सञ्चालकहरूले राजस्व कार्यालयको कुनै पनि आदेश पत्रलाई पालना गर्नै नपर्ने गरी विशेष छुट लिएको कुरा पनि प्रकाशमा आएको छ । आ.व. २०७१/०७२ देखि ०७४/०७५ सम्मका लेखा प्रतिवेदन, बैङ्क स्टेटमेन्ट र साधारण सभाका निर्णयहरूको आधारमा शिव बाबा टेक्सटाइल प्रालिका पूर्वसञ्चालक हरिराम कोण्डाबाट प्राप्त राजस्व छलीका विवरणहरू यहाँ प्रस्तुत गरिएको छ ।–सं)
शिव बाबा टेक्सटाइल प्रा. लि. बाट भएका राजस्व छलीका विवरणहरू
क) नक्कली भ्याट बिल जारी गरी भ्याट छलेको :
१) आ. व. २०७१÷०७२ को प्रतिवेदनअनुसार २०७१ साउनदेखि २०७१ मङ्सिर ५ महिना सम्ममा रु. ६६ लाख ४ हजार ५४९ बिक्री आम्दानी भएको र त्यसपछि ७ महिनासम्म केही पनि कारोबार नभएको देखाइएको तर सोही अवधिमा बैङ्कमा लाखौँ रूपैयाँ जम्मा गरी भ्याट छलेको ।
२) आ. व. २०७१÷०७२ मा वर्षभरिको बिक्रीबाट उठाएको पूरै भ्याट रु. ८,५८,५९३ सरकारको राज्यकोषमा दाखिला नगरीकन ब्याज आम्दानीमा दाखिला गरी भ्याट छलेको ।
३) आ. व. २०७२÷०७३ मा रु. १५ लाख २८ हजारको मात्र सक्कली भ्याट बिलबाट सामान बिक्री गरी अरू सबै नक्कली बिलबाट सामान बिक्री गरी बैङ्कमा रु. ७६ लाख १ हजारभन्दा बढी नगद जम्मा गरी भ्याट छलेको ।
४) आ. व. २०७४÷०७५ मा शिव बाबा फैब्रिक प्रा. लि. भन्ने एक कम्पनीलाई मात्र रु. १४ लाख ८३ हजारको सक्कली भ्याट बिलबाट सामान बिक्री गरी अरू सबै नक्कली बिलबाट सामान बिक्री गरी बैङ्कमा रु. ६१ लाख ८५ हजार नगद जम्मा गरी भ्याट छलेको ।
ख. आयकर छलेको
५) आ. व. २०७१÷०७२ मा आर्थिक प्रतिवेदनमा नदेखाई बैङ्कबाट गोप्यरूपबाट लाभांश रकम रु. १७ लाख १० हजार निकाली आय कर छलेको ।
६) आ. व. २०७२÷०७३ मा आर्थिक प्रतिवेदनमा रु. २२ हजारमात्र कर अघिको नाफा देखाई बैङ्कबाट लाखौँ रूपैयाँ लाभांश निकाली आय कर छलेको ।
७) आ. व. २०७२÷०७३ मा आर्थिक प्रतिवेदनमा रु. १५ लाख २८ हजारको मात्र नगदमा सामान बिक्री गरेको देखाई बैङ्कमा रु. ७६ लाख १ हजारभन्दा बढी नगद जम्मा गरी आयकर छलेको ।
८) आ. व. २०७४÷०७५ मा आर्थिक प्रतिवेदनमा रु. १४ लाख ८३ हजारको भ्याट बिलबाट सामान बिक्री गरेको तर बैङ्कमा रु. ६१ लाख ८५ हजार नगद जम्मा गरी आयकर छलेको ।
ग. लाभांश कर छलेको :
९) आ. व. २०७१÷०७२ मा आर्थिक प्रतिवेदनमा नदेखाई बैङ्कबाट गोप्यरूपबाट लाभांश रकम रु. १७ लाख १० हजार लिई लाभांश कर छलेको ।
१०) आ. व. २०७१÷०७२ मा आर्थिक प्रतिवेदनमा देखाई सञ्चित मुनाफामध्येबाट रु. १५ लाख लाभांश लिई लाभांश कर छलेको ।
११) आ. व. २०७२÷०७३ मा आर्थिक प्रतिवेदनमा रु. २२ हजारमात्र कर अघिको नाफा देखाएको तर बैङ्कबाट लाखौँ रूपैयाँ लाभांश लिई लाभांश कर छलेको ।
घ. भारतबाट आयातीत सामानहरूको भन्सार छलेको :
१२) ९ पुस, २०७४ मा श्री अमित पोली प्रिन्टर्स प्रा. लि., भारतबाट जारी बिल नं. : 148779 बाट रु. २१,६२,०२५ को भन्सार छलेको ।
१३) श्री श्रीकृष्ण सेल्स कर्पोरेसन, भारतबाट १२ चैत, २०७४ मा जारी बिल नं. : 40637 बाट रु. १७,७७,६६५ को भन्सार छलेको ।
१४) १२ चैत, २०७४ मा श्री जेट स्टार इनोभेसन प्रा. लि., भारतबाट जारी बिल नं.: 40641 बाट रु. ५,२०,४८७ को भन्सार छलेको ।
ङ. कम्पनीको पुँजी हिनामिना गरी राजस्वसमेत छलेको :
१५) २०७१।५।११ मा कम्पनीको नाममा रहेको बा. ८ च. ६०६९ नम्बरको गाडी रु. १० लाख ५० हजारमा बिक्री गरी सो रकम हिनामिना गरी राजस्वसमेत छलेको ।
१६) आ. व. २०७१/०७२ को आर्थिक प्रतिवेदनमा देखाइएको रु. ४२ लाख ३ हजार हातमा भएको नगदबाट आ. व. २०७२/०७३ मा गोप्य कारोबारहरू गरेको र सो रकम हिनामिना गरी राजस्व छलेको ।
१७) आ. व. २०७४/०७५ को आर्थिक प्रतिवेदनमा भवन, मेसिनरी र कार्यालय सामानको गुप्तरूपमा क्रमशः ३.५ प्रतिशत, ६.४ प्रतिशत र ९.५ प्रतिशत मात्रको दरले ¥हास कट्टी कटाई क्रमशः ५ प्रतिशत, १५ प्रतिशत र २५ प्रतिशत को दरले ¥हास कट्टी कटाई राजस्व छलेको ।
१८) आ. व. २०७४/०७५ को आर्थिक प्रतिवेदनमा त्रिवेणी स्पिनिङ मिल्सबाट रु. ३,०३,२००।६२ नक्कली नगद आएको देखाई राजस्व छलेको ।
१९) आ. व. २०७४÷०७५ को आर्थिक प्रतिवेदनमा त्रिवेणी सिन्थेटिक्स यार्नबाट रु. २,३५,६३०।६३ नक्कली नगद आएको देखाई राजस्व छलेको ।
२०) आ. व. २०७४/०७५ को आर्थिक प्रतिवेदनमा कुल लगानी रु. ६५,३१,८१७ भएकोमा रु. ६६,७४,६०१ को स्थिर सम्पत्ति थपेपछि पनि रु. ६५,६३,९४५ (लगभग आधा) मात्र कुल लगानी देखाई राजस्व छलेको ।
२१) आ. व. २०७४/०७५ को आर्थिक प्रतिवेदनमा रु. १५ लाख ६२ हजारभन्दा बढीको चालु सम्पत्ति ऋणात्मक देखाई राजस्व छलेको ।
२२) आ. व. २०७४/०७५ को आर्थिक प्रतिवेदनमा सञ्चित मुनाफा रु. ५ लाख ६३ हजार मात्र भएकोमा श्रोत नखुलेको रकम रु. ६६ लाख ७४ हजारको स्थिर सम्पत्ति थपेको देखाई राजस्व छलेको ।
२३) आ. व. २०७४/०७५ को आर्थिक प्रतिवेदनमा हुनुपर्ने भन्दा २० सौँ गुणा बढी बिजुलीको खर्च लेखी राजस्व छलेको ।
च. बैङ्किङ्ग कारोबार लुकाई राजस्व छलेको :
२४) आ. व. २०७१/०७२ मा आर्थिक प्रतिवेदनमा देखाइएको सञ्चित मुनाफामध्येबाट रु. १५ लाख लाभांश वितरण गरेको देखिने बैङ्किङ्ग कारोबार लुकाई राजस्व छलेको ।
२५) आ. व. २०७१/०७२ मा आर्थिक प्रतिवेदनमा देखाइएको रु. ८ लाख ५८ हजार ब्याज आम्दानी देखिने बैङ्किङ्ग कारोबार लुकाई राजस्व छलेको ।
२६) आ. व. २०७२/०७३ मा प्रतिवेदनमा नदेखाइएको रु. ४० लाख श्री ग्लोबल बैङ्क लिमिटेडमा भएको खातामा २०७२ को मङ्सिरमा नगद जम्मा भएको तर सो रकम लगानी भएको देखिने बैङ्किङ्ग कारोबार लुकाई राजस्व छलेको ।
२७) आ. व. २०७४/०७५ मा रु. ६६ लाख ७४ हजार स्थिर सम्पत्तिमा थप लगानी गरेकोमा सोको श्रोत देखिने अलग्गै कोषको बैङ्किङ्ग कारोबार लुकाई राजस्व छलेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *