भर्खरै :

काम गर्ने कि ठूलठूला कुरा !

ठूला दलका नेताहरू अरूलाई गिराउन खोज्दा आफै गिर्न थालेको अनुभव राजनीतिक विश्लेषकहरूको रहेको छ । अरूलाई जथानाम गाली गर्दा, सराप्दा, होच्याउँदा या नीच ढङ्गले अपमान गर्दा आफ्नै राजनीतिक उचाइ र व्यक्तित्वमा असर परेको गुनासो उहिल्यै सुनेको हो । त्यस्ता वाणी छर्ने या उद्घोष गर्ने काममा एमालेका नेता केपी ओली अगाडि छन् । पूर्वप्रम ओलीले विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति त्यस्तै टिप्पणी गरेका छन् । माधव–प्रचण्डलाई कुहिएको आलु बोराबाट निकालेर पार्टी सुदृढीकरण भएको उनको दाबी हो । एकातिर उनी नेताहरूलाई कुहेको आलु संज्ञा दिएर कामै नलाग्ने भनी धिक्कार्छन् भने अर्कोतिर प्रचण्ड–माधवले नेकासँग मन्त्री माग्नुको सट्टा आफूसँग मागेको भए १५ वटा मन्त्री दिने आश्वासन बाँड्न पनि पछि परेनन् । यसरी लोभ देखाएर या अरूले भन्दा बढी मन्त्री भाग दिएर खुट्टा तान्न पछि नपर्ने एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई कसरी सही मान्ने !
एमाले अध्यक्ष ओली कामभन्दा ठूलठूला कुरा गर्ने नेतामध्ये एक हुन् । उनले घर–घरमा ग्यास पु¥याउने र पानीजहाज ल्याउने आदि खोके । कार्तिक ३० गते प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ पत्रिकामा ‘एमाले पहिलो पार्टी बन्छ’ शीर्षकको समाचारमा उनको त्यस्तै खालको विचार छ । उनले भने, ‘नेपाललाई १० वर्षमा संसारका धनी देशमा सहर पु¥याउने एमालेसँग क्षमता र कार्यदिशा छ ।” नेताले कतै फुकेर कुनै देश धनी हुँदैन । त्यसको लागि योजना र कार्यदिशा आवश्यक हुन्छ । अनि योजनामात्र बुनेर हुँदैन, त्यो व्यवहारमा लागू गर्नुपर्छ । कसैले फुकेर देश धनी बन्दैन । यसरी नेताहरू विना आधार असम्भव कुरा किन फुक्छन् ? झूट बोलेर जनतालाई किन फसाउँछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *