‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
चीन बाहिर सामान्यतः माओ त्से तुङको शासनकाललाई आर्थिक संकटको अवधिका रुपमा भ्रम फैलाइएको छ । माओको सामूहिकीकरणको नीतिको असफलताले भद्रगोल र भोकमरी भएको बताइन्छ ।
माओले सन् १९४९ देखि १९७६ सम्म चीनमा शासन गरे । सन् १९७६ मा उनको निधन भयो । चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुखको रुपमा उनले राज्यको कडा नियन्त्रण हुने अर्थतन्त्र लागु गरे ।
तर हालै प्रकाशित एक आर्थिक अनुसन्धान पत्रअनुसार माओका नीतिहरु पुनः लागु भए र निजी क्षेत्रको पूर्ण रुपमा उन्मुलन गरे पनि आगामी दिनको चीनको कुल ग्रार्हस्थ उत्पादनको वृद्धिमा कुनै फरक पर्ने छैन ।
द फाइनान्सियल टाइम्सले सो पत्रका एक जना लेखकका केही भनाईहरु साभार गरेको छ ः ‘माओ युगको समय र पछिको आर्थिक वृद्धि मापण गर्ने प्रमुख पक्षहरु पत्ता लगाउन हाम्रो प्रस्तावित ढाँचाको आर्थिक मापकले हामीलाई सक्षम बनाएको छ ।’, यल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक एवं शोधका सहलेखक अलेह त्सिभिन्स्कीले भने ।
‘सामान्यतः सबैमा रहेको गलत समझदारीभन्दा फरक माओको समयका विशेषतः गैरऔद्योगिक क्षेत्रको उत्पादकत्व वृद्धि वास्तवमा निकै राम्रो थियो ।’
शोध पत्र(सीमित व्यक्तिले मात्र हेर्न सक्ने गरी) राष्ट्रिय व्युरो अफ इकोनोमिक रिसर्चले प्रकाशित गरेको हो ।
चार जना अर्थशास्त्रीहरुले वेज एकाउन्टिङ(wedge accounting), अर्थतन्त्रलाई उत्पादकत्व र जनसंख्याका विभिन्न मापकहरु जस्ता खण्ड खण्डको श्रृंखलामा टुक्राउने तरिका अपनाएका छन् ।
तालिका नं ११ ले सन् २०१२ देखि २०५० सम्मको अवधिमा यदि सन् १९७८ भन्दा यता लागु भएका सुधार आगामी केही दशकसम्म चालु रहे उनीहरुले चिनियाँ अर्थतन्त्रमा वृद्धिलाई झल्काएको छ ।

उनीहरु आगामी १० वर्ष वा सो भन्दा बढी अवधिमा चीनको आर्थिक वृद्धिबारे अरु अधिकांश अर्थशास्त्रीहरुभन्दा अलि बढी आशावादी छन् ।
‘चीनको अर्थतन्त्र आगामी १० देखि १५ वर्षसम्म ७–८ प्रतिशतका दरले बढ्नेछ ।’,उनीहरुको तर्क छ । जबकि त्यसपछि अर्थतन्त्र ओरालो लाग्ने प्रष्ट छ ।
अधिकांश अर्थशास्त्रीहरु यो विषयमा निकै निराशावादी छन् । बेइजिङस्थित पेइकिङ विश्वविद्यालयमा फाइनान्सका प्राध्यापक माइकल पेट्टिजले आगामी दशकमा चीनले आफ्नो कुल ग्रार्हस्थ उत्पादनमा ३–४ प्रतिशत मात्र बढ्ने विचार राख्छन् ।
आर्थिक सामूहिकीकरण र औद्योगिकरणले व्यापक र घातक रुप लिएको तर सन् १९७८को सुधारभन्दा अघि महान अग्रगामी छलाङको अवधिमा वेज पद्धति अपनाउँदा शोधकर्ताहरुले एक फरक तथ्याङ्क निकालेका छन् ।
यो तालिकाले आगामी दश वर्षमा चीनको आर्थिक वृद्धि दर माओकालीन (सन् १९६७–१९७५) नीति फेरि फर्केको अवस्था भन्दा धिमा हुनेछ । तर सन् २०२४ देखि २०३६ सम्मको अवधिमा आर्थिक वृद्धि दर थोरै मात्र धिमा हुनेछ । सन् २०३६ देखि २०५० बीचमा आर्थिक वृद्धिले फेरि तीब्रता लिने देखिएको छ ।

यो ढाँचा निकै यन्त्रिक खालको छ । शोधकर्ताहरुले माओकालीन नीति फेरि लागु राम्रो विचार हुने वा नहुने विषयमा कुनै धारणा भने सार्वजनिक गरेका छैनन् । माओकालीन नीति फर्कने कुनै ग्यारेन्टी (वा त्यसको कुनै संकेत) भने उनीहरुले गरेका छैनन् ।
सुधारअघिको अवधि(१९६७–१९७५) लाई शोधकर्ताहरुले उदाहरणको रुपमा लिनुको कारण त्यो समयावधि माओकालीन आर्थिक विकासको सबभन्दा सफल अवधि थियो । महान अग्रगामी छलाङको अवधिबाहेक त्यो समयावधिले पूर्णतः आर्थिक नियन्त्रणको माओको आर्थिक नीति बिना कुनै विनाश अघि बढ्न सक्छ भन्ने कुराको प्रमाण हो ।
अनुसन्धान पत्रमा चीन सरकारले सबै अर्थतन्त्रलाई पुनः राष्ट्रकरण गर्ने सम्भावना नभएको हुनााले आफ्नो शोध प्रमाणित हुने सम्भावना कम भएको स्वीकारिएको छ । तथापि केही अरु अर्थशास्त्रीहरुबाट यसले केही प्रश्नहरु भने तेर्साउन थालेका छन् ।
http://www.telesurtv.net/english/news/Chinas-GDP-Would-Grow-Faster-Under-Mao-Era-Policies-Study-20170714-0034.html
Leave a Reply