विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
‘आबुधावी डायलग’ कार्यक्रममा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष कामदार लिइदिन रोजगारदाता मुलुकसँग आग्रह गरेको समाचार १२ कार्र्तिक २०७८ को ‘अन्नपूर्ण’ मा प्रकाशित भयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राविधिक तथा दक्ष कामदार खाडी तथा मलेसियामा पठाउन नेपाली श्रमिकलाई सीप सिकाउने तयारी गरेको समाचार पनि छ ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०७७÷०७८ मा १ लाख ६६ हजार ६ सय ९८ जना रोजगारीको लागि विदेश गएकामध्ये ७५ प्रतिशतभन्दा बढी नेपाली श्रमिकहरू अदक्ष छन् । यस्ता अदक्ष कामदारहरूको गन्तव्यस्थल विशेषगरी खाडी तथा मलेसिया नै हुनेगर्दछ । खाडी तथा मलेसियामा नेपाली युवाहरूले गा¥हो, फोहोर र खतरा ठाउँमा काम गर्दछन् । नेपालका धेरै श्रमिक पठाइने मलेसियामा सबैभन्दा बढी नेपाली युवाहरूको मृत्यु भएको देखिन्छ । पछिल्लो एक दशकमा मलेसिया रोजगारीमा गएका एक हजार नौ सय नेपालीको मृत्यु भइसकेको छ । नेपाली युवा यी मुलुकमा रहरले गएका होइनन् । नेपालमा सरकारले गरीखाने ठाउँ देखाउन नसकेपछि अथवा नचाहेपछि बाध्य भएर नेपाली युवाले आफ्नो मातृभूमि छाडेका हुन् ।
सरकारमा जाने शासक दलका नेताहरू युवालाई स्वदेशमै रोजगारीको बन्दोवस्त गर्ने भनेर पटक–पटक भाषण गर्छन् । तर, सरकारमा पुगेपछि रेमिट्यान्स आउने लोभ देखाएर नेपाली युवालाई विदेशीको हातमा बेच्छन् । नेपालमै रोजगारीको बन्दोवस्त गर्ने कुनै ठोस नीति तथा योजना आजसम्मका सरकारहरूले ल्याएनन् । विदेशमा नेपालीहरूको अवस्था दयनीय छ । विदेशी भूमिमा नेपाली युवाको पेशागत सुरक्षा र श्रमको उचित मूल्यको ग्यारेन्टी छैन । खाडी र मलेसियामा उचित स्वास्थ्य उपचार नपाई धेरै नेपाली युवाले ज्यान गुमाइरहेका छन् । खाडी तथा मलेसियामा कार्यरत करिब ४० प्रतिशत नेपाली युवाले श्वासप्रश्वास र मुटुजन्य रोगबाट ज्यान गुमाइरहेका छन् भने आत्महत्याबाट २० प्रतिशत, सडक दुर्घटनाबाट २० प्रतिशत, पेशागत दुर्घटनाबाट १० प्रतिशत र अन्य कारणबाट १० प्रतिशतको मृत्यु भइरहेको छ । खाडी मुलुकमा नेपाली कामदार लगायतले ४० देखि ४९ डिग्रीसम्मको तापक्रममा काम गर्नुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगारीकै नाममा मानव बेचबिखनजस्तो जघन्य अपराध पनि भइरहेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरोको तथ्याङ्कअनुसार पछिल्ला तीन वर्षमा ५२८ वटा मानव बेचबिखनको मुद्दामा संलग्न भएको अभियोगमा ६९३ जना पक्राउ परे । ब्युरोको त्रिवर्षीय तथ्याङ्कअनुसार ५२८ वटा मुुद्दामा ७०७ जना पीडित छन् । तीमध्ये ६९८ जना महिला र ८९ जना पुरुष छन् । यस्तो पीडादायी अवस्था नेपाली युवाको छ । जनताको प्रश्न छ – सरकारको चेत कहिले खुल्ला ? र, नेपाली जनताले कहिले न्याय पाउलान् ?
