भर्खरै :

सुडालबाट जुवा खेलिरहेका पक्राउ

भक्तपुर, २१ कार्तिक । प्रहरीले शनिबार राति चाँगुनारायण नपा वडा नं ८ सुडाल पुरीगाउँबाट पैसाको हारजित हुने जुवा (तास) खेलिरहेको अवस्थामा पन्ध्र जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले राति ११ बजे स्थानीय मणिराम पुरीको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले तास – २ बुकसहित नगद रु. १२,४३,७८०।– (बा¥ह लाख त्रिचालीस हजार सात सय असी) रुपैयाँ बरामद गरेको बताइएको छ ।
प्रहरीका अनुसार घरधनी मणिराम पुरीले पहिलेदेखि नै पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *