आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
वाशिङ्टन, ९ नोभेम्बर । संरा अमेरिकाका दस जना नागरिकमध्ये झन्डै ६ जनाले राष्ट्रपति जो बाइडेनले संरा अमेरिकाले हाल सामना गरिरहेका समस्याहरूप्रति पुग्दो ध्यान नदिएको मत व्यक्त गरेका छन् । सीएनएनमा सोमबार प्रसारित मत सङ्कलनको परिणाममा बहुमत अमेरिकीहरूले बाइडेनको कामप्रति असन्तोष व्यक्त गरेका छन् ।
मत सङ्कलनमा मत व्यक्त गरेका ५८ प्रतिशत मानिसहरूले संरा अमेरिकाका अहम् महत्वका समस्या समाधान गर्न बाइडेनले पुग्दो ध्यान नदिएको प्रतिक्रिया जनाएका थिए । तीन वर्षअघि गरिएको त्यस्तै एउटा मत सङ्कलनमा ५६ प्रतिशत मानिसले यस्तो प्रतिक्रिया जनाएका थिए । त्यत्तिबेला संरा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति थिए ।
आजको सन्दर्भमा संरा अमेरिकाको सबभन्दा प्रमुख समस्याबारे सोधिएको प्रश्नमा ३६ प्रतिशत उत्तरदाताले अर्थतन्त्र नै सबभन्दा प्रमुख समस्या भएको बताए । उनीहरूमध्ये ७२ प्रतिशतले सही मुद्दालाई ध्यान दिन नसकेको बताए । २० प्रतिशत उत्तरदाताले कोरोना भाइरस महामारी नै सबभन्दा महत्वपूर्ण मुद्दा भएको मत व्यक्त गरे । उनीहरूमध्ये ७९ प्रतिशतले बाइडेनले सही विषयलाई प्राथमिकतामा राखेको बताए । २१ प्रतिशतले भने सही विषयलाई प्राथमिकतामा नराखिएको मत व्यक्त गरे ।
बाइडेनले गलत विषयलाई प्राथमिकतामा राखेको मत व्यक्त गर्ने डेमोक्रेटिक र डेमोक्रेटिक दलप्रति झुकाव भएका स्वतन्त्र नागरिकहरूसमेत ४२ प्रतिशत पुगेको छ । उनीहरूमध्ये अधिकांशले अर्थतन्त्रलाई सबभन्दा गम्भीर समस्या मानेका छन् । १७ प्रतिशतले भने कोरोना भाइरस नै सबभन्दा गम्भीर समस्या मानेका छन् ।
देशका सबभन्दा गम्भीर विषयमा अर्थतन्त्र र महामारीपछि क्रमशः आप्रवासन (१४ प्रतिशत) र जलवायु परिवर्तन (११ प्रतिशत) छन् । राष्ट्रिय सुरक्षा, जातीय अन्याय र शिक्षाजस्ता विषय पनि सूचीमा आएका छन् । तर, ती विषयहरूबारे मत व्यक्त गर्ने मानिसहरूको प्रतिशत एक अङ्कमा सीमित छ ।
राष्ट्रपतिको रूपमा बाइडेनको कार्यशैली अनुमोदन गर्ने वयस्कहरू ४८ प्रतिशत छन् भने चित्त नबुझ्नेको प्रतिशत ५२ प्रतिशत छ ।
तथ्याङ्कअनुसार अप्रिल महिनाको तुलनामा बाइडेनको काम निकै राम्रो भएको भन्नेहरूको दर १५ प्रतिशतमा झरेको छ । अप्रिलमा त्यस्तो मत व्यक्त गर्नेको दर ३४ प्रतिशत थियो । नयाँ मत सङ्कलनअनुसार राष्ट्रपतिको रूपमा बाइडेनको भूमिकालाई कडा ढङ्गले अनुमोदन नगर्ने मानिसहरूको सङ्ख्या ३६ प्रतिशत पुगेको छ ।
मत सङ्कलनमा मत व्यक्त गर्नेले पार्टीगत हिसाबमा पनि आफ्ना मत व्यक्त गरे पनि बाइडेनको डेमोक्रेटिक र डेमोक्रेटिक दलप्रति सद्भाव राख्ने स्वतन्त्र नागरिकहरू अहिले बाइडेनको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन् । अघिल्लो महिना यस्ता मानिसहरू १७ प्रतिशत थियो भने अहिले त्यो बढेर २१ पुगेको छ ।
बाइडेनका मूल समर्थकहरूबीचबाटै उनीप्रतिको समर्थन घट्दा लोकप्रियता दर घटेको सीएनएनले बताएको छ ।
Leave a Reply