नेपाली युवालाई सीप सिकाउनु, दक्ष बनाउनु अत्यन्त सकारात्मक कुरा हो । तर, सरकारमा गएका शासक दलका नेताहरूले मुखले भनेजस्तो गर्लान् ? शङ्का गर्ने ठाउँ धेरै छ । किनभने, यस्तो आश्वासन नेपाली जनताले धेरै पटक सुनिसकेका छन् । अर्को, विदेश पठाउनकै लागि नेपाली युवालाई सीप सिकाउने हो र ? स्वदेशमै काम गराउनुपर्दैन ? जनता प्रश्न गर्दै छन् । नेपाली युवालाई स्वदेशको भूमि हराभरा बनाउनको लागि सीप सिकाएर दक्ष बनाउनु जरुरी छ, अर्काको देशको गुलामी गर्न होइन । विदेशीको कामदार बनाउनको निम्तिमात्रै सीप सिकाएर दक्ष बनाउने सरकारको तयारी ‘दास मानसिकता’ को उपज हो । गत आव २०७७÷०७८ मा वैदेशिक रोजगारीबाट नेपालमा ९.८२ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ९ खर्ब ६१ खर्ब रुपियाँ भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । शासक दलका नेताहरू यही कुरो देखाएर ‘देश रेमिट्यान्सले धानेको’ भनेर जनता झुक्याउँदै छन् । तर, नेपाल भित्रिने रेमिट्यान्स जस्तो आयो उस्तै गरी बाहिरिन्छ । नेपाल भित्रिने रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । नेपालमा विलासिताको सामान पनि उस्तै गरी भित्रिरहेको छ । गतवर्ष नै आयात २९ प्रतिशतले वृद्धि भएर नेपालीको १५ खर्ब ३९ अर्ब रुपैयाँ विदेशिएको छ । यस्तोमा सरकारमा जाने शासक दलका नेताहरूले धाक लाउनु मूर्खतासिवाय अरू केही होइन ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूबाट उनीहरूकै हितको निम्ति भनेर दुई वर्षको श्रम स्वीकृति लिनेसँग १५ सय रुपियाँ र दुई वर्षभन्दा बढी अवधि भएकाहरूसँग २५ सय रुपियाँ असुल गर्दछ । यो रकम वैदेशिक रोजगारी कोषमा जम्मा हुन्छ । तर, सरकारले वैदेशिक रोजगारी कोषको रकम पनि दुरुपयोग गरेको भन्ने आरोप छ । यो कोषको रकम दूतावासमा करार कर्मचारी राख्न, राजदूत र कर्मचारीहरूलाई गाडी खरिद गर्न, उच्च पदस्थहरूको भ्रमण खर्च गर्न, वैदेशिक रोजगार बोर्डका कर्मचारीलाई तलब, कार्यालय सञ्चालन, पोशाक, मसलन्दका लागि खर्च भइरहेको छ । आवश्यकभन्दा अनावश्यकरूपमा कोषको रकम खर्च भएको छ । कोषको रकम विदेशमा मृत्यु भएका नेपाली युवाहरूको शव व्यवस्थापनमा पनि खर्च भइरहेको देखिन्छ । शव व्यवस्थापन र क्षतिपूर्ति सम्बन्धित म्यानपावर कम्पनीबाटै हुनु जरुरी छ । यसकारण, वैदेशिक रोजगारी नेपाली युवाहरूको निम्ति उपयुक्त छैन । यसले नेपाललाई फाइदाभन्दा धेरै हानी भएको छ ।
युवाहरू विदेशिएको कारण नेपालको उर्वर भूमि बाँझो छ । यसकारण, नेपालको कृषि उत्पादन घट्यो र विदेशबाट खाद्यान्न आयात गर्नुप¥यो । चालु आर्थिक वर्षको ११ महिनामा भारत, फिलिपिन्स, जापान, थाइल्यान्ड, अमेरिका लगायतका देशबाट ४८ अर्ब १६ करोड रुपियाँ बराबरको चामल आयात गर्नुप¥यो । गत वर्ष मासिक सरदर ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको चामल आयात भयो भने यो आवमा करिब १७ अर्ब रुपियाँ बढीको चामल आयात भएको तथ्याङ्क छ ।
नेपालका युवा विदेशिएपछि नेपालको खेतखलियानमा काम गर्न विदेशीहरू आएका छन् । विदेशी कामदारकै कारण नेपाली मुद्रा बाहिरिएको छ । हाम्रो भूमि बाँझो छ । युवाहरू विदेशिएपछि नेपाल सामरिक र सुरक्षा दृष्टिले पनि कमजोर हुँदै छ । नेपालको प्राकृतिक स्रोत साधन विदेशीले कब्जा गर्दै छ । यतातिर पनि शासक दलका नेताहरूको ध्यान जानु जरुरी छ ।
गोर्खा भर्तीको नाममा ‘गल्लावाल’ हरूले नेपाली युवालाई विदेशीको कामदार बनाउन सुरु गरेको राणा शासनको परम्परालाई अहिलेसम्म यथावत् राख्ने ‘दास मानसिकता’ भएका शासक दल र तिनका नेता कार्यकर्तालाई अब नेपाली जनताले खबरदारी गर्नु जरुरी छ ।
Leave a Reply