भर्खरै :

मेकफर्सनको ऐनामा प्रजातन्त्रको बहस

संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले धेरै वा कम ‘अधिनायकवादी’ कहलिएका देशहरूको विरोधमा संरा अमेरिका र उसका साझेदार देशहरूबीच ‘प्रजातन्त्रहरूको मोर्चा’ बनाउने अभियान थाले । यसैबीच चीनका राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले पनि चीनको ‘समग्र प्रक्रियाको जनताको प्रजातन्त्र’ कार्यक्रम घोषणा ग¥यो । चीनको प्रजातन्त्रको छवि अझ उत्तम, थप व्यापकरूपमा परिचित र बलियो बनाउन सो कार्यक्रम घोषणा गरिएको हो ।
त्यो भए के अहिले संसारमा ‘प्रजातन्त्रहरूको द्वन्द्व’ भइरहेको छ ? यो प्रश्नमाथि चिन्तन गर्दा हामी अहिलेको युगबाट अघिल्लो युगमा फर्किनुपर्ने हुन्छ । जुन युगका केही आलोचनात्मक विचारकहरू गैरपश्चिमा विश्वले आफू प्रजातान्त्रिक भएको दाबीलाई पनि गम्भीरतापूर्वक लिन्थे । क्यानाडाका विख्यात माक्र्सवादी दार्शनिक क्राउफोर्ड बी. मेकफर्सन (१९११–१९८७) त्यस्तै विचार राख्ने व्यक्ति थिए । उनले संसारमा रहेका प्रजातन्त्रका विरोधाभासपूर्ण असन्तुलित अवस्थालाई स्पष्टरूपमा उजागर गरेका थिए ।
‘समग्र प्रक्रियाको जनताको प्रजातन्त्र’ चीनको प्रजातान्त्रिक प्रक्रिया बुझ्न र त्यसमा सुधार्नसँग सम्बन्धित छ । तर, बाइडेनको कथित ‘मोर्चा’ को संरा अमेरिकी प्रजातन्त्रको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन । त्यो मोर्चा आफूले ‘अधिनायकवादी’ पोलेका देशहरूविरुद्ध जथाभावी हमला गर्नमा मात्र केन्द्रित छ ।
सन् २०१८ मा बाइडेनले कोपनहेगनमा प्रजातान्त्रिक मोर्चाको उद्घाटनको क्रममा संरा अमेरिकी प्रजातन्त्रका कमी कमजोरीबारे बोलेका थिए । तथापि, त्यत्तिबेला डोनाल्ड ट्रम्पमाथि दोषारोपण गर्नु उनको उद्देश्य थियो । संरा अमेरिका लोकप्रियतावाद (पपुल्यारिज्म) को चङ्गुलमा फसेको आशङ्कामा उनले त्यत्तिबेला यस्तो कुरा गरे पनि आफ्ना अभिव्यक्तिमा पुँजी र सम्पत्तिको पक्षमा उग्र पुँजीवादी (नवउदारवादी) व्यवस्थालाई टिकाउन व्यापारी र सञ्चारमाध्यमको शक्तिलाई कहीँ कतै पनि छोएका थिएनन् । संरा अमेरिकाका बहुमत जनता ज्याला नबढ्ने, असमानता बढ्ने, बेरोजगारी दर बढ्ने, जातिवाद, अविश्वास र निराशाजस्ता समस्याबाट पिरोलिएका थिए ।
