भर्खरै :

ललितपुरमा अक्टोबर क्रान्ति दिवस

ललितपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा १०४ औ महान् अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेमकिपा ललितपुरका अध्यक्ष राजवीर डंगोलले अक्टोबर समाजवादी क्रान्तिका उपलब्धिहरूबारे चर्चा गर्दै भन्नुभयो, “अक्टोबर समाजवादी क्रान्तिपछि जारतन्त्रको जरालाई पूरै उखेलियो । बिनामुआब्जा राजा–रजौता, सामन्त, गुठी र जमिनदारहरूको सम्पत्ति राष्ट्रियकरण गरियो । जार सरकारले लिएका सबै विदेशी ऋण खारेज गरियो । विदेशी पुँजीलाई राष्ट्रियकरण गरियो । राज्य र विद्यालयलाई धर्मबाट अलग गरियो ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले एउटै देशमा पनि समाजवादी क्रान्ति सफल हुनुसक्छ भन्ने पाठ अक्टोबर क्रान्तिले सिकाएको बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार जनतालाई सुखी बनाउने धारणा उहाँले राख्नुभयो । कार्यक्रममा नमन महर्जन, प्रज्वल महर्जन, कवीन्द्र डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *