सीको प्रजग कोरिया भ्रमणपछि सम्बन्धको नयाँ खाका
- जेष्ठ २७, २०८३
क्युवाली राष्ट्रपति राउल क्यास्ट्रोले भेनेजुयला सरकारप्रति आफ्नो ऐक्यबद्धता दोहो¥याएका छन् । भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोलाई सत्ताच्युत गर्न साम्राज्यवाद र त्यहीका व्यापारी सम्भ्रान्त वर्गले अस्वभाविक युद्ध चलाइरहेको राउलको भनाई छ ।
क्युवाली संसदको विशेष बैठकको समापन कार्यक्रममा बोल्दै क्यास्ट्रोले अप्रिलबाट काराकस र अन्य शहरहरुमा शुरु भएको विपक्षीहरुको हिंसात्मक क्रियाकलापलाई फासीवादी हमलाको संज्ञा दिएका छन् ।
उनले माडुरोविरोधी प्रदर्शनको क्रममा धेरै भेनेजुयाली युवाहरुलाई ज्यँुदै जलाइएको उल्लेख गरे ।
क्यास्ट्रोले विपक्षीहरुलाई राष्ट्रपतिलाई सत्ताच्युत गर्न ‘आतकंवादी हिंसा’ त्याग्न आग्रह गर्नुका साथै माडुरोका विपक्षीहरुलाई बोलिभारियाली भेनेजुयाली सरकारले गरेको वार्ताको प्रस्ताव स्वीकार्न भने ।
उनले अमेरिकी राज्य संगठन र त्यसका महासचिव लुइस अल्माग्रोलाई ‘भेनेजुयलामाथिको हमला रोक्न’ र ‘वास्तविकतालाई बंग्याउने’ काम रोक्न आग्रह गरे ।
‘आफ्ना आन्तरिक मामिलाको शान्तिपूर्वक समाधान बिना विदेृशी हस्तक्षेप खोज्न पाउनु भेनेजुयलाको वैधानिक अधिकार हो ।’ उनले भने । सार्वभौम भेनेजुयलाका जनता मात्र आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्न स्वतन्त्र भएको उनको भनाई थियो ।
ुसाथै क्यास्ट्रोले ब्राजिलका पूर्वराष्ट्रपति लुला दा सिल्भामाथिको ‘राजनीतिक कार्यबाही’प्रति भत्र्सना गर्नुका साथै सिल्भालाई नौ वर्षको कैद सजायको कडा विरोध जनाए । ब्राजिलको अदालतले घुसखोरी र मुद्रा अपचलनको आरोपमा लुलामाथि नौ वर्षको कैद सजाय सुनाएको थियो ।
लुलाले आफूमाथि लगाएको आरोप झुठ्ठा भएको प्रतिक्रिया दिएका छन् ।
Leave a Reply