सन् २०१६ मा ट्रम्पले संरा अमेरिकी व्यवस्थाका कमी कमजोरीको फाइदा उठाएर चुनाव जितेको कुरा भन्न ट्रम्पको समर्थक बनिरहनु पर्दैन । तर, सन् २०२० मा बाइडेनले त्यस्ता कमी कमजोरीलाई अझ गहिरो बनाएर आफू चुनाव जित्न सफल भए । सन् २०१६ को चुनावमा जितेका विजेताले आफ्ना पूर्ववर्ती वा विरोधी कोही भन्दा कम चुनावमा खर्च गरेको थिएन । बाइडेनले त्यही कुहिंदै गएको अमेरिकी प्रणालीलाई पुनःजीवन दिए । उनले सन् २०१६ वा २०२० मा ट्रम्पले चुनावमा गरेको खर्चभन्दा बढी पैसा खर्च गरेर उनले चुनाव जिते ।
बाइडेनका सहयोगीहरूले चीनजस्ता ‘शत्रु’ र संरा अमेरिका तथा पश्चिमा कम्पनीहरूसामु आत्मसमर्पण गर्न नमान्ने देशहरूविरुद्ध प्रजातन्त्रको रिक्त अवधारणालाई हतियारको रूपमा प्रयोग गर्दै आएका छन् । त्यो मोर्चाले चीन र उसले निशाना बनाएका अन्य देशहरूविरुद्ध मानवअधिकार उल्लङ्घनको आरोप, ‘मानवताविरोधी अपराध’, आम नरसंहारजस्ता आरोप थोपर्ने गर्छ । तर, आफ्नै सदस्यले गर्ने घिनलाग्दा अपराधलाई भने संरा अमेरिकी नेतृत्वको मोर्चाले देखे नदेखेझैँ गर्छ ।
त्यो मोर्चाले संयुक्त राष्ट्र सङ्घको ‘अन्तर्राष्ट्रिय व्यवस्था’ मा आधारित बहुपक्षीय संवाद र वार्तालाई विस्थापित गरी पश्चिमा व्यापारिक स्वार्थअनुकूलको व्यवस्था लागू गर्न खोज्छ । त्यसले निर्मम र मिश्रित हस्तक्षेपलाई सही ठह¥याउँछ । त्यस्ता हस्तक्षेपअन्तर्गत ‘रङ्गीन क्रान्ति’ पनि पर्छ । त्यस्तै चीन वा रुसप्रति नरम बनेका पश्चिमा मोर्चाका सदस्यहरूजस्तै जर्मनीलाई पनि ‘सही बाटो’ मा फर्काउन औँला टेढो पार्छ ।
मेकफर्सनले सन् १९७० दशकमै यस्ता सबै कुराको भविष्यवाणी गरिसकेका थिए । उनको लागि पश्चिमा उदार पुँजीवादी प्रजातन्त्र र समाजवादी तथा विकासशील देशहरूका प्रजातन्त्र सबैले ‘प्रजातन्त्र पदवीको लागि आधारसहित ऐतिहासिक दाबी’ गरेका थिए ।
प्रजातन्त्र उदार होस् वा नहोस्, सबै प्रजातान्त्रिक व्यवस्थाको अन्तिम लक्ष्य भनेको ‘समाजका सबै सदस्यको आधारभूत मानवीय क्षमताको विकासको लागि पूर्ण र स्वतन्त्र परिस्थिति तयार गर्नु’ हो ।
वास्तवमा उनले पुँजीवादी उदार प्रजातन्त्र (विशेषतः अपाङ्ग) ले यो बाटो पछ्याइरहेको दाबी गरे । उदार प्रजातन्त्रको आधार संरचना उदार र प्रतिनिधिमूलक हुन्छ । निजी सम्पत्ति अधिकार रक्षा गर्ने लक्ष्यसहित उदार प्रजातन्त्रको ढाँचा बनाइएको हुन्छ ।
पुँजीपति वर्ग र सामन्ती मालिक वर्गले निर्वाचित गरेको संसद् विभिन्न स्वार्थहरूको मोलमोलाइमा टिकेको हुन्छ । पछिमात्र जनताको सङ्घर्षको परिणामस्वरुप त्यो व्यवस्था प्रजातान्त्रिक बन्दै गएको हो । समयान्तरमा उनीहरूले बिस्तारै मताधिकारको परिधि बढाउँदै गए । त्यसको लागि लामो समय लाग्यो । बीचबीचमा प्रतिगमनको चोट पनि सहँदै जानुप¥यो ।
