भर्खरै :

दिल्लीमा प्रदूषणको समस्या विकराल

नयाँ दिल्ली, १७ नोभेम्बर । वायु प्रदूषणको कारण समस्यामा परेको भारतको राजधानी नयाँ दिल्लीमा अत्यावश्यक सामानबाहेक अन्य सामान बोकेका ट्रकहरूलाई प्रवेशमा रोक लगाएको छ । बुधबार आयोजित पत्रकार भेटघाटमा दिल्लीमा वातावरण मन्त्री गोपाल रायले दिल्लीको वायु प्रदुषणलाई थप खराब अवस्थामा पु¥याउनबाट जोगाउन यस्तो कदम चालेको बताएका छन् ।
बुधबारसम्म लागू हुने गरी यसअघि निर्माण कार्यमा लगाएको रोक आगामी आइतबारसम्मको लागि म्याद थप गरिएको छ । आइतबारसम्म दिल्लीका सबै विद्यालय बन्द रहनेछ । सरकारी कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरिएको छ ।
रायले बिहीबारबाट प्राकृतिक ग्यासको प्रयोग गरिएका एक हजारभन्दा बढी गाडी भाडामा चलाउने तयारीमा रहेको जानकारी दिए ।
भारतको केन्द्रीय सरकारले पञ्जाब, हरियाणा, दिल्ली र उत्तर प्रदेशका सरकारी अधिकारीहरूको बैठक आयोजना गरेको एक दिनपछि दिल्ली सरकारले यस्तो निर्णय गरेको हो । राष्ट्रिय राजधानी र वरपरका क्षेत्रमा वायु गुणस्तर व्यवस्थापन आयोगले राज्य सरकारहरूलाई घरबाट काम गर्ने नीति अवलम्बन गर्न र विद्यालय तथा कलेज बन्द गर्न सुझाव दिएको छ ।
बुधबारको पत्रकार भेटघाटमा मन्त्री रायले दिल्ली सरकारको यातायात विभागले दस वर्षभन्दा बढी पुराना र पेट्रोलले चल्ने गाडी र पन्ध्र वर्षभन्दा पुराना डिजेलले चल्ने सवारीसाधनको अभिलेख प्रहरीलाई पठाइसकेको बताए । प्रहरीले ती कुनै पनि सवारी साधन गुड्न दिने छैन ।
मन्त्री रायले दिल्लीमा ३७२ वटा पानी छर्किने गाडी परिचालन गरिएको र त्यो सङ्ख्या अझ बढ्ने बताएका छन् । सवारी साधनमाथि अनुगमन गर्न र सवारी साधन थुप्रिन नदिन विशेष कार्यदल परिचालन गरिएको उनले बताए ।
वातावरण मन्त्रीले छ्वाली वा पराल जलाएर होइन, केन्द्र सरकारको कारण वायु प्रदूषण भएको बताए । उनले केन्द्र सरकारले दोष सबै किसानमाथि थोपरेको भन्दै प्रदूषणको सङ्कट संवादबाट समाधान गर्न सकिने बताए ।
“सङ्घीय वातावरण मन्त्रीले अझै किन कुनै बैठक बोलाएका छैनन्, मलाई थाहा छैन । भाजपा आपैmले दिल्लीको प्रदूषण नियन्त्रण गर्न सरकारले एक वर्षमा केही नगरेको बताइरहेको छ । एक वर्षको कुरा छोडौँ, उनीहरूले यस्तो आपत्कालीन समय एउटा बैठकसम्म बोलाउन मानिरहेका छैनन्”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *