अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
अहिले विदेश जाने कतिपय युवा र स्वदेश खाने अधिकांश नेताका कारण केही फरक परेको होला । नत्र, हामी नेपालीको स्वभाव–मिलनसार, सहिष्णु इमानदार र स्वाभिमानी हुनु नै हो । हामी प्रत्येकको रगतमा यस्ता गुणहरू भरिभराउ छन् । हामी कसैसँग सित्तै मागेर खान जान्दैनौँ, परिश्रम गरेर खान्छौँ । हामी कसैलाई ठग्न सक्दैनौँ, अरूले भनेको मोल दिएर वा आफूले दिँदा पनि मोल उचित लिएर किनबेच÷लेनदेन गर्न रुचाउँछौँ । हामी कसैलाई अहित हुने गरी ढाँट्ने आँट पनि गर्दैनौँ । पाइयो भन्दैमा कसैले दिएको सित्तै खान पनि चाहँदैनौँ, त्यसको बदला आफूले पनि केही दिएरमात्र खान्छौँ । हामीमा अरूलाई छिट्टै विश्वास गर्ने बानी पनि छ ।
हामी सकेसम्म आफूलाई तल्लो स्तरको र कसैको दयाको पात्र भएको देखाउन पनि चाहँदैनौँ । बरु, अरूलाई दया गर्नमा रमाउँछौँ । कतिपय अवस्थामा यही बानी र विशेषताले हाम्रो प्रगति रोक्ने काम पनि गरेको छ र हामी ठगिएका पनि छौँ । हाम्रो मिलनसारिता, सहिष्णुता, इमानदारी, सत्यवादिता र परोपकारी भावनाबाट भने धेरैले अनजायज फाइदा पनि उठाएका छन् ।
गाउँगाउँमा लुगातन्ना बेच्दै हिँड्ने पोके व्यापारीहरू नेपाली होलान् जस्तो लाग्दैन । हामी तीबाट ठगिएका छौँ । तीबाट भन्दा पनि, ‘शुद्ध मह’ भन्दै चिनीको पाक बेच्दै हिँड्ने ‘महव्यापारी’ बाट ठगिएका छौँ । ‘सबै रोगको औषधि’ भन्दै हिँड्ने औषधि व्यापारीबाट पनि ठगिएका छौँ । ‘ग्रहदशा मिलाएर हेरिदिने’ कथित् ज्योतिषीबाट ठगिएका छौँ । ‘गहना उजिल्याइदिन्छु’ भन्दै दिउँसो घरमा भेटिने आमाहरूका सुन लुट्नेबाट पनि नराम्ररी ठगिएका छौँ ।
तल्लो स्तरका मानिए पनि, सहरबजारतिर भने ठग्नेभन्दा हाम्रो आवश्यकता पूरा गरिदिने कामका मानिस पाइन्छन् । यद्यपि, कपाल काट्ने, कबाडी सामान बटुल्ने, जुत्ता सिउने, छाता बनाउने, प्रेसरकुकर ग्याँस बनाउने, खाली सिसी पुराना कागज माग्ने नेपाली हुँदैनन् । भन्न त कुनै पनि काम सानो या ठूलो हुँदैन भनिन्छ तर विदेशी भूमिमा गएर भने हदैसम्मको गाह्रो र तल्लो स्तरको काम गर्न पनि तयार हुने हामी, आफ्नै मातृभूमिमा भने यस्ता काम गर्दा आयु नै कम हुनेजस्तो ठान्ने गर्छौँ । निर्माण कार्यमा सक्रिय रहने, मीठो स्वरमा कराउँदै फलफुल तथा तरकारी बेच्ने, लुगा डुलाएर बेच्ने, चट्पटे÷पानीपुरी बेच्ने पनि नेपालीभन्दा अरू नै बढी छन् । कोही असाध्य रोगका कारण बिरामी भएर रसिद लिइओरी चन्दा माग्दै हिँड्नेबाहेक घरघरै माग्दै हिँड्ने नेपाली, हामीले अहिलेसम्म देख्नुपरेको छैन । आफ्नो देशमा त माग्न नसक्नेले अर्काको देशमा गएर माग्ने त कल्पनै नगरौँ ।
हाम्रा नेपाली दाजुभाइले भारतीय भूमिमा पसिना बगाएर घरखर्चका लागि कमाइल्याएको थोरै पैसा पनि, सिमानाकामा एसएसबीद्वारा लुटिनु सामान्य घटना भएको छ । यता हामी नेपाली भने, काम गर्न सक्ने हुँदाहुँदै सयौँको सङख्यामा सहरभरि छरिएर रही दिन बिराएर माग्न आउने भारतीय ‘बम भोले’ हरूलाई चामल पैसा दिन झर्को मान्दैनौँ । ‘नेपालीले दिन्छन्’ भन्ने थाहा पाएपछि तिनीहरू माग्न आइरहन्छन्, हामी दिइरहेका छौँ, कराएर माग्दामाग्दै बनेको तिनीहरूको ‘जय सीताराम !’, ‘जय शम्भो !!’, को चर्को र खरो स्वरले बिहानबिहानै तिहारमा पटका पड्केको झझल्को दिन्छ । आफू माग्ने अरे ! ‘आइहालेछन्, दिऊँ न त !’ भनेर दुई तीन तलामाथिबाट चामल पैसा लिएर झर्न एकछिन ढीलो भयो भने, ‘किन ढीलो गरेको ! म अब लान्नँ !’ भन्नेसम्मका धम्कीबाज ‘बम भोले’ हरू पनि पाइन्छन् ।
यतिखेर, हुलका हुल नेपाल भित्रिएका थुप्रै माग्नेहरू उपत्यकामा देखिन्छन् । तिनलाई ट्रकमा ल्याएर काडमाडौँमा छाडिएको भन्नेहरू पनि छन् । तीमध्ये, आकासेपुल र सडकको व्यस्त चौबाटोमा साना बच्चाबच्चीसहित माग्न बसेका महिला मगन्तेले दिनमा दुई हजारभन्दा बढ्तै कमाउँदै छन् । त्यसबाहेक गाडीगाडीमा पसेर, गाडीभित्र बसेका मानिसहरूसँग झ्यालबाट हात लम्काएर, जाममा रोकिएका सवारीसाधनका चालकहरूलाई कोट्याएर, बटुवाहरूलाई बाटो छेकीछेकी शर्टज्याकेटमा झुन्डिएर, केही नचले खुट्टामै ढोगेर भए पनि माग्नेहरूले केही न केही पैसा उम्काइछाड्ने गरेका छन् । त्यसरी माग्नेमा खासगरी महिला तथा बालबालिका छन् । सडक, पार्क, आकासे पुल चहारेर माग्नेमा पनि महिला तथा बालबालिका नै छन् । यता लोग्नेमान्छेजति घरघरमा डुल्दै माग्ने गर्छन् । शिवरात्रीताक त भारतीय जोगीहरूको माग्ने÷कमाउने चाड नै भइगयो । अरू बेला पनि यसरी नै मागेर हामी नेपालीको लाखौंलाख पैसा भारत पु¥याइरहेका छन् ।
नेपालीले लगाएका अनेक थरी फलफुल, बगैँचा र बगानमै कुहिने ¤ भारतीय फलफुलले बजार पाउने । नेपालीले लगाएका अग्र्यानिक तरकारी खेतबारीमै सुकेर जाने, भारतीय विषादी तरकारले नेपाली बजार ओगट्ने । नेपालीहरू भारतीय भूमिमा गएर कठिन परिश्रम गरी कमाएर ल्याएको पैसा सिमानाकामै लुटाउने ! सयौँको सङ्ख्यामा आएका भारतीय माग्नेहरूले हामीबाट लाखौँलाख उठाउने ¤ सहर पनि कुरूप बनाउने !
दयालु बन्दै, लुिटँदै गरेको धेरै भइसक्यो । नेपालीमा राष्ट्रियताको भाव जगाउँदै, यी भारतीय माग्नेहरूलाई आफ्नै देशमा फर्काउने कारबाही गर्न ढिलो भएन र !
Leave a Reply