फासीवाद निकै गम्भीर समस्या बनेको बेला सन् १९७० दशकको उत्तर्राद्र्धमा संरा अमेरिकाको दक्षिणी भागमा काला नागरिकलाई मताधिकारबाट वञ्चित गरिएको थियो । काला जनतामाथि रिपलिब्कन पार्टीले दमन गरेको थियो, जो अहिले पनि उस्तै छ । डेमोक्रेटिक पार्टीले भने आज पनि काला जनतामाथि सन्देहका साथ परिचालन गर्ने गरेको छ ।
मेकफर्सनले उदार प्रणाली थप प्रजातान्त्रिक त बन्यो तर प्रजातन्त्रलाई भने थप उदार बनाउन सकेन । संविधान र कानुन, कामदार जनताको लागि विभिन्न खालका छुट, चुनावी बल प्रयोग र धाँधलीले प्रजातन्त्र बलियो बन्दै गए पनि निजी सम्पत्तिमा कुनै किसिमको क्षयीकरण वा प्रभाव परेन ।
संरा अमेरिकामा आज भ्रष्टाचार गहिरिनुका मूल कारण धन र सुविधाको संरक्षण गर्ने प्रयास हो । आफ्नोबाहेक अरू बृहत् हितको रक्षा गर्ने उसको क्षमतामा निकै क्षय भइसकेको छ ।
समाजवादी र विकासशील देशहरूले मुट्ठीभर धनी वर्गको अधिकार र सुविधाको रक्षाले उत्पादन शक्तिको विकास र प्रभावकारितामा टेवा नपु¥याउने पुष्टि गरेको छ । त्यही भएर मेकफर्सनले उदार प्रजातन्त्र त्यसअर्थमा कमसल देखिएको बताएका थिए । चीनले उत्पादन क्षेत्रमा देखाएको उपलब्धिको दसकौँ पछि आफ्नो वैधानिकता नगुमाएरै चिनियाँ कम्युनिस्ट पार्टीले इतिहासकै बृहत् औद्योगिक क्रान्ति गर्ने र प्राविधिक तथा पर्यावरण क्षेत्रमा नेतृत्व लिनसक्ने क्षमता सबैले स्वीकारेका छन् । मेकफर्सनको भविष्यवाणीलाई यसले अझ जोड दिएको छ ।
चीनको प्रजातन्त्रलाई पश्चिमा उदार प्रजातन्त्रको आदर्शको नापोमा नाप्न अवश्य सम्भव छैन । प्रायशः चीनका आलोचकहरूले यही गल्ती गर्छन् । तर, आफैले तय गरेका क्रान्तिकारी समाजका लक्ष्य, आदर्श र सिद्धान्त तथा इतिहासका जटिल समयमा त्यसले सामना गरेका प्रतिकूलताले चिनियाँ प्रजातन्त्रलाई आज प्रभावकारी ढङ्गले काम गर्न थप बलियो र सक्षम बनाएको छ । चीनको प्रजातन्त्रले प्रारम्भमा समानतालाई जोड दिइयो भने समयान्तरमा अहिले उदारवादका विभिन्न उपयोगी पक्षलाई पनि आफूमा समावेश गर्दै चिनियाँ प्रजातन्त्र अघि बढिरहेको छ ।
‘समाजका सबै सदस्यको आधारभूत मानवीय क्षमताको विकासको लागि पूर्ण र स्वतन्त्र परिस्थिति तयार गर्नु’ कुन प्रजातन्त्र सक्षम भयो भन्ने तुलनाले संरा अमेरिकाबारे संसारलाई अझ जानकारी हुनेछ किनभने संरा अमेरिका आम्दानी र धनको नापोमा निकै ठूलो र बृहत् छ ।
लेखक क्यानाडाको मनिटोबा विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुनुहुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *