विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
मुख्य शत्रु या दुश्मनविरूद्ध लड्न स–साना शत्रु दलहरू मिलेको इतिहास छ । स–साना शत्रु दलहरू मिलेर मुख्य शत्रुविरूद्ध लड्नु आवश्यक पनि छ । निरङ्कुश पञ्चायती व्यवस्था अन्त गर्न देशका पुँजीवादी पार्टी र वाम पार्टीहरू मिलेर संयुक्त आन्दोलन भएकै हो । राजतन्त्र ढलेकै हो । यस्तो आन्दोलनलाई आश्चर्य मानिँदैन । तर, नेपालको राजनीतिक इतिहासमा स–साना दल तथा मित्र दलहरूलाई निर्वाचनमा हराउन शासक दल तथा ठूलठूला दलहरू मिलेको पाइन्छ । नेपालको वामपन्थी र कम्युनिस्ट आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको दलको विरोधमा आफूलाई कम्युनिस्ट भनिने ठूला दलहरू नेकासँग मिलेर निर्वाचन लडेको इतिहास छ । पहिले निर्वाचनमा नेका, एमाले र राप्रपासमेत मिलेर नेमकिपाविरूद्ध संयुक्त उम्मेदवार उठाइएको थियो । पुँजीवादी, राजावादी र पुँजीवादोन्मुख कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा संयुक्त उम्मेदवार उठाइए पनि नेमकिपाका उम्मेदवारहरूलाई हराउन सकिएन । यसरी नै अहिले एमालेविरूद्ध लड्न अबको निर्वाचनमा पाँचदलीय गठबन्धनले तयारी गरिरहेको छ । हिजो एमालेसमेतले गरेको कदमको शिक्षा लिँदै अहिले नेकासमेत रहेको नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमालेलाई हराउने पूर्वाभ्यासमा लागिरहेका छन् ।
पाँचदलीय गठबन्धन सरकारको यो पाँचदलीय संयन्त्र अबको निर्वाचनसम्म पुग्ने ती दलका नेताहरूको भनाइ रहेको छ । कुनै दललाई हराउने या कमजोर बनाउने नाउँमा या देशको संविधान र सार्वभौमिकता जोडेर नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संयुक्त भएर लाग्ने पाँचदलीय संयन्त्रको तयारी कति सही हो ? सम्बन्धित दलका नेताहरूले दिमाग ठण्डा पारेर सोच्ने बेला आएको छ । पाँच दलको उच्चस्तरीय समन्वय समितिको ध्यान, योजना, विचार देश र जनताको सेवाउन्मुख हुनुपथ्र्यो । राष्ट्र र जनताले भोगिरहेको समस्या समाधान गर्ने लक्ष्यप्रति अभिप्रेरित हुनुपथ्र्यो । देश जोगाउने नेपाली भूमि मिच्न नदिने विचारप्रति लक्षित हुनुपथ्र्यो । तर, भएन । गलत, राजनीतिमा हामफाल्ने र फसाउने दलहरूको गलत राजनीतिलाई हामीले जनतामाझ उदाङ्ग्याउनै पर्छ ।
Leave a